प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr17 अप्रिल पृ. ३
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
  • उपशीर्षकहरू
  • अप्रिल ३-९
  • अप्रिल १७-२३
  • अप्रिल २४-३०
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
mwbr17 अप्रिल पृ. ३

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

अप्रिल ३-९

बाइबलमा पाइने अनमोल धन | यर्मिया १७-२१

“यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्‌”

it-2-E पृ. ७७६ अनु. ४

पश्‍चात्ताप

कुमालेले माटो मुछेर त्यसबाट एक किसिमको भाँडो बनाउँदै गर्दा “बिग्रियो”-भने तिनले त्यसबाट अर्कै आकारको भाँडो बनाउँछ। (यर्मि १८:३, ४) यहोवाले यस उदाहरणबाट उहाँ माटोको भाँडोलाई आकार दिंदा बिगार्ने कुमालेजस्तो हुनुहुन्छ भनेर बुझाउन खोज्नुभएको थिएन। बरु यसले उहाँको स्तर अनि उहाँले देखाउनुभएको कृपाप्रति मानिसहरूले देखाउने प्रतिक्रियाअनुसार आफ्नो व्यवहार छाँटकाँट गर्न सक्ने उहाँको अख्तियारलाई बुझाउन खोज्नुभएको थियो। (यशै ४५:९; रोमी ९:१९-२१ तुलना गर्नुहोस्‌) त्यसैले कहिलेकाहीं उहाँ ‘विपत्ति ल्याउने मन बदलेर’ असल गर्नुहुन्छ अनि कहिलेकाहीं ‘असल गर्ने मन बदलेर’ विपत्ति ल्याउनुहुन्छ। (यर्मि १८:५-१०) त्यसकारण महान्‌ कुमाले यहोवामा त्रुटि छैन। बरु माटो अर्थात्‌ मानिसले आफ्नो मनोवृत्तिमा परिवर्तन ल्याउनुपर्छ। तिनीहरूले देखाउने मनोवृत्तिले गर्दा यहोवाले आफ्नो मन परिवर्तन गर्नु­परेको मात्र हो।

अप्रिल १७-२३

बाइबलमा पाइने अनमोल धन | यर्मिया २५-२८

“यर्मियाजस्तै साहसी हुनुहोस्‌”

w०९-E १२/१ पृ. २४ अनु. ६

यर्मियाले हार मानेनन्‌

यहोवाले यर्मियालाई इस्राएलीहरूले खराब मार्ग नत्यागेमा यरूशलेम विनाश हुनेछ भनेर चेताउनी दिन लगाउनुभयो। यर्मियाले चेतावनी दिंदा रिसाउँदै मानिसहरूले यसो भने: “यो मानिस प्राणदण्डको योग्य छ।” तैपनि यर्मियाले तिनीहरूलाई “परमेश्‍वरको आज्ञा पालन” गर्न आग्रह गरे। अनि तिनले भने: ‘यदि तिमीहरूले मेरो हत्या गऱ्‍यौ भने यहोवाले तिमीहरूलाई सन्देश सुनाउन पठाइएको एक जना निर्दोष मानिसको रगत बगाएका’ हुनेछौ। त्यसपछि के भयो?

jr-E पृ. २१ अनु. १३

“आखिरी समयमा” (NW ) सेवा गर्दै

१३ यहूदामा व्याप्त धार्मिक अनि राजनैतिक अवस्थालाई विचार गर्दा यर्मियाले सुनाएको सन्देशप्रति धार्मिक नेताहरूले कस्तो प्रतिक्रिया देखाए होलान्‌? भविष्यवक्‍ता आफै यसो भन्छन्‌: ‘पुजारी, अगमवक्‍ता र सबै मानिसहरूले [यर्मियालाई] समातेर यसो भने, ‘तँ, निश्‍चय मर्नेछस्‌।’ रिसले मुरमुरिंदै तिनीहरूले यसो भने: “यो मानिस प्राणदण्डको योग्य छ।” (यर्मिया २६:८-११ पढ्‌नुहोस्‌ ) तर यर्मियाका शत्रुहरू विजयी भएनन्‌। शत्रुहरूको सङ्‌ख्या धेरै भए तापनि वा तिनीहरूले डर धम्की देखाए तापनि यर्मिया डराएनन्‌। किनभने यहोवा तिनको साथमा हुनुहुन्थ्यो। हो, तपाईं पनि यर्मियाजस्तै साहसी हुन सक्नुहुन्छ।

w०९-E १२/१ पृ. २५ अनु. १

यर्मियाले हार मानेनन्‌

बाइबल यसो भन्छ: “शासकहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्‍ताहरूलाई भने, ‘यी मानिस प्राणदण्डको योग्य छैनन्‌, किनभने यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यो कुरा भनेका छन्‌।” हो, यर्मिया तिनीहरूसित डराएर पछि हट्‌नुको साटो हार नमानी यहोवाको सेवा गरे अनि यहोवाले तिनलाई जोगाउनुभयो। तर यर्मियाले भन्दा फरक व्यवहार देखाएका अर्को भविष्यवक्‍ता उरियाहलाई विचार गरौं।

बहुमूल्य रत्न खोजौं

jr-E पृ. २७ अनु. २१

“आखिरी समयमा” (NW ) सेवा गर्दै

२१ राजा सिदकियाहको शासनको सुरुतिर तिनलाई भेट्‌न एदोम, मोआब, अम्मोन, सोर र सिदोनका राजाहरूले यरूशलेममा सन्देशवाहक पठाए। तिनीहरूको उद्देश्‍य के थियो? तिनीहरू नबूकदनेसरसित लड्‌न सिदकियाहलाई आफ्नो पक्षमा सामेल गराउन चाहन्थे। तर यर्मियाले राजा सिदकियाहलाई बेबिलोनीहरूसित लडाइँ नगर्नु भनेर आग्रह गरे। अनि त्यसपछि आफ्नो काँधमा जुवा राखेर इस्राएल राष्ट्र बेबिलोनीहरूको अधीनमा बस्नु पर्नेछ भनेर यर्मियाले ती सन्देशवाहकहरूलाई बताए। (यर्मि. २७:१-३, १४) यहोवाको भविष्यवक्‍ताको रूपमा यर्मियाले बताएको सन्देश मानिसहरूलाई मन परेन। त्यसमाथि झूटा भविष्यवक्‍ता हनन्याहले बेबिलोनीहरूको जुवा यहोवाले भाँचिदिनुहुनेछ भनेर सबै सामु दाबी गरे। यसले गर्दा यर्मियालाई निकै गाह्रो भयो। तर यहोवाले त्यस झूटा भविष्यवक्‍ताको त्यही वर्ष मृत्यु हुनेछ भनेर बताउनुभयो। नभन्दै तिनको मृत्यु भयो।—यर्मि. २८:१-३, १६, १७.

jr-E पृ. १८७-१८८ अनु. ११-१२

‘म चुप लाग्न सक्दिनँ’

११ यर्मिया जिद्दी गर्ने खालका व्यक्‍ति थिएनन्‌। विरोध­को सामना गर्नुपर्दा तिनी कौशलता अपनाउँथे। कुन बेला त्यो ठाउँ छोड्‌नु­पर्छ तिनलाई राम्ररी थाह थियो। उदाहरणको लागि, एकपटक हनन्याहले सबै मानिसहरूसामु यर्मियाको घोर विरोध गरे। सुरुमा यर्मियाले तिनलाई सच्याउँदै साँचो भविष्यवक्‍तालाई चिन्‍न सक्ने तरिका बताए। अनि आफ्नो काँधमा काठको जुवा बोकेर इस्राएलीहरू चाँडै बेबिलोनको दासत्वमा पर्ने कुरा बताए। तर रिसाउँदै हनन्याहले जुवा भाँचिदिए। तिनले रिसको झोंकमा के गर्लान्‌ कसलाई के थाह! त्यस्तो अवस्थामा यर्मियाले के गरे? बाइबल भन्छ: ‘भविष्यवक्‍ताचाहिं आफ्नो बाटो लागे।’ हो, यर्मिया त्यस ठाउँबाट गइहाले। तर पछि यहोवाको आज्ञा पालन गर्दै यर्मिया फर्किए र यहूदीहरूलाई बेबिलोनको राजाले कैदी बनाएर लैजानुका साथै हनन्याहको मृत्यु हुनेछ भनेर बताए।—यर्मि. २८:१-१७.

१२ प्रचार गर्दा हामी साहसी हुनुपर्छ साथै चनाखो पनि हुनुपर्छ भन्‍ने कुरा यस प्रेरित वचनबाट स्पष्ट हुन्छ। कुनै घरधनीले हाम्रो सन्देश सुन्‍न चाहँदैनन्‌ वा रिसाउँदै हिंस्रक हुन्छन्‌ भने आदर देखाउँदै हामी त्यस ठाउँबाट निस्कनुपर्छ। राज्यको सुसमाचार सुनाउँदा चर्को वादविवाद गर्नु आवश्‍यक छैन। अरूले “दुर्व्यवहार गर्दा समेत आफूलाई काबूमा” राखेर पछि उपयुक्‍त समयमा घरधनीसित कुराकानी गर्ने बाटो खुला राख्नुपर्छ।—२ तिमोथी २:२३-२५; पढ्‌नुहोस्‌; हितो. १७:१४.

अप्रिल २४-३०

बाइबलमा पाइने अनमोल धन | यर्मिया २९-३१

“यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो”

it-1-E पृ. ५२४ अनु. ३-४

करार

नयाँ करार। ईसापूर्व सातौं शताब्दीमा यहोवाले भविष्यवक्‍ता यर्मियाद्वारा नयाँ करारबारे भविष्यवाणी गर्नुभयो। यो करार इस्राएलीहरूले तोडेको व्यवस्थाको करार जस्तो हुनेछैन भनेर पनि बताउनुभयो। (यर्मि ३१:३१-३४) इस्वी संवत्‌ ३३ नीसान १४-मा येशूले आफ्नो मृत्युको अघिल्लो रात प्रभुको साँझको भोज स्थापना गर्नुभयो। त्यतिबेला उहाँले आफूले दिन लाग्नुभएको बलिदानको आधारमा नयाँ करारको घोषणा गर्नुभयो। (लूका २२:२०) येशू ब्युँतनुभएको ४० दिनपछि स्वर्ग फर्कनुभयो। त्यसको दस दिनपछि उहाँले यहोवाबाट पाएको पवित्र शक्‍ति यरूशलेमको माथिल्लो कोठामा भेला भएका आफ्ना चेलाहरूमाथि खन्याउनुभयो।—प्रे २:१-४, १७, ३३; २को ३:६, ८, ९; हिब्रू २:३, ४.

नयाँ करारमा दुई पक्ष सम्मिलित छन्‌। एक पक्षमा यहोवा अनि अर्को पक्षमा “परमेश्‍वरको इस्राएल” अर्थात्‌ ख्रीष्टसित एकतामा भएको अभिषिक्‍त ख्रीष्टियनहरू मिलेर बनेको मण्डली सम्मिलित छन्‌। (हिब्रू ८:१०; १२:२२-२४; गला ६:१५, १६; ३:२६-२८; रोमी २:२८, २९) येशूले आफ्नो जीवन बलिदान दिनुभए­पछि त्यसको मोल स्वर्गमा यहोवासामु प्रस्तुत गर्नुभयो। यसरी ख्रीष्टले चढाउनुभएको अनमोल बलिदानको आधार­मा नयाँ करार बाँधियो। (मत्ती २६:२८) परमेश्‍वरले कुनै एक ख्रीष्टियनलाई स्वर्गीय बोलावटको निम्ति छान्‍नुहुँदा ख्रीष्टको बलिदानको आधारमा बाँधिएको करार तिनमा लागू गर्नुहुन्छ। (हिब्रू ३:१; भज ५०:५; हिब्रू ९:१४, १५, २६) किनभने येशू ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता र अब्राहामको सन्तानको प्रमुख भाग हुनुहुन्छ। (हिब्रू ८:६; ९:१५; गला ३:१६) परमेश्‍वरले करारमा सम्मिलित भएकाहरूलाई नयाँ करारको मध्यस्थकर्ता येशूको बलिदानको आधारमा तिनीहरूको पाप क्षमा गरेर साँच्चै अब्राहामको वंशको भाग हुन मदत गर्नुहुन्छ। (हिब्रू २:१६; गला ३:२९) अनि यहोवाले तिनीहरूलाई असल ठहराउनुहुन्छ।—रोमी ५:१, २; ८:३३; हिब्रू १०:१६, १७.

jr-E पृ. १७३-१७४ अनु. ११-१२

नयाँ करारबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ

११ के तपाईं नयाँ करारका अरू भिन्‍नताहरू जान्‍न चाहनुहुन्छ? नयाँ करार र मोशाद्वारा दिइएको व्यवस्थाको करारबीचको मुख्य भिन्‍नता यसको लेखाइ हो। (यर्मिया ३१:३३ पढ्‌नुहोस्‌ ) व्यवस्थाको करारको दस आज्ञा ढुङ्‌गामा लेखिएका थिए, जुन समयको दौडान मेटिएर गयो। तर यर्मियाले भविष्यवाणी गरेका नयाँ करार चाहिं मानिसको हृदयमा लेखिने थिए। त्यसैले यो सधैंभरि रहिरहने थियो। यस नयाँ करारमा सम्मिलित अभिषिक्‍त ख्रीष्टियनहरू यस व्यवस्थाको असाध्यै कदर गर्छन्‌। अनि सिधै यस करारमा सम्मिलित नभएका पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका “अरू भेडा”-बारे के भन्‍न सकिन्छ? (यूहन्‍ना १०:१६) तिनीहरू पनि परमेश्‍वरको वचनमा रमाउँछन्‌। एक अर्थमा तिनीहरू इस्राएलीहरूको समयका मोशाको व्यवस्थाबाट लाभ उठाउने परदेशीहरू जस्तै छन्‌।—लेवी २४:२२; गन्ती १५:१५.

१२ ‘अभिषिक्‍त ख्रीष्टियनहरूको हृदयमा लेखिएको व्यवस्था के हो?’ भनेर सोधेमा तपाईं कस्तो जवाफ दिनुहुन्छ? यसलाई “ख्रीष्टको व्यवस्था” भनिन्छ अनि यो सुरुमा नयाँ करार­मा सम्मिलित आध्यात्मिक इस्राएलीहरूलाई दिइएको थियो। (गला. ६:२; रोमी २:२८, २९) हामी “ख्रीष्टको व्यवस्था”-लाई एक शब्दमा प्रेम भन्‍न सक्छौं। (मत्ती २२:३६-३९) त्यसोभए अभिषिक्‍त ख्रीष्टियनहरूको हृदयमा यो व्यवस्था कसरी लेखिन्छ? मुख्य तरिका भनेको परमेश्‍वरको वचन पढेर अनि यहोवालाई प्रार्थना गरेर हो। अनि यस करारमा सहभागी नभए पनि यसबाट लाभ उठाउन चाहने ख्रीष्टियनहरूले पनि दिनहुँ बाइबल पढेर अनि प्रार्थना गरेर साँचो उपासनाका यी पक्षहरूमा नियमित रूपमा भाग लिनुपर्छ।

jr-E पृ. १७७ अनु. १८

नयाँ करारबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ

१८ नयाँ करारमा सम्मिलित अभिषिक्‍त ख्रीष्टियनहरू होऊन्‌ वा पृथ्वीमा बाँच्ने आशा भएका व्यक्‍तिहरू, त्रुटिपूर्ण मानिसहरूप्रति यहोवाले कस्तो व्यवहार गर्नुहुन्छ त्यो कुरा नयाँ करारमा स्पष्ट पारिएको छ। यहोवाले तपाईंको पाप एकपटक क्षमा गरि­सकेपछि त्यसलाई फेरि सम्झिरहनुहुन्‍न भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ। त्यसैले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ करारबाट हामी सबैले लाभ उठाउन सक्छौं। आफैलाई सोध्नुहोस्‌, ‘अरूको गल्ती अनि पापलाई क्षमा गर्छु भनेर भनिसकेपछि त्यसलाई पूरै बिर्सेर के म यहोवाको अनुकरण गर्ने कोसिस गर्छु?’ (मत्ती ६:१४, १५) यो कुरा सानातिना गल्ती देखि लिएर कुनै ख्रीष्टियनको पति वा पत्नीले व्यभिचार जस्ता गम्भीर किसिमको पाप गर्दा पनि लागू हुन्छ। निर्दोष पक्षले दोषी पति वा पत्नीलाई क्षमा गरिसकेपछि त्यस पापलाई ‘कहिल्यै सम्झने छैनँ’ भन्‍नु ठीक होइन र? हो, अरूको गल्तीलाई त्यसरी बिर्सनु सधैं सजिलो हुँदैन तर यहोवाले दिनुहुने क्षमाको अनुकरण गर्ने एउटा तरिका यही हो।

बहुमूल्य रत्न खोजौं

g-E ६/१२ पृ. १४ अनु. १-२

बाइबल—अचूक भविष्यवाणीको पुस्तक, भाग २

पूर्ति: यहूदीहरूले ईसापूर्व ६०७ देखि ५३७ सम्म अर्थात्‌ ७० वर्षसम्म बेबिलोनमा निर्वासित जीवन बिताए। सत्तरी वर्षपछि फारसी राजा कोरेसले तिनीहरूलाई आफ्नो जन्मभूमि फर्केर यरूशलेमको मन्दिर पुनः निर्माण गर्न कैदबाट छुटकारा दिए।—एज्रा १:२-४.

इतिहासले के देखाउँछ:

● के बाइबलमा लेखिएझैं इस्राएलीहरू ७० वर्षसम्म निर्वासन­मा बसे? इस्राएलको एक जना प्रख्यात पुरातत्त्वविद्‌ इप्रैम स्टर्न­ले यसो भने: “ईसापूर्व ६०४ देखि ५३८-को बीच त्यहाँ कुनै व्यवसाय वा काम गरिएको थिएन। त्यति लामो समयसम्म बेबिलोनीहरूले विनाश गरेको एउटै सहर पनि पुनः निर्माण गरिएको थिएन।” लामो समयसम्म त्यस ठाउँमा कुनै काम नगरिएको र कोही पनि बसोबास नगरेको कुराबाट इस्राएलीहरू ईसापूर्व ६०७ देखि ५३७ सम्म बेबिलोनको निर्वासन­मा परेको कुरा प्रमाणित हुन्छ।—२ इति. ३६:२०, २१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने