प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ९
  • तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • परिभ्रमण निरीक्षकहरू—सत्यमा भएका सहकर्मीहरू
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • ‘वरदानको रूपमा दिइएका पुरुषहरूप्रति’ कृतज्ञ भएको देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं
    हाम्रो राज्य सेवकाई—२००७
  • “पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ९
तस्बिरहरूको सँगालो: एक क्षेत्रीय निरीक्षक एउटा मण्डलीको भ्रमण गर्दै छन्‌। १. तिनी क्षेत्र सेवा सभा सञ्चालन गर्छन्‌। २. तिनी एल्डरहरूको निकायसित सभा गर्छन्‌। ३. तिनी एक जवान भाइसित साक्षीकार्यमा भाग लिन्छन्‌।

ख्रिष्टियन जीवन

तिनीहरू हाम्रो लागि कडा मेहनत गर्छन्‌

क्षेत्रीय निरीक्षक र तिनीहरूका पत्नी भाइबहिनीको सेवा गर्छन्‌ र उनीहरूलाई आत्मत्यागी प्रेम देखाउँछन्‌। तिनीहरूको पनि हाम्रो जस्तै दैनिक आवश्‍यकताहरू हुन्छन्‌ अनि कहिलेकाहीँ हामीले जस्तै थकित, निराश र चिन्तित महसुस गर्छन्‌। (या ५:१७) तैपनि तिनीहरू हरेक हप्ता जुन मण्डलीको भ्रमण गर्दै छन्‌, त्यहाँका भाइबहिनीलाई कसरी प्रोत्साहन दिन सकिन्छ, त्यसमा ध्यान दिन्छन्‌। क्षेत्रीय निरीक्षकहरू साँच्चै “दोबर आदरको योग्य” छन्‌।—१ति ५:१७.

प्रेषित पावलले रोमको मण्डलीलाई “केही आध्यात्मिक वरदान” दिन त्यहाँ जाने योजना बनाए। त्यतिबेला तिनी भाइबहिनीलाई “प्रोत्साहन दिन” र उनीहरूबाट पनि ‘प्रोत्साहन पाउन’ चाहन्थे। (रोमी १:११, १२) के तपाईँले क्षेत्रीय निरीक्षक र यदि विवाहित हुन्‌ भने तिनकी पत्नीलाई कसरी प्रोत्साहन दिन सकिन्छ भनेर सोच्नुभएको छ?

दुर्गम इलाकामा सेवा गर्ने क्षेत्रीय निरीक्षकको जीवन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • क्षेत्रीय निरीक्षक र तिनकी पत्नीले भाइबहिनीलाई कुन-कुन तरिकामा आत्मत्यागी प्रेम देखाउँछन्‌?

  • तिनीहरूको सेवाबाट तपाईँले व्यक्‍तिगत तवरमा कस्तो लाभ उठाउनुभएको छ?

  • हामी तिनीहरूलाई कसरी प्रोत्साहन दिन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने