प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मार्च पृ. १
  • स्मरणार्थ उत्सवको लागि तयारी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थ उत्सवको लागि तयारी गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो सम्झनामा यो गर्ने गर”
    हाम्रो राज्य सेवकाई—१९९२
  • के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • आनन्दित मनले स्मरणार्थको लागि तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • स्मरणार्थका सम्झौटोहरू
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 मार्च पृ. १

स्मरणार्थ उत्सवको लागि तयारी गर्नुहोस्‌

इस्वी संवत्‌ ३३ नीसान १३ को साँझको घटना हो। येशूले आफ्ना घनिष्ठ मित्रहरूसित बिताउने त्यो नै अन्तिम रात थियो। किनभने त्यसको भोलिपल्ट उहाँलाई मृत्युदण्ड दिइने थियो। उहाँले त्यस दिन अन्तिम पटक आफ्ना चेलाहरूसित निस्तार चाड मनाउनु हुने थियो अनि त्यसपछि ‘प्रभुको साँझको भोज’ भनिने नयाँ समारोहको स्थापना गर्नुहुने थियो। यस महत्त्वपूर्ण अवसरको लागि तयारी आवश्‍यक थियो। त्यसैले उहाँले पत्रुस र यूहन्‍नालाई तयारी गर्न पठाउनुभयो। (लूका २२:७-१३) त्यसैगरि हरेक वर्ष स्मरणार्थ उत्सव मनाउन ख्रीष्टियनहरूले तयारी गर्नुपर्छ। (लूका २२:१९) त्यसोभए अप्रिल ३ मा मनाइने स्मरणार्थ उत्सवको लागि हामीले के-कस्ता तयारी गर्नुपर्छ?

एल्डरहरूले गर्नुपर्ने तयारी:

  • स्मरणार्थ उत्सव राज्यभवन या अरू नै भवनमा मनाउने हो, सो पक्का गर्नुहोस्‌। भवन उज्यालो र त्यसमा बस्ने सिटहरू प्रशस्तै हुनुपर्छ। साथै राम्रोसित हावा आवतजावत हुने खालको हल हुनुपर्छ। भवनलाई पहिल्यै राम्रोसँग सफा गर्ने प्रबन्ध पनि मिलाउनुहोस्‌।

  • सिपालु वक्‍ता, चेयरम्यान र प्रतीकहरूका लागि प्रार्थना गर्ने भाइहरू छान्‍नुहोस्‌।

  • एकै स्थानमा धेरै कार्यक्रम हुँदै छन्‌ भने सभा गर्ने समय, भवनमा आउने-जाने समय र पार्किङ्‌ जस्ता विषयमा छलफल गर्नुहोस्‌।

  • परिचारकहरू र प्रतीकहरू पास गर्ने भाइहरू छान्‍नुहोस्‌।

  • उपयुक्‍त प्रतीक, प्लेट, वाइन गिलास, टेबुल र टेबुलपोसको प्रबन्ध मिलाउनुहोस्‌।

प्रकाशकहरूले गर्नुपर्ने तयारी:

  • स्मरणार्थको निम्तो पर्ची बाँड्‌ने अभियानमा पूरापूर भाग लिनुहोस्‌।

  • बाइबल विद्यार्थी, नातेदार, स्कुलका साथी, सहकर्मी तथा अन्य चिनेजानेकाहरूको सूची बनाउनुहोस्‌ र तिनीहरू सबैलाई निम्तो दिनुहोस्‌।

  • स्मरणार्थ समयताकाको लागि तयार पारिएका बाइबल पढाइका भागहरू पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌।

  • स्मरणार्थ उत्सवमा चाँडै उपस्थित भएर नयाँ मानिसहरूलाई स्वागत गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने