ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २५, २०१३ मा सुरु हुने हप्तामा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।
१. येशूले किन ‘शोक गर्नेहरू’ आनन्दित हुन्छन् भन्नुभयो? (मत्ती ५:४) [जन. ७, w०९ २/१ पृ. १६ अनु. ६]
२. येशूले आफ्ना चेलाहरूलाई सिकाएको नमुना प्रार्थनामा उहाँले “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्” भन्दा के भन्न खोज्दै हुनुहुन्थ्यो? (मत्ती ६:१३) [जन. ७, w०४ २/१ पृ. १६ अनु. १३]
३. “मानिसको छोरा नआइपुगुन्जेल” चेलाहरूले प्रचार इलाका सिध्याइसकेका हुँदैनन् भनेर येशूले किन भन्नुभयो? (मत्ती १०:२३) [जन. १४, w१० ९/१ पृ. १३ अनु. १२; w८७-E ८/१ पृ. ८ अनु. ६]
४. रायोको दानासम्बन्धी येशूको उखानले कुन दुई कुरा प्रकाश पार्छ? (मत्ती १३:३१, ३२) [जन. २१, w०८ ७/१ पृ. २५-२६ अनु. ३-८]
५. “जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ [अर्थात्, “आफूलाई सानो बनाउँछ,” बाइङ्टन], ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ” भन्दा येशूले के सिकाउन खोज्दै हुनुहुन्थ्यो? (मत्ती १८:१-४) [जन. २८, w१० ७/१ पृ. २४ अनु. ४]
६. आज परमेश्वरका सेवकहरूले उहाँको पवित्र शक्तिद्वारा के गरिरहेका छन्? (मत्ती २८:१९) [फेब्रु. ११, w११ १२/१५ पृ. २५, अनु. १६]
७. येशूलाई किन “विश्राम-दिनको पनि प्रभु” भनिएको? (मर्कू. २:२८) [फेब्रु. १८, w०८ २/१ पृ. ३१ अनु. १]
८. आफ्नी आमा र भाइहरूको सन्दर्भमा येशूले किन त्यस्तो जवाफ दिनुभयो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (मर्कू. ३:३१-३५) [फेब्रु. १८, w०८ २/१ पृ. ३१ अनु. ७]
९. मर्कूस ८:२२-२५ मा लेखिएझैं येशूले अन्धो मानिसलाई किन दुई चरणमा निको पार्नुभएको हुन सक्छ र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? [फेब्रु. २५, w०० २/१५ पृ. १७ अनु. ७]
१०. मर्कूस ८:३२-३४ मा पत्रुसले येशूलाई हप्काउँदा उहाँले दिनुभएको जवाफबाट हामी कस्तो पाठ सिक्न सक्छौं? [फेब्रु. २५, w०८ २/१ पृ. ३१ अनु. ८]