जनवरी २१ को हप्ताको तालिका
जनवरी २१ मा सुरु हुने हप्ता
गीत ६१ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ६६, ६७ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मत्ती १२-१५ (१० मि.)
न. १: मत्ती १४:२३–१५:११ (४ मि. वा कम)
न. २: अन्य धर्ममा पनि भाग लिनु परमेश्वरको मार्ग होइन—td-NP २क (५ मि.)
न. ३: शान्ति कायम गर्ने सन्दर्भमा इसहाकबाट के सिक्न सक्छौं?—उत्प. २६:१९-२२ (५ मि.)
□ सेवा सभा:
१० मि: सुसमाचार घोषणा गर्न बन्द नगर्नुहोस्। (प्रेषित ५:४२) जोसिलो प्रचारकको रूपमा चिनिएका एक वा दुई जना प्रकाशकसित अन्तरवार्ता लिनुहोस्। प्रचारकार्यलाई प्राथमिकता दिन तिनीहरूलाई केले मदत गरेको छ? प्रचारकार्यको लागि तिनीहरू कसरी तयारी गर्छन्? प्रचारकार्यले गर्दा यहोवासितको सम्बन्ध कसरी बलियो भएको छ?
१० मि: हाम्रो असल आचरणले साक्षी दिन्छ। (१ पत्रु. २:१२) वार्षिक पुस्तक २०१२ (अङ्ग्रेजी), पृष्ठ १०६, अनुच्छेद १; पृष्ठ १३३ अनुच्छेद २ र पृष्ठ १४६, अनुच्छेद ३ मा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
१० मि: “तपाईं व्यक्तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?” प्रश्न-उत्तर।
गीत ९६ र प्रार्थना