प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 फेब्रुअरी पृ. २५-२७
  • यस संसारको स्वार्थी मनोभावलाई तिरस्कार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यस संसारको स्वार्थी मनोभावलाई तिरस्कार गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी स्वार्थी मनोभाव राख्नदेखि कसरी जोगिन सक्छौँ?
  • आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 फेब्रुअरी पृ. २५-२७
एक पुरुष होटेलको रिसेप्सनिस्टसित रिसाएर बोल्दै छन्‌। तिनको पछाडि अरू मानिसहरू कुरिरहेका छन्‌।

यस संसारको स्वार्थी मनोभावलाई तिरस्कार गर्नुहोस्‌

अहिलेका मानिसहरूमा ‘मै हुँ’ भन्‍ने अहम्‌ भावना व्याप्त छ। थुप्रै मानिसहरू आफूले विशेष सुविधाहरू पाउनुपर्छ भन्‍ने सोचाइ राख्छन्‌ र आफ्नो अधिकारमा बढ्‌तै जोड दिन्छन्‌। तिनीहरू आफूले जे-जति पाइरहेका छन्‌, त्यसमा चित्त बुझाउँदैनन्‌ बरु अझ धेरै खोज्छन्‌। यस्तो सोचाइ राख्ने मानिसहरू स्वार्थी हुन्छन्‌ र तिनीहरू आफूसित भएका कुराहरूको लागि कृतज्ञ हुँदैनन्‌। बाइबलमा अन्तको दिनमा मानिसहरू यस्तै हुनेछन्‌ भनेर बताइएको छ।—२ तिमो. ३:२.

तर स्वार्थी मानिसहरू पहिला पनि थिए। जस्तै, आदम र हव्वाले यहोवाको स्तरअनुसार चल्नुको सट्टा आफ्नो लागि सही र गलत के हो भन्‍ने कुरा आफैले छनौट गर्ने निर्णय गरे। तिनीहरूले यस्तो स्वार्थी मनोभाव देखाएकोले नतिजा निकै नराम्रो भयो। शताब्दियौँपछि यहुदाका राजा उज्जियाहले मन्दिरमा धूप बाल्न पाउनु आफ्नो अधिकारको कुरा हो भन्ठाने र मन्दिरमा धूप बालेर गम्भीर गल्ती गरे। (२ इति. २६:१८, १९) त्यसैगरि सदुकी र फरिसीहरूले आफू अब्राहामको सन्तान भएकोले परमेश्‍वरको नजरमा विशेष छौँ भन्‍ने सोचाइ राखे।—मत्ति ३:९.

अहिलेको संसारमा स्वार्थी र घमन्डी मानिसहरूको बिगबिगी छ र त्यस्तो मनोभावले हामीलाई पनि असर गर्न सक्छ। (गला. ५:२६) हामीलाई आफूले थप सुविधाहरू पाउनुपर्छ वा अरूले विशेष व्यवहार गर्नुपर्छ जस्तो लाग्न सक्छ। हामी यस्तो सोचाइ राख्नदेखि कसरी जोगिन सक्छौँ? हामीले यहोवाको सोचाइ बुझ्नुपर्छ। यहोवाको सोचाइ बुझ्न मदत गर्ने दुई वटा सिद्धान्त विचार गरौँ।

हामीले पाउनुपर्ने कुरा के हो, त्यो यहोवाले नै तोक्नुभएको छ। केही उदाहरण विचार गरौँ।

  • परिवारमा पतिले आफ्नी पत्नीबाट आदर पाउनुपर्छ र पत्नीले पनि पतिबाट माया पाउनुपर्छ। (एफि. ५:३३) विवाहित दम्पती एकअर्काप्रति मात्र रोमान्टिक हुनुपर्छ। (१ कोरि. ७:३) छोराछोरीहरू आमाबुबाप्रति आज्ञाकारी हुनुपर्छ अनि छोराछोरीले पनि आफ्ना आमाबुबाबाट माया र राम्रो हेरचाह पाउनुपर्छ।—२ कोरि. १२:१४; एफि. ६:२.

  • मण्डलीमा एल्डरहरू हाम्रो लागि कडा परिश्रम गर्छन्‌। त्यसैले तिनीहरू हाम्रो आदर पाउन योग्यका छन्‌। (१ थिस्स. ५:१२) तर तिनीहरूसित भाइबहिनीमाथि हैकम जमाउने अधिकार भने छैन।—१ पत्रु. ५:२, ३.

  • परमेश्‍वरले मानव सरकारहरूलाई हामीबाट कर उठाउने अधिकार दिनुभएको छ र हामीले तिनीहरूको आदर गर्नुपर्छ।—रोमी १३:१, ६, ७.

यहोवा हामीले पाउनुपर्ने भन्दा धेरै कुरा दिनुहुन्छ। हामी पापी भएकोले हामीले पाउनुपर्ने कुरा भनेको मृत्यु हो। (रोमी ६:२३) तर यहोवाले हामीप्रतिको अटल प्रेमले गर्दा हामीलाई थुप्रै आशिष्‌ दिनुभएको छ। (भज. १०३:१०, ११) हामीले पाएको आशिष्‌ वा सुअवसर उहाँको असीम अनुग्रहले गर्दा नै सम्भव भएको हो।—रोमी १२:६-८; एफि. २:८.

हामी स्वार्थी मनोभाव राख्नदेखि कसरी जोगिन सक्छौँ?

संसारको मनोभाव राख्नदेखि होसियार हुनुहोस्‌। हामीले चालै नपाई अरूले भन्दा धेरै पाउनुपर्छ भन्‍ने सोचाइ राख्न पुग्न सक्छौँ। यस्तो कसरी हुन सक्छ भन्‍ने कुरा बुझाउन येसुले खेतालाहरूको उदाहरण बताउनुभयो। अङ्‌गुर बगानका मालिकले ती खेतालाहरूलाई एक दिनको ज्याला एक दिनार दिने कबुल गरेर ल्याएका थिए। केही खेतालाहरूले बिहान सबेरै काम थाले अनि चर्को घाममा दिनभरि काम गरे। अरूले भने एक घण्टा मात्र काम गरे। बिहान सबेरै काम थालेका खेतालाहरूले पछि आएकाहरूले भन्दा धेरै ज्याला पाउँछौँ होला भन्ठानेका थिए। (मत्ति २०:१-१६) येसुले यस उदाहरणबाट परमेश्‍वरले जे-जति दिनुभएको छ, त्यसमा नै सन्तुष्ट हुनुपर्छ भनेर बुझाउन खोज्दै हुनुहुन्थ्यो।

येसुले बताउनुभएको उदाहरणका केही ज्यालादारी खेतालाहरू मालिकलाई गुनासो गर्दै छन्‌।

दिनभरि काम गर्ने खेतालाहरूले धेरै ज्याला पाउँछौँ भन्ठाने

धन्यवादी हुनुहोस्‌। (१ थिस्स. ५:१८) प्रेषित पावलले कोरिन्थका भाइबहिनीहरूबाट भौतिक सहयोग मागेनन्‌, जबकि तिनीसित त्यसो गर्ने अधिकार थियो। हामी पनि प्रेषित पावलको अनुकरण गर्न सक्छौँ। (१ कोरि. ९:११-१४) हामी अरूबाट पाएका कुराहरूको लागि कृतज्ञ हुनुपर्छ। अरूले मेरो लागि यस्तो-यस्तो गरिदिनुपर्छ भनेर बढ्‌तै माग गर्नु हुँदैन।

प्रेषित पावल र दुई जना पुरुष पाल सिलाउँदै छन्‌।

प्रेषित पावलले भाइबहिनीहरूबाट आर्थिक सहयोग मागेनन्‌

नम्र हुनुहोस्‌। हामी आफूबारे मात्रै सोचिरहन्छौँ भने आफूसित भएका कुराहरूमा सन्तुष्ट हुन सक्दैनौँ। बरु आफूले अझ धेरै पाउनुपर्छ जस्तो लाग्न सक्छ। आफूमा यस्तो हानिकारक सोचाइ आउन नदिन हामीले नम्रता विकास गर्नुपर्छ।

चित्रहरूको सँगालो: १. वृद्ध दानिएल। २. पुरातन सहर बेबिलोन। ३. जवान दानिएल र तीन जना हिब्रू साथी।

भविष्यवक्‍ता दानिएल नम्र भएकोले यहोवाको नजरमा अतिप्रिय मानिस बन्‍न सके

भविष्यवक्‍ता दानिएलले नम्रता देखाउने सन्दर्भमा राम्रो उदाहरण बसाले। तिनी कुलीन घरानाका, हेर्नमा राम्रा, बुद्धिमान्‌ र थुप्रै क्षमता भएका व्यक्‍ति थिए। त्यसैले तिनले जे-जति सुविधाहरू र सुअवसरहरू पाएका थिए, त्यसको लागि आफू योग्य नै छु भन्‍ने सोच्न सक्थे। तर तिनले त्यस्तो सोचाइ राखेनन्‌। (दानि. १:३, ४, १९, २०) बरु नम्र भइरहे अनि यही गुणले गर्दा नै तिनी यहोवाको नजरमा अतिप्रिय मानिस बन्‍न सके।—दानि. २:३०; १०:११, १२.

आजको संसारमा व्याप्त स्वार्थी मनोभावलाई तिरस्कार गरौँ! अनि यहोवाले असीम अनुग्रह देखाएर हामीलाई दिनुभएको आशिष्‌प्रति कृतज्ञ भइरहौँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने