फेब्रुअरी २३–मार्च १
यसैया ३८–४०
गीत ४ र प्रार्थना | परिचय (१ मि.)
पुरातन इस्राएलका एक गोठालो आफ्नो भेडालाई अङ्गालोमा लिइरहेका छन्
१. “गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ”
(१० मि.)
हामी यहोवासित नजिक हुन सकौँ भनेर उहाँले हाम्रो निम्ति आफ्नो वचन जोगाएर राख्नुभयो (यसै ४०:८; w२३.०२ पृ. २-३ अनु. ३-४)
उहाँ मायालु तरिकामा हाम्रो ख्याल राख्नुहुन्छ (यसै ४०:११; cl पृ. ७० अनु. ७)
उहाँ हामी प्रत्येकलाई चिन्नुहुन्छ र समस्या समाधान गर्न मदत गर्नुहुन्छ (यसै ४०:२६-२९; w१८.०१ पृ. ८ अनु. ४-६)
मननका लागि: यसैया ४०:११ मा गोठालोबारे गरिएको वर्णन पढ्दा यहोवाबारे तपाईँ कस्तो महसुस गर्नुहुन्छ?
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ४०:३—इस्वी संवत् प्रथम शताब्दीमा यी शब्दहरू कसरी पूरा भए? (w२५.०५ पृ. २९ अनु. १२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ४०:२१-३१ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(२ मि.) अनौपचारिक साक्षीकार्य। आफूले कुरा गरिरहेको व्यक्तिलाई हालै सभामा सिकेको एउटा कुरा बताउने मौका खोज्नुहोस्। (lmd पाठ ४ बुँदा ३)
५. कुराकानी थाल्नुहोस्
(२ मि.) अनौपचारिक साक्षीकार्य। कुराकानीको दौडान तपाईँ बाइबलको कुरा सिकाउने व्यक्ति हुनुहुन्छ भनेर बताउने मौका खोज्नुहोस्। (lmd पाठ ४ बुँदा ४)
६. फेरि भेट्नुहोस्
(२ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ७ बुँदा ५)
७. चेला बनाउनुहोस्
(५ मि.) lff पाठ १८ “सारांश”, “तपाईँले के सिक्नुभयो” र “लक्ष्य”। “अझ धेरै जान्नुहोस्” भागको कुनै एउटा लेख प्रयोग गरेर बाइबल विद्यार्थीलाई यहोवाका साक्षीहरूबीचको प्रेमबारे अझ धेरै बुझ्न मदत गर्नुहोस्। (lmd पाठ ११ बुँदा ३)
गीत १६०
८. वार्षिक सेवा रिपोर्ट
(१५ मि.) छलफल।
वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्नुहोस्। त्यसपछि तल दिइएको प्रश्न सोधेर श्रोतालाई विश्वभरिका यहोवाका साक्षीहरूको २०२५ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन आग्रह गर्नुहोस्। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्नुहोस्।
Based on NASA/Visible Earth imagery
सन् २०२५ मा यहोवाका जनहरू घरघरको साक्षीकार्य र बाइबल अध्ययन गराउने काममा जोसिलो भई भाग लिइरहेका छन्
तपाईँलाई २०२५ सेवा वर्ष रिपोर्ट-को कुन पक्ष राम्रो लाग्यो?
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ६४-६५