प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी p. ११
  • यहोवाको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आमाबुबा हो, यहोवालाई कसरी खुसी बनाउने भनेर छोराछोरीलाई सिकाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी p. ११
“‘धैर्य गरेर दौडौं’—पौष्टिक खानेकुरा खानुहोस्‌” भिडियोमा आधारित चित्र। रिबेका “जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न” पुस्तिका प्रयोग गरेर अनुसन्धान गर्दै छिन्‌।

ख्रिष्टियन जीवन

यहोवाको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्‌

हामी सबै कुरामा यहोवालाई खुसी बनाउन चाहन्छौँ। (हित २७:११) यसो गर्नको लागि कुनै स्पष्ट नियम नभएको अवस्थामा पनि उहाँको सोचाइसित मेल खाने निर्णयहरू गर्नुपर्छ। यस्ता निर्णयहरू गर्न हामीलाई केले मदत गर्छ?

नियमित रूपमा बाइबल अध्ययन गर्नुहोस्‌। हरेक चोटि बाइबल पढ्‌नु भनेको यहोवासित समय बिताउनु जस्तै हो। यहोवाले आफ्ना जनहरूसित गर्नुभएको व्यवहारबारे पढ्‌दा र उहाँको नजरमा असल वा खराब काम गर्ने व्यक्‍तिहरूको उदाहरण केलाउँदा हामी उहाँको सोचाइ बुझ्न सक्छौँ। कुनै निर्णय गर्नुपर्दा पवित्र शक्‍तिले हामीलाई बाइबलबाट सिकेका महत्त्वपूर्ण पाठहरू र सिद्धान्तहरू सम्झन मदत गर्न सक्छ।—युह १४:२६.

अनुसन्धान गर्नुहोस्‌। कुनै निर्णय गर्नुपर्दा आफैलाई सोध्नुहोस्‌: ‘यस विषयमा यहोवाको दृष्टिकोण बुझ्न बाइबलका कुन-कुन पद वा विवरण उपयोगी हुन सक्छन्‌?’ मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। साथै तपाईँको अवस्थासित मिल्दोजुल्दो बाइबल सिद्धान्तहरू भेट्टाउन र ती लागू गर्न आफ्नो भाषामा उपलब्ध अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्‌।—भज २५:४.

“धैर्य गरेर दौडौं”—पौष्टिक खानेकुरा खानुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • यस भिडियोमा देखाइएकी जवान बहिनीमाथि कस्ता दबाब आइपरे?

  • तपाईँलाई पनि त्यस्तै दबाब आउँदा अनुसन्धान सामग्रीबाट कस्तो मदत पाउन सक्नुहुन्छ?

  • समय लगाएर अनुसन्धान र व्यक्‍तिगत अध्ययन गर्दा सही निर्णय गर्न हामीलाई कस्तो मदत मिल्छ?—हिब्रू ५:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने