ख्रीष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो देखाएकाहरूलाई सभामा आउन प्रोत्साहन दिनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ?: सभाहरूले हामीलाई ‘यहोवाको भजन गाउने’ र ‘उहाँको प्रशंसा गर्ने’ मौका दिन्छ। (भज १४९:१) सभाहरूमा परमेश्वरको इच्छाअनुसार गर्न सिकाइन्छ। (भज १४३:१०) चासो देखाएका व्यक्तिहरू र बाइबल विद्यार्थीहरूले अक्सर सभामा उपस्थित हुन थालेपछि उन्नति गर्छन्।
हामी कसरी यसो गर्न सक्छौं?
सभाको निम्तो सकेसम्म छिटो दिनुहोस्। बाइबल अध्ययन सुरु गरेको हुनुपर्छ भन्ने छैन।—प्रका २२:१७
अर्को सभामा के-कस्ता कुराहरू छलफल गरिन्छ, चासो देखाएको व्यक्तिलाई बताउनुहोस्। निम्न कुराहरू मदतकारी हुन सक्छ: मण्डलीको सभाहरूको निम्तोपर्ची, राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भन्ने भिडियो र यहोवाको इच्छा पुस्तिकाको पाठ ५ र ७
मदत गर्न तयार हुनुहोस्। चासो देखाएको व्यक्तिलाई सभामा उपस्थित हुन सवारी साधनको प्रबन्ध मिलाउनुपर्छ कि? अथवा उपयुक्त पहिरन छान्न मदत दिनुपर्छ कि? सभामा तिनीसँगै बस्नुहोस् र तपाईंसँग भएको प्रकाशन देखाउनुहोस्। अरूसित पनि चिनजान गराउनुहोस्।