प्रश्न पेटी
◼ कस्तो अवस्थामा बाइबल अध्ययन गराउन छोड्नुपर्ने हुन सक्छ?
विद्यार्थीले आध्यात्मिक उन्नति गरिरहेका छैनन् भने तपाईंले अध्ययन गराउन छोड्नु बेस हुन्छ। (मत्ती १०:११) अध्ययन गराउन छोड्नुअघि यी कुराहरू विचार गर्नुहोस्: के तिनी नियमित रूपमा अध्ययन गर्छन्? के तिनी अध्ययनको लागि तयारी गर्छन्? के तिनी सभामा आउँछन्? आफूले सिकेको कुरा अरूलाई बताउँछन्? बाइबलको सिद्धान्तअनुसार आफ्नो जीवनमा परिवर्तन गर्दै छन्? तर हामीले विद्यार्थीको उमेर र क्षमतालाई पनि विचार गर्नुपर्छ। किनभने सबैको उन्नति एकैनासको हुँदैन। अध्ययन गराउन छोड्ने निर्णय गर्नुभयो भने भविष्यमा फेरि अध्ययन सुरु गर्ने बाटो खुल्लै राख्नुहोस्।—१ तिमो. २:४.