बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ६-८
“नुहले त्यसै गरे”
आधुनिक समयको जस्तो औजारहरू अनि निर्माण प्रविधि विना जहाज बनाउन नुह र तिनको परिवारले कत्ति धेरै मेहनत गर्नुपऱ्यो होला, कल्पना गर्नुहोस्।
त्यो जहाज निकै ठूलो थियो। त्यसको लम्बाइ करिब १३३ मिटर (४३७ फिट), चौडाइ करिब २२ मिटर (७३ फिट) अनि उचाइ करिब १३ मिटर (४४ फिट) थियो
त्यसलाई बनाउन रूखहरू काट्नुपर्थ्यो, विभिन्न आकारमा काठ तयार पार्नुपर्थ्यो अनि त्यसलाई ठीक ठाउँमा जडान गर्नुपर्थ्यो
त्यो ठूलो जहाजको भित्र र बाहिर दुवैपट्टि अलकत्राले लिप्नुपर्थ्यो
नुहको परिवार र जनावरहरूलाई एक वर्षसम्म पुग्ने खानेकुरा जम्मा गर्नुपर्थ्यो
यो काम सिध्याउन ४० देखि ५० वर्ष लागेको हुनुपर्छ
यहोवाले आज्ञा गर्नुभएको काम गर्न गाह्रो लाग्दा यस विवरणबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौँ?