प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १०८
  • भविष्यवाणी भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यवाणी भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • बाइबल लेख्न परमेश्‍वरले मानिसहरूलाई कसरी प्रेरित गर्नुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के ईश्‍वरलाई कसैले देखेको छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • महान्‌ मोशाको भूमिकालाई कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • ‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १०८
बप्तिस्मा गराउने यूहन्‍ना

भविष्यवाणी भनेको के हो?

बाइबलको जवाफ

भविष्यवाणी भनेको परमेश्‍वरले दिनुभएको सन्देश हो। भविष्यवक्‍ताहरू ‘पवित्र शक्‍ति पाएर परमेश्‍वरको तर्फबाट बोल्थे’ भनेर बाइबलमा बताइएको छ। (२ पत्रुस १:२०, २१) त्यसैले परमेश्‍वरबाट पाएको सन्देश अरूलाई सुनाउने व्यक्‍ति भविष्यवक्‍ता हो।—प्रेषित ३:१८.

भविष्यवक्‍ताहरूले परमेश्‍वरबाट कसरी जानकारी पाउँथे?

आफ्नो विचार भविष्यवक्‍ताहरूसम्म पुऱ्‍याउन परमेश्‍वरले विभिन्‍न तरिका चलाउनुभयो:

  • लेखेर। एक अवसरमा परमेश्‍वरले मोशालाई दस आज्ञा ढुङ्‌गाको पाटीमा लेखेर दिनुभएको थियो।—प्रस्थान ३१:१८.

  • स्वर्गदूतहरूद्वारा कुराकानी गरेर। उदाहरणको लागि, परमेश्‍वरले मोशालाई एउटा सन्देश दिन स्वर्गदूत चलाउनुभयो। मोशाले त्यो सन्देश मिश्रको फिरऊनलाई सुनाउने थिए। (प्रस्थान ३:२-४, १०) कुनै कुरा तोकैरै बताउनुपर्नेछ भने परमेश्‍वरले स्वर्गदूतहरूलाई आफ्नो सन्देश जस्ताको तस्तै बताउन लगाउनुभयो। जस्तै, उहाँले मोशालाई यसो भन्‍नुभयो: “यी कुरा लेख्‌, किनकि यिनै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।”—प्रस्थान ३४:२७.a

  • दर्शन दिएर। कहिलेकाहीं भविष्यवक्‍ताहरूलाई विपनामा वा होसमा भएको बेला दर्शन दिइन्थ्यो। (यशैया १:१; हबकूक १:१) कुनै-कुनै दर्शन त यति जीवन्त हुन्थे कि त्यो देख्ने व्यक्‍ति पनि त्यसमा भाग लिन्थे। (लूका ९:२८-३६; प्रकाश १:१०-१७) कुनै दर्शन भने निदाएको बेलाको जस्तो अर्धचेत अवस्थामा पनि देख्थे।b (प्रेषित १०:१०, ११; २२:१७-२१) कुनै-कुनै अवस्थामा परमेश्‍वरले भविष्यवक्‍ताहरूलाई सपनामार्फत पनि आफ्नो सन्देश दिनुभयो।—दानियल ७:१; प्रेषित १६:९, १०.

  • प्रेरणा दिएर। परमेश्‍वरले आफ्नो सन्देश सुनाउन भविष्यवक्‍ताहरूको मनमा आफ्नो विचार हालिदिनुभयो। यसबारे बाइबलमा यसो भनिएको छ, “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” “परमेश्‍वरको प्रेरणाद्वारा” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरले सास हालिदिनुभयो” भनेर पनि अनुवाद गर्न सकिन्छ। (२ तिमोथी ३:१६; दि एम्फसाइज्ड बाइबल) परमेश्‍वरले आफ्ना सेवकहरूको मनमा आफ्नो विचार ‘हाल्न’ पवित्र शक्‍ति चलाउनुभयो। यसरी परमेश्‍वरबाट पाएको सन्देशलाई भविष्यवक्‍ताले आफ्नै शब्दहरूबाट व्यक्‍त गरे।—२ शमूएल २३:१, २.

भविष्यवाणीमा भविष्यमा हुने घटनाबारे पहिल्यै बताउनु मात्र समावेश छ?

भविष्यवाणीमा भविष्यमा हुने घटनाबारे पहिल्यै बताउनु मात्र समावेश छैन। परमेश्‍वरले दिनुभएको प्रायजसो सन्देश भविष्यसित सम्बन्धित हुन्थे। ती सन्देशहरूमा सीधै भविष्यबारे बताइएको नहुन सक्छ। उदाहरणको लागि, परमेश्‍वरका भविष्यवक्‍ताहरूले इस्राएलीहरूलाई खराब कामहरू नगर्न बारम्बार चेतावनी दिएका थिए। ती चेतावनीहरू सुनेमा उनीहरूले भविष्यमा आशिष्‌ पाउने थिए तर त्यसअनुसार नगरेमा दण्ड भोग्ने थिए भनेर ती चेतावनीहरूमा बताइएको थियो। (यर्मिया २५:४-६) इस्राएलीहरूको भविष्य कस्तो हुनेछ भन्‍ने कुरा उनीहरूको छनौटमा भर पर्ने थियो।—व्यवस्था ३०:१९, २०.

भविष्यसित सम्बन्धित नभएका बाइबलका भविष्यवाणीहरू

  • एक पटक इस्राएलीहरूले परमेश्‍वरसँग मदत माग्दा उहाँले एक जना भविष्यवक्‍तामार्फत एउटा सन्देश दिनुभयो। उक्‍त सन्देशमा इस्राएलीहरूले परमेश्‍वरको आज्ञा नमानेकोले उहाँले मदत नगर्नुभएको हो भन्‍ने कुरा उल्लेख गरिएको थियो।—न्यायकर्त्ता ६:६-१०.

  • येशूले एक जना सामरी आइमाईसित कुरा गर्दा तिनको विगतको घटनाहरू बताउनुभयो। परमेश्‍वरको मदतले गर्दा मात्र येशूले त्यसरी बताउन सक्नुभयो। उहाँले भविष्यबारे केही बताउनुभएको थिएन तैपनि त्यस आइमाईले उहाँलाई भविष्यवक्‍ता भनिन्‌।—यूहन्‍ना ४:१७-१९.

  • येशूको पुर्पक्षको बेला शत्रुहरूले उहाँको अनुहार छोपे, उहाँलाई हिर्काए अनि भने: “लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?” त्यतिबेला उनीहरूले येशूलाई भविष्यमा के हुनेछ भनेर सोधिरहेका थिएनन्‌ बरु परमेश्‍वरको मदत लिएर उहाँलाई हिर्काउने व्यक्‍ति को हो भनेर पत्ता लगाउन भनिरहेका थिए।—लूका २२:६३, ६४.

a यस उदाहरणमा परमेश्‍वरले मोशासँग सीधै कुरा गर्नुभएको जस्तो देखिन्छ। तर वास्तवमा मोशाको व्यवस्थाको करार दिन परमेश्‍वरले स्वर्गदूतहरू चलाउनुभएको थियो।—प्रेषित ७:५३; गलाती ३:१९.

b यी शास्त्रपदलाई मूल ग्रीक भाषाको बाइबलमा परमेश्‍वरबाट सन्देश पाउनेहरू निदाएको बेलाको जस्तो अर्धचेत अवस्थामा हुन्थे भनेर बताइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने