फेब्रुअरी १६-२२
यसैया ३६–३७
गीत १५० र प्रार्थना | परिचय (१ मि.)
१. ‘आफूले सुनेको कुरादेखि नडराओ’
(१० मि.)
यहोवाका जनहरूलाई तर्साउन रबसाके यरुसलेम गए (यसै ३६:१, २; it “हिजकियाह” न. १ अनु. १४)
तिनले यहोवाका जनहरूलाई कमजोर र आशाविहीन बनाउन खोजे (यसै ३६:८; ip-1 पृ. ३८७ अनु. १०)
रबसाकेले यहोवाका जनहरूको खिल्ली उडाए किनभने तिनीहरू यहोवा र राजामाथि भरोसा राख्थे (यसै ३६:७, १८-२०; ip-1 पृ. ३८८ अनु. १३-१४)
यहोवाका जनहरू आफूलाई तर्साउन खोज्नेहरूदेखि डराउनुपर्दैन।—यसै ३७:६, ७
पारिवारिक उपासनाको लागि सुझाव: ‘हे यहोवा मैले तपाईँकै भरोसा गरेको छु’ भिडियो हेर्नुहोस् र सिक्न सकिने पाठहरू छलफल गर्नुहोस्।
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ३७:३३-३७—यहोवाले हामीलाई मदत गरिरहनुहुनेछ भन्ने कुरामा भरोसा बढाउन केले मदत गर्छ? (w२४.०६ पृ. २१ अनु. ८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ३७:१४-२३ (th बुँदा २)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ १ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ५)
६. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) प्रदर्शन। ijwbq लेख ११० अनु १-४—विषय: बप्तिस्मा के हो? (th बुँदा १७)
गीत ११८
७. “तिमी केमा भरोसा गर्दै छौ?”
(१५ मि.) छलफल।
परमेश्वरमा भरोसा गरेकोले, बाइबलमा भर परेकोले वा यहोवाको साक्षी हुने निर्णय गरेकोले के तपाईँलाई कसैले खिल्ली उडाएको वा तपाईँको विश्वासमाथि प्रश्न उठाएको थियो? थियो भने तपाईँलाई पक्कै पनि डर लाग्यो होला। अरूले भनेको कुरा सुनेर तपाईँलाई आफ्नो विश्वासमा शङ्का पनि लाग्न सक्छ। त्यसो हुनदेखि जोगिन तपाईँ के गर्न सक्नुहुन्छ?
यसैया ३६:४ पढ्नुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
आफूले विश्वास गर्ने कुरामाथिको भरोसा बलियो बनाउन किन महत्त्वपूर्ण छ?
मेरो किशोरावस्था—परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु ठीक हो? भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
एलिबाल्डो र क्रिष्टलले परमेश्वरमाथिको भरोसा कसरी बलियो बनाए?
परमेश्वर हुनुहुन्छ भन्ने कुरामा तपाईँ किन विश्वस्त हुनुहुन्छ?
कुन बाइबल पदले तपाईँलाई यी कुराहरूमा ढुक्क बनाउँछ?
यहोवा तपाईँलाई माया गर्नुहुन्छ भन्ने कुरामा।
यहोवा तपाईँलाई सधैँ मदत गर्नुहुन्छ भन्ने कुरामा।
तपाईँले परमेश्वरका जनहरूलाई भेट्टाउनुभएको छ भन्ने कुरामा।
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ६२-६३