प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जनवरी पृ. २
  • प्रचारकको रूपमा उन्‍नति गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकको रूपमा उन्‍नति गरिरहनुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • ‘तिमीहरूले धेरै फल फलाइरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रगतिशील प्रचारक हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
  • चेला बनाउन प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • थप प्रगति तर्फ सकारात्मक गतिविधि
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 जनवरी पृ. २

प्रचारकको रूपमा उन्‍नति गरिरहनुहोस्‌

१. प्रथम शताब्दीका कुन उदाहरणहरूले प्रचारकको रूपमा उन्‍नति गरिरहनुपर्ने कुरा देखाउँछ?

१ ख्रीष्टियनहरूले प्रचारकको रूपमा उन्‍नति गरिरहनुपर्छ। त्यसकारण येशूले आफ्ना चेलाहरूलाई प्रचारकार्यमा उन्‍नति गराउन तालिम दिनुभयो। (लूका ९:१-५; १०:१-११) त्यसैगरि प्रिस्किला र अक्वीलाले पनि अपोल्लसलाई साथमा लगे र “परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए।” (प्रेषि. १८:२४-२६) प्रचारकको रूपमा उन्‍नति गराउने उद्देश्‍यले नै प्रेषित पावलले अनुभवी प्रचारक तिमोथीलाई सिकाउने काममा लागिरह भनेर प्रोत्साहन दिए ताकि तिनको “प्रगति सबै मानिसहरूसामु प्रकट होस्‌।” (१ तिमो. ४:१३-१५) हामीले सुसमाचार प्रचारकको रूपमा जतिसुकै लामो समय सेवा गरेको किन नहोऔं प्रचारकार्यमा अझै उन्‍नति गरिरहनुपर्छ।

२. हामी कसरी अरूबाट सिक्न सक्छौं?

२ अरूबाट सिक्नुहोस्‌: प्रथम शताब्दीमा जस्तै प्रचारकको रूपमा अझ उन्‍नति गर्ने एउटा राम्रो तरिका भनेको अरूबाट सिकेर हो। (हितो. २७:१७) त्यसैले प्रचारमा सँगै गएका साथीले घरधनीसित कुरा गर्दा ध्यान दिएर सुन्‍नुहोस्‌। प्रचारमा मानिसहरूसित कुरा गर्न सिपालु प्रकाशकहरूसित सल्लाह माग्नुहोस्‌। (हितो. १:५) के तपाईंलाई पुनःभेट गर्न अनि बाइबल अध्ययन सुरु गर्न अप्ठ्‌यारो लाग्छ? वा प्रचारका अरू पक्षहरूमा मदतको खाँचो छ कि? तपाईंको समूह निरीक्षक वा अनुभवी प्रकाशकलाई आफूले तालिम लिन चाहेको कुरा बताउनुहोस्‌। यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले हाम्रो क्षमता बढाउँछ भनेर नबिर्सनुहोस्‌, त्यसैले यसबारे प्रार्थना गरिरहनुहोस्‌।—लूका ११:१३.

३. सुझाव नमागिकनै कसैले सल्लाह दिएमा तपाईंले के गर्नुपर्छ?

३ आफूले सुझाव नमागिकनै कसैले सुधारका लागि तपाईंलाई सल्लाह दिए भने नरिसाउनुहोस्‌। (उप. ७:९) अपोल्लसलेझैं नम्र भएर मदत स्वीकार्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंको बुद्धि झल्किनेछ।—हितो. १२:१५.

४. हामीले प्रचारकको रूपमा उन्‍नति गरिरहनुपर्छ भनेर येशूले किन भन्‍नुभयो?

४ हाम्रो उन्‍नतिले परमेश्‍वरको महिमा गर्छ: येशूले दृष्टान्त चलाएर आफ्ना अनुयायीहरूले प्रचारकको रूपमा उन्‍नति गरिरहनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले आफूलाई दाखको बोटसित र आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई बोटको हाँगासित तुलना गर्नुभयो। फल फलाउने हरेक हाँगालाई “अझ धेरै फल फलाओस्‌” भनेर स्वर्गमा बस्नुहुने बुबाले छाँट्‌नुहुन्छ भनी येशूले भन्‍नुभयो। (यूह. १५:२) दाखबारीका मालिकले हाँगामा अझ धेरै फल लागोस्‌ भन्‍ने चाहना गरे जस्तै यहोवा परमेश्‍वर पनि हाम्रो “ओठको फल” फलाउने क्षमतामा उन्‍नति गरोस्‌ भन्‍ने चाहनुहुन्छ। (हिब्रू १३:१५) हामीले प्रचारकको रूपमा उन्‍नति गऱ्‍यौं भने परिणाम कस्तो हुन्छ? यसको जवाफ येशूले यसरी दिनुभयो: ‘तिमीहरूले धेरै फल फलाइरह्‍यौ भने मेरो बुबाको महिमा हुन्छ।’—यूह. १५:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने