प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल पृ. ७
  • “देवीदेवताका मूर्तिहरू हटाओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “देवीदेवताका मूर्तिहरू हटाओ”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • के तन्त्रमन्त्र गर्नु हानिकारक छ?
    युवाहरू सोध्छन्‌
  • दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • प्रेतवादबारे बाइबलले के सिकाउँछ?
    ब्यूँझनुहोस्‌!—२०१७
  • यहोवाको मात्र उपासना गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल पृ. ७
एक जना मानिसले प्रेतविद्यासित सम्बन्धित माला फाल्छन्‌।

ख्रिष्टियन जीवन

“देवीदेवताका मूर्तिहरू हटाओ”

यहोवाले याकुबको समयमा मूर्तिपूजासम्बन्धी कुनै नियम दिनुभएको थिएन। तैपनि याकुबलाई यहोवा आफ्नो मात्र उपासना गरिएको चाहनुहुन्छ भनेर थाह थियो। (प्रस्थ २०:३-५) त्यसैले उहाँले याकुबलाई बेथेल फर्किन भन्‍नुभएपछि तिनले आफ्ना सबै मानिसलाई तिनीसित भएका मूर्तिहरू हटाउन आज्ञा दिए। त्यसपछि तिनले ती मूर्तिहरूका साथै कुण्डलहरू लगेर गाडे। ती कुन्डलहरू सायद जन्तरको रूपमा लगाइन्थ्यो। (उत्प ३५:१-४) याकुबको काम देखेर यहोवा पक्कै खुसी हुनुभयो।

आज हामी कसरी यहोवालाई मात्र उपासना गर्न सक्छौँ? एउटा महत्त्वपूर्ण तरिका मूर्तिपूजा वा प्रेतवादसम्बन्धी कुराहरूबाट अलग रहेर हो। यसमा तन्त्रमन्त्रसम्बन्धी सबै कुरा हटाउनु र हामीले गर्ने मनोरञ्जन होसियारपूर्वक जाँच्नु समावेश छ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मलाई भ्याम्पायर, जोम्बि अथवा अलौकिक शक्‍तिसित सम्बन्धित किताब पढ्‌न वा फिल्म हेर्न मन पर्छ? के यसमा जादु, टुनामुना वा कसैको बिगार गर्नेजस्ता कुरालाई अहानिकारक मनोरञ्जनको रूपमा प्रस्तुत गरिएको छ?’ यहोवाले घृणा गर्नुहुने सबै कुराबाट हामी टाढै रहनुपर्छ।—भज ९७:१०.

‘दियाबलको विरोध गर्नुहोस्‌’ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हातमा जन्तर लगाएको एक जना बच्चा ओछ्यानमा सुतिरहेको छ। पछाडितिर बाइबल अध्ययन गर्ने बच्चाकी आमा आफ्नो अध्ययन सञ्चालक र उनको पतिसित कुरा गर्दै छिन्‌।

    पलेसा नाम गरेकी बाइबल विद्यार्थीले कस्तो समस्याको सामना गरिन्‌?

  • ती दम्पती र तिनीहरूको बाइबल विद्यार्थी दुई जना एल्डरसित मदत लिँदै छन्‌।

    प्रेतवाद मुछिएका मामिलाहरूमा एल्डरहरूको मदत लिनु किन बुद्धिमानी हो?

  • बाइबल विद्यार्थीले आफ्नो बच्चाको हातको जन्तर भान्छाको चुल्होमा जलाउँछिन्‌।

    दियाबलको विरोध गर्नुहोस्‌ अनि परमेश्‍वरसित नजिक हुनुहोस्‌।—या ४:७, ८.

    यहोवाको सुरक्षा चाहनेहरू कुन-कुन कुराबाट पूर्णतया अलग रहनुपर्छ?

  • पलेसाले कस्तो निर्णायक कदम चालिन्‌?

  • तपाईँ बस्नुहुने इलाकामा प्रेतवादको प्रभावबाट कसरी अलग रहन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने