बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३४-३५
खराब सङ्गतको दुःखदायी नतिजा
आफ्नो छिमेकी, सहकर्मी वा स्कुलका साथीहरूमा असल गुण छ भन्दैमा के तिनीहरू असल सङ्गत हुन् भन्न मिल्छ? कोही असल साथी हो कि होइन भनेर कसरी भन्न सक्छौँ?
के तिनीहरूसितको सङ्गतिले यहोवासितको मेरो सम्बन्ध बलियो बनाइराख्न मदत गर्छ?
तिनीहरूलाई कुन कुरा महत्त्वपूर्ण लाग्छ भनेर तिनीहरूको कुराकानीबाट कसरी थाह पाउन सक्छौँ?—मत्ति १२:३४
आफैलाई सोध्नुहोस्, ‘मेरो साथीसङ्गतले यहोवासितको मेरो सम्बन्धमा कस्तो असर पारिरहेको छ?’