पाठकहरूका प्रतिक्रिया
मौखिक दुर्व्यवहार यहोवाले हाम्रो चिन्ता गर्नुहुन्छ भनेर औंल्याउने थुप्रै लेखहरू छन्। तीमध्ये, “बिझाउने वचनको साटो निको पार्ने वचन” (अक्टोबर २२, १९९६) (अंग्रेजी) एउटा हो। “मतवाला र तिनीहरूको परिवारलाई मदत” (मे २२, १९९२) (अंग्रेजी), “स्त्रीहरू—आदरयोग्य” (जुलाई ८, १९९२) (अंग्रेजी), “पारपाचुके गरेका आमाबाबुका बच्चाहरूलाई मदत” (अप्रिल २२, १९९१) (अंग्रेजी), र “के घरेलु हिंसाको अन्त हुनेछ?” (फेब्रुअरी ८, १९९३) (अंग्रेजी) जस्ता लेखहरूको मदत पाएर मैले वर्षौंसम्म मतवाला पतिको भावनात्मक दुर्व्यवहार सहने बल पाएकी छु। मैले यी लेखहरू हर्ष र विषादका आँशु बगाएर पढें। हाम्रा आन्तरिक डर, पीडा र मानसिक चोट बुझ्नुहुने परमेश्वरप्रतिको मूल्यांकनले मेरो हृदय ओतप्रोत भएको छ।
जे. सी., क्यानाडा
यी लेखहरूले मेरो हृदय छोए। मेरो पतिले मलाई जस्तो व्यवहार गर्नुहुन्छ, ठीक त्यस्तै कुरा यी लेखहरूले मेरो मनमा ठप्पै बस्नेगरि बताए। तपाईंहरूले स्त्रीहरूलाई साह्रै कोमलतासहित व्यवहार गर्नुहुन्छ र यस संगठनलाई यहोवाले प्रयोग गरिरहनुभएको छ भनेर म पक्का भएकी छु।
पि. एस., जर्मनी
जिब्रोलाई नियन्त्रणमा राखेर आफ्नो कमजोरीहरू दबाउने संघर्ष गर्न मलाई यी लेखहरूले प्रोत्साहन दिएका छन्। आफ्नो पतिसँग कसरी व्यवहार गर्ने भनेर बल्ल मैले बुझें। गहभरि आँशु राखेर मैले यी लेखहरू पढें।
जी. आई., अस्ट्रिया
वर्षौंदेखि म पतिको मौखिक दुर्व्यवहारको अचानो भइरहेकी छु। तर परमेश्वरको आत्माको फल खेती गर्नुका साथै पूर्ण-समय प्रचारको काममा व्यस्त रहेर निराश भने भएकी छैन। लेख पढेर म एक्लो छैन रहेछु भन्ने महसुस गरें किनकि समस्या बुझ्नुहुने कोही हुनुहुँदो रहेछ।
एम. एन., इटाली
यसअघि पनि मैले तपाईंहरूको थुप्रै लेख पढेकी छु। तर यसले भने मेरो हृदयमा छाप पारेको छ। पृष्ठ ९ को चित्र त वर्षौंसम्म आफ्नो पतिको सतावट सहेकी मेरी आमा अथवा दिदीकै जस्तो लाग्यो। यी लेखहरूका प्रतिलिपि बनाएँ र यस्तै परिस्थितिमा गुज्रिरहेकाहरूलाई पठाएँ। परमेश्वरले ल्याउनुहुने नयाँ संसारको हामी उत्कट प्रतीक्षा गरिरहेका छौं जहाँ कुनै किसिमको पनि दुर्वचन बोलिनेछैन।
बि. पि., केन्या
आफ्नी पत्नीप्रति मौखिक दुर्व्यवहार गर्ने मेरो मामालाई मैले यो पत्रिका दिएपछि उहाँले त्यसलाई दोऱ्याई तेऱ्याई पढ्नुभयो। त्यसपछि, हामीले के देख्यौं भने, उहाँले आफ्नी पत्नीसित दुर्वचन बोल्नै छोडनुभयो र उहाँहरूको घरपरिवारमा गोलमालको कुनै स्थानै रहेन। एकअर्कालाई बुझ्ने मदत दिएकोमा मलाई मामा र माइजू दुवैले धेरैपल्ट धन्यवाद दिइरहनुभयो। म त्यो धन्यवाद ब्यूँझनुहोस्!-लाई दिन चाहन्छु।
एफ. एफ., नाइजेरिया
मार्गदर्शन “बाइबलको दृष्टिकोण: तपाईं कसको मार्गदर्शनमा भरोसा गर्न सक्नुहुन्छ?” (नोभेम्बर ८, १९९६) (अंगेजी) लेख मलाई असाध्यै मन पऱ्यो। यसले मलाई धेरै सान्त्वना र प्रोत्साहन दियो। मार्गदर्शनको निम्ति मैले आशा गरेकाहरूले नै धोखा दिंदा अन्य थुप्रै व्यक्तिहरूजस्तै म पनि विगतका दिनहरूमा हुनसम्मको निराश भएकी थिएँ। बुबाको हात समातिरहेको बच्चाको चित्रले त मेरा परेलीका सँघारमा आँशु जमाइ दियो। आफ्ना जनहरूको ‘हात समात्नेछु’ भनेर यशैया ४१:१३ मा यहोवाले भन्नुभएको छ भनेर थाहा पाउनु एकदमै हृदयस्पर्शी कुरा हो।
एम. एस., संयुक्त राज्य
म १७ वर्षकी हुँ र हालै मैले धेरै समस्याहरू भोग्नुपरिरहेको छ। मलाई एक मित्रले प्रार्थना गर्नुका साथै केही आध्यात्मिक विषय पढ्ने सल्लाह दिइन्। “तपाईं कसको मार्गदर्शनमा भरोसा गर्न सक्नुहुन्छ?” लेख पढेपछि निराश हुने होइन तर स्वर्गमा हुनुहुने पिताको हात अझ कसिलोसँग समात्ने निर्णय गरेकी छु!
सी. जी., संयुक्त राज्य
बन्दीहरू म एक कैदी हुँ। मैले अझै दुइ वर्ष सजाय काट्नु छ। “झ्यालखानामा विद्रोह हुँदा हामी बन्दी भयौं” (नोभेम्बर ८, १९९६) (अंग्रेजी) लेख मैले दुइ पल्ट पढें। हरेक पल्ट पढेर हर्षको आँशु बगाएँ र मुटुमा गाँठो पऱ्यो। सधैं नै यहोवाका साक्षीहरू यस झ्यालखानामा आए हुन्थ्यो जस्तो लाग्छ। तिनीहरू आउँदा मेरो आनन्दको सीमा रहँदैन!
जे. के., संयुक्त राज्य
मैले कुनै पनि लेखको विषयमा कहिल्यै पनि टिप्पणी गरेकी छैन। तर बन्दीहरूसम्बन्धी लेख विश्वासलाई एकदमै बलियो बनाउने किसिमको रहेछ। दुःखद घडीमा यहोवाले आफ्ना जनहरूलाई बल दिनुहुन्छ भनेर यसले मलाई फेरि आश्वासन दिएको छ।
के. डी., संयुक्त राज्य