प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb26 मार्च पृ. ६-७
  • मार्च २३-२९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २३-२९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
mwb26 मार्च पृ. ६-७

मार्च २३-२९

यसैया ४८–४९

गीत ८९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाले सिकाउनुहुँदा ध्यान दिनुहोस्‌ र लाभ उठाउनुहोस्‌

(१० मि.)

यहोवा आफ्ना सेवकहरूलाई सिकाउनुहुन्छ (यसै ४८:१७; lff पाठ ३५ बुँदा १)

हामीले यहोवाका आज्ञाहरूमा ध्यान दिनुपर्छ (यसै ४८:१८क; ijwbq लेख ४४ अनु. २-३)

त्यसपछि हाम्रो शान्ति “नदिझैँ” अनि हाम्रो धार्मिकता “समुद्रका छालहरूझैँ” हुनेछ (यसै ४८:१८ख; lv पृ. २२७ अनु. ८)

एक बहिनी सूर्यास्तको बेला समुद्री किनारामा हिँड्‌दै छिन्‌।

व्याख्या: “शान्ति” भनी अनुवाद गरिएको हिब्रू शब्दले सुस्वास्थ्य, सुरक्षा, सुखसुविधा, मित्रता र सिङ्‌गो वा पूर्णतालाई पनि बुझाउन सक्छ।

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ४८:१७—सभाहरूमा टिप्पणी दिँदा हामीलाई कस्तो फाइदा हुन्छ? (w१९.०१ पृ. ९ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ४८:९-२० (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। निष्क्रिय आफन्तलाई विशेष भाषण अनि स्मरणार्थको निम्तो दिनुहोस्‌। (lmd पाठ ५ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थमा उपस्थित हुने योजना बनाइरहेका व्यक्‍तिलाई त्यहाँ के-कस्तो कार्यक्रम हुन्छ भनेर बताउनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(५ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थको कार्यक्रम सकिएपछि चासो देखाएका व्यक्‍तिले सोधेका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १०७

७. वर्षकै सबैभन्दा महत्त्वपूर्ण दिनबाट लाभ उठाउनुहोस्‌

(१५ मि.) छलफल।

हरेक वर्ष स्मरणार्थ उत्सवमा उपस्थित हुँदा हामीले येसुको आज्ञा पालन गरिरहेका हुन्छौँ र यहोवाले उपहारस्वरूप दिनुभएको फिरौतीप्रति कृतज्ञ भएको देखाइरहेका हुन्छौँ। (लुका २२:१९) साथै यहोवा परमेश्‍वर अनि येसु ख्रिष्ट हामीलाई कत्ति प्रेम गर्नुहुन्छ भनेर सम्झने मौका पनि पाउँछौँ। (गला २:२०; १यु ४:९, १०) यहोवाले मिलाउनुभएको यस प्रबन्धबाट पूरापूर लाभ उठाउन हामी के गर्न सक्छौँ? अनि चासो देखाएकाहरूलाई पनि त्यसो गर्न कसरी मदत दिन सक्छौँ?

  • हरेक दिन स्मरणार्थ बाइबल पढाइका भागहरू पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌

  • फिरौतीको बलिदानबारे मनन गर्नुहोस्‌ र त्यसप्रति कृतज्ञ भएको देखाउने तरिकाहरूबारे सोच्नुहोस्‌

  • आफ्ना साथीभाइ, आफन्त र इलाकाका मानिसहरूलाई विशेष भाषण अनि स्मरणार्थको निम्तो दिएर अभियानमा पूरापूर भाग लिनुहोस्‌

  • स्मरणार्थमा आएकाहरूलाई मीठो मुस्कान दिएर अनि मित्रैलो भएर स्वागत गर्नुहोस्‌। हुनत हामी आफूले निम्तो दिएका व्यक्‍तिहरूलाई मदत दिन अग्रसर हुन्छौँ। तर हामी निम्तो स्विकारेर आएका अरूलाई पनि मदत दिन सक्छौँ र तिनीहरूलाई आफूसँगै बस्न आग्रह गर्न सक्छौँ

  • नवआगन्तुकहरूले सोधेका प्रश्‍नहरूको जवाफ दिन समय निकाल्नुहोस्‌

  • निष्क्रियहरूलाई स्वागत गर्न नबिर्सनुहोस्‌। एल्डरहरू विशेषगरि मण्डलीबाट हटाइएकाहरूलाई स्वागत गर्न तयार हुनेछन्‌

“येशू ‘हराएकोलाई खोज्न र उसलाई बचाउन आउनुभएको हो’ ” भिडियोको एक दृश्‍य। स्मरणार्थको साँझ भाइबहिनीहरू सभाभवनमा कुराकानी गर्दै छन्‌।

येशू ‘हराएकोलाई खोज्न र उसलाई बचाउन आउनुभएको हो’ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • निष्क्रिय भएकाहरूलाई स्मरणार्थमा न्यानो स्वागत गर्नुको महत्त्वबारे तपाईँले के सिक्नुभयो?

    “येशू ‘हराएकोलाई खोज्न र उसलाई बचाउन आउनुभएको हो’ ” भिडियोको एक दृश्‍य। स्मरणार्थमा आएकी एक निष्क्रिय बहिनीलाई अर्की बहिनीले अङ्‌गालो हाल्दै छिन्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ७२-७३

समापन टिप्पणी (३ मि.) | गीत १३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने