अध्ययनका लागि सुझाव
व्यक्तिगत अध्ययन र पारिवारिक उपासनाका लागि सुझाव
हामी सभा, सम्मेलन र अधिवेशनजस्ता कार्यक्रमहरूमा ठूलो समूहमा सँगै भेला भएर यहोवाको उपासना गर्छौँ। त्यति मात्र होइन, हामी व्यक्तिगत र पारिवारिक रूपमा पनि उहाँको उपासना गर्छौँ। व्यक्तिगत अध्ययन र पारिवारिक उपासनाका लागि केही सुझाव तल दिइएका छन्:
मण्डलीका सभाहरूको लागि तयारी गर्नुहोस्। तपाईँ गीतहरू अभ्यास गर्न सक्नुहुन्छ अनि परिवारका सबैलाई टिप्पणी तयारी गर्न मदत गर्न सक्नुहुन्छ।
बाइबलको कुनै विवरण पढ्नुहोस्। त्यसपछि त्यस विवरणमा भएको कुनै घटनाको चित्र कोर्नुहोस् वा आफूले सिकेको केही कुरा लेख्नुहोस्।
बाइबलमा रेकर्ड गरिएको कुनै प्रार्थनाबारे अध्ययन गर्नुहोस् अनि त्यसबाट सिकेको कुरा आफ्नो प्रार्थनाको गुणस्तर बढाउन कसरी लागू गर्न सकिन्छ, विचार गर्नुहोस्।
कुनै भिडियो हेर्नुहोस् र त्यसबाट सिकेको कुरा अरूसित छलफल गर्नुहोस् वा त्यसबारे केही लेख्नुहोस्।
साक्षीकार्यको लागि तयारी गर्नुहोस् र अभ्यास गर्नुहोस्।
सृष्टिका कुराहरू नियाल्नुहोस् र त्यसबाट यहोवाबारे सिक्न सकिने पाठबारे मनन गर्नुहोस् वा छलफल गर्नुहोस्।a
a मार्च २०२३ अङ्कको प्रहरीधरहरा-मा “यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्” भन्ने लेख हेर्नुहोस्।