प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ५/८ पृ. ३
  • बगैंचाको माया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बगैंचाको माया
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बगैंचाले स्वास्थ्य राम्रो बनाउँछ
  • केही विश्‍वविख्यात बगैंचाहरू
    ब्यूँझनुहोस्‌!—१९९७
  • सुन्दर बगैंचा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?
    प्रहरीधरहरा: अदनको बगैँचा—वास्तविक कि काल्पनिक?
  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ५/८ पृ. ३

बगैंचाको माया

के तपाईंलाई जीवनको भागदौड, होहल्लाले भरिएको वातावारणदेखि टाढा कतै सुन्दर अनि शान्त वातावरण भएको बगैंचामा जाऊँ जाऊँ लाग्छ? वा हरियो चउर, रंगीबिरंगी फूल, छहारी दिने ठूलठूला रूख अनि सुन्दर पोखरीहरू भएको ठाउँमा परिवारसँग वनभोज मनाउन वा साथीसँग घुम्न रुचाउनुहुन्छ? हो, बगैंचाले मनको दुःख चिन्ता हर्नुका साथै स्फूर्ति दिन्छ, शान्ति दिन्छ अनि हाम्रो स्वास्थ्यलाई समेत फाइदा गर्छ।

समयको अभावले गर्दा कसै-कसैले बगैंचा लगाउन नसके तापनि बगैंचामा सजिएका रंगीबिरंगी फूल अनि तिनीहरूको मगमगाउँदो सुवास, चराचुरुंगीको चिरबिरे आवाज, सरसराउँदो बतास, अनि बगैंचामा फल्ने फलहरू सबैलाई मन पर्छ। वास्तुकार, वैज्ञानिक, वकिल, आविष्कारक अनि सं.रा.-का राष्ट्रपति थोमस जेफर्सनलाई पनि बगैंचा असाध्यै मन पर्थ्यो। तिनले लेखे: “खेत जोत्नु जत्ति रमाइलो काम अरू कुनै लागेन। . . . म अझै पनि बगैंचाको काम दिलोज्यानले गर्छु। उमेरले बूढो भए पनि बगैंचेको हिसाबले अझै जवान छु।”

थोमस जेफर्सनले व्यक्‍त गरेका विचारलाई अझै पनि मानिसहरूले सँगालिरहेका छन्‌। यसबाहेक, वर्षेनी करोडौं पर्यटकहरू बेलाइतको किऊ गार्डन्स (शाही बगैंचा); जापानको क्योटो शहरको बगैंचा; फ्रान्सको भर्साइ दरबारको बगैंचा; सं.रा.अ. पेन्सिलभेनियाको लंगवुड बगैंचाजस्ता थुप्रै बगैंचाहरूमा भीड लाग्छन्‌। अझ कतिपय देशका शहरी क्षेत्रहरूमा त दायाँबायाँ दुवैतिर रूख लगाइएका बाटोछेउ घरहरू बनाइएका हुन्छन्‌ र घर वरपर बुट्यानहरू, रूखहरू र विभिन्‍न रंगका फूलहरू हुन्छन्‌। झट्ट हेर्दा सानो प्रमोदवनझैं लाग्ने।

बगैंचाले स्वास्थ्य राम्रो बनाउँछ

प्रकृतिसँग हेलमेल गर्दा मानिसको स्वास्थ्य राम्रो भएको पाइएको छ। झ्यालबाट फूल, रूख, बुट्यान अनि चराचुरुंगीहरू हेर्दा मात्र पनि स्वास्थ्यमा अनुकूल प्रभाव पर्छ। यस्तै असरलाई ध्यानमा राखी न्यु योर्क शहरको अस्पतालले छानामाथि बगैंचा लगायो। सोही अस्पतालमा काम गर्ने एक जना कामदारअनुसार त्यस बगैंचाले “निकै उत्साहजनक प्रतिक्रिया” पायो। “रोगी तथा कर्मचारी दुवैको हौसला बढेको पाइयो। . . . हाम्रो बगैंचामा थुप्रै उपचार्य क्षमताहरू भएको हामी देख्दैछौं।” निस्सन्देह, अध्ययनहरूले देखाएअनुसार मानिसहरू प्रकृतिको आनन्द उठाएर शारीरिक, मानसिक अनि भावनात्मक लाभ उठाउनसक्छन्‌।

यति मात्र होइन। अझ आध्यात्मिक झुकाउ हुनेहरू परमेश्‍वरका हातका कार्यहरू देखेर उहाँसित घनिष्ठ भएको महसुस गर्नसक्छन्‌। बगैंचाको यो आध्यात्मिक पक्ष पृथ्वीको पहिलो बगैंचा अर्थात्‌ अदनको बगैंचादेखि सुरु भएको पाउँछौं। हुन पनि ती नै बगैंचाबीच परमेश्‍वरले पहिलो पटक मानिससित कुरा गर्नुभएको थियो।—उत्पत्ति २:१५-१७; ३:८.

बगैंचाप्रतिको यस्तो मोह सबैमा पाइन्छ। अनि यो उल्लेखनीय पनि छ। तथापि, त्यसो हुनुको कारण केलाउनअघि हामी तपाईंलाई केही अद्‌भुत ऐतिहासिक बगैंचाहरूमा “डुलाउन” लैजान्छौं। हेर्नुहोस्‌, मानिसहरूको मनमा प्रमोदवनको चाहनाले कत्ति गहिरो जरा गाडेको रहेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने