मार्च ११ को हप्ताको तालिका
मार्च ११ मा सुरु हुने हप्ता
गीत ६८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ८०, ८१ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मर्कूस १३-१६ (१० मि.)
न. १: मर्कूस १४:२२-४२ (४ मि. वा कम)
न. २: अपमान गर्न येशूलाई खम्बामा टाँगेर मृत्युदण्ड दिइयो—td ६क (५ मि.)
न. ३: प्रभुको साँझको भोजलाई स्मरणार्थ उत्सवको रूपमा मनाइन्छ—td ४२क (५ मि.)
□ सेवा सभा:
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती १०:७-१० र लूका १०:१-४ पढ्न लगाउनुहोस्। यी विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू—भाग १। हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ३ को अनुच्छेद ६ देखि पृष्ठ ४ को अनुच्छेद ३ सम्ममा (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ १११ अनुच्छेद १ देखि पृष्ठ ११२ अनुच्छेद २ सम्म) आधारित छलफल। सेवाको काम विस्तार गर्न अर्कै ठाउँमा सरेका वा नयाँ भाषा सिकेका एक वा दुई जना प्रकाशकसित अन्तरवार्ता लिनुहोस्। तिनीहरूले कस्ता बाधाअडचनहरू पार गर्नुपऱ्यो? परिवार वा मण्डलीले कसरी मदत गऱ्यो? तिनीहरूले कस्ता आशिष्हरू पाएका छन्?
१० मि: “आनन्दित मनले स्मरणार्थको लागि तयारी गर्नुहोस्।” प्रश्न-उत्तर। स्मरणार्थ उत्सवको लागि के-कस्ता प्रबन्धहरू गरिएका छन्, पुनरावृत्ति गर्नुहोस्। निम्तो पर्ची वितरण अभियानमा स्थानीय तवरमा भएको प्रगतिबारे बताउनुहोस्।
गीत ८ र प्रार्थना