बाइबलमा पाइने अनमोल धन | यशैया ५८-६२
‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’
‘यहोवाको ग्रहणयोग्य वर्षको’ शाब्दिक अर्थ छैन
यो ग्रहणयोग्य वर्ष भनेको नम्रहरूलाई उहाँको सन्देश सुन्नको लागि दिइएको समय अवधि हो
इस्वी संवत् २९ मा येशूले प्रचार गर्न थालेपछि यहोवाको ग्रहणयोग्य वर्ष सुरु भयो र ‘बदला लिने दिनमा’ अर्थात् इस्वी संवत् ७० मा यरूशलेमको विनाश हुँदा यसको अन्त भयो
हाम्रो समयमा सन् १९१४ मा येशू स्वर्गमा परमेश्वरको राज्यको राजा हुनुभएपछि ‘ग्रहणयोग्य वर्ष’ सुरु भयो र यसको अन्त महासङ्कष्टमा हुनेछ
यहोवाले “धर्मको वृक्ष” दिएर आफ्ना जनहरूलाई आशिष् दिनुभएको छ
संसारको सबैभन्दा अग्ला रूखहरू अक्सर जङ्गलमा अरू रूखहरूसँगै बढ्छ। यी रूखहरूले एक अर्कोलाई बढ्न मदत पुऱ्याउँछ
एकआपसमा जोडिएर चारैतिर फैलिएको जराले गर्दा रूखलाई झाङ्गिन र खराब मौसमको सामना गर्न मदत गर्छ
अग्ला रुखहरूले बिरुवाहरूलाई शीतल दिएर जोगाउँछ र झरेका पातहरूले चाहिं मल बनेर माटोलाई मलिलो बनाउँछ
विश्वभरिका ख्रीष्टियन मण्डलीका सबै सदस्यहरूले “धर्मको वृक्ष,” अर्थात् अभिषिक्त जनहरूले दिनुहुने मदत र सुरक्षाबाट लाभ उठाउँछन्