प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ८/८ पृ. ३१
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ८/८ पृ. ३१

पाठकहरूका प्रतिक्रिया

कुटपिटको सिकार भएका महिलाहरू “कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत” शीर्षक भएको श्रृंखलाको लागि म कत्तिको कृतज्ञ छु भन्‍ने कुरा शब्दमा व्यक्‍त गर्नै सक्दिनँ। (डिसेम्बर ८, २००१) म घरेलु हिंसाको सिकार भएकी महिला हुँ र मैले आफ्नो अवस्थाबारे रिपोर्ट दर्ता गराएँ तर मलाई आफूले भोग्नुपरेको पीडा, वेदना र दुःख कसैले बुझ्दैन जस्तो लाग्थ्यो र मैले ती भावनाहरू हटाउन सकिरहेकी थिइनँ। यी लेखहरूले मेरा भावनाहरूबारे एकदमै सही वर्णन गरेको छन्‌।

एन. एल., इटाली (g02 6/22)

पत्रिकाको आवरण पृष्ठ हेर्नेबित्तिकै मेरो आँखाभरि आँसु छचल्कियो। आफूले बिर्सन चाहेको आफ्नो विगतको जीवनको एउटा भागबारे नै यसमा छलफल गरिएको छ जस्तो लागेर मैले तुरुन्तै पत्रिका बन्द गरें। फेरि पत्रिका पल्टाएर हेर्न मैले बलको लागि प्रार्थना गरें। मैले त्यसो गरेकोमा म कत्ति कृतज्ञ छु! यी लेखहरूबाट यस्तो पीडा भोगिरहेको म मात्र होइन रहेछु भनेर थाह पाएँ। “आफ्नी पत्नीलाई कुटपिट गर्नु यहोवाको नजरमा घोर पाप हो” भन्‍ने शब्दहरू पढ्‌दा मात्रै पनि मलाई घाउमा मलहम लगाएजस्तो महसुस भयो। जीवनमा साँच्चै आइपर्ने यस्ता परिस्थितिहरूबारे सान्त्वनादायी लेखहरूको लागि धन्यवाद।

डि.जि.एम, संयुक्‍त राज्य अमेरिका (g02 6/22)

मैले लेखमा उल्लेख गरिएका महिलाहरूले जस्तै परिस्थितिहरू सामना गरेकी छु। मलाई मेरो श्रीमान्‌ले कुटपिट गर्नुको कारण उहाँ हुर्कनुभएको वातावरण र मद्यपान हो जस्तो लाग्थ्यो। ती कारणले गर्दा यस्तो परिस्थिति सृजना हुन सक्ने भए तापनि कुटपिट गर्ने कार्यको लागि कुनै छुट छैन भनी थाह पाउँदा मैले ढुक्क महसुस गरें। मेरो श्रीमान्‌ले बाइबल पढून्‌ र यहोवावाई प्रेम गर्न सिकून्‌ भन्‍ने मेरो साँचो इच्छा छ।

एस. आइ., जापान (g02 6/22)

म कुटपिटको सिकार भएकी पत्नी भएकीले यस श्रृंखला मेरो लागि विशेष अर्थपूर्ण थियो। रोक्साना र मेरो अवस्था एउटै जस्तो लाग्यो। यसले मलाई कुटपिटको सिकार भएका अन्य पत्नीहरूले कस्तो महसुस गर्छन्‌ भनी बुझ्न धेरै मदत पुग्यो। यी लेखहरूबाट मेरो श्रीमान्‌को मनोवृत्तिको निम्ति म जिम्मेवार छैन भनेर पनि थाह पाएँ। मेरो श्रीमान्‌ले मलाई बेकार र अयोग्य ठान्‍नु भए तापनि म परमेश्‍वरको नजरमा महत्त्वपूर्ण छु भनी बुझ्दा हल्का महसुस भयो। त्यस्तो लाभदायक विषयमा लेख प्रकाशित गर्नुभएकोमा धन्यवाद छ। यो धनभन्दा धेरै उत्तम छ!

बि. एल., फिलिपिन्स (g02 6/22)

मैले व्यक्‍त गर्न नसकेको पीडा र निराशाका भावनाहरू यस लेखमा प्रस्ट पारिएको थियो। यी समस्याहरूको कारण भोग्नुपर्ने मानसिक र भावनात्मक वेदना यहोवाले बुझ्नुहुन्छ भनी थाह पाउन मदत गऱ्‍यो। कृपया यस्ता लेखहरू प्रकाशित गर्न नछोड्‌नुहोस्‌ किनभने यस्ता समस्याहरूबारे अरूलाई थाह दिनुपर्छ र तिनीहरूले बुझ्नुपर्छ। मलाई पक्का विश्‍वास छ कि मैलेजस्तै अरू थुप्रैले यस लेखबाट सान्त्वना पाउनेछन्‌।

के. ई., अस्ट्रेलिया (g02 6/22)

मेरो बुबा झनक्कै रिसाउने स्वभावको हुनुहुन्थ्यो र म पनि अक्सर मेरो श्रीमान्‌सँग रिसाउने गर्छु। कहिलेकाहीं, होइन, होइन, थुप्रै चोटि मैले उहाँमाथि हात पनि उठाएँ। मेरो श्रीमान्‌ मभन्दा बलियो हुनुभएकोले उहाँलाई दुख्दैन होला जस्तो लाग्थ्यो। आफ्नो पति या पत्नीलाई कुटपिट गर्नु यहोवाको नजरमा घोर पाप हो भन्‍ने लेख पढ्‌दा म जिल्ल परें। मेरो श्रीमान्‌ यहोवाको विनम्र सेवक हुनुहुन्छ। म आफ्नो पूरा हृदयले उहाँसँग माफी माग्न चाहन्छु। यहोवाले दिनुहुने यस अनुशासनको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।

टि. आई., जापान (g02 6/22)

यस लेख पढ्‌दा मैले आँसु थाम्नै सकिनँ। मलाई आफ्नै अनुभव पढिरहेको जस्तो लाग्यो। तर हालै मेरो श्रीमान्‌ले बाइबलबारे प्रश्‍नहरू सोध्न थाल्नुभएको छ। उहाँ राज्यभवनका केही सभाहरूमा उपस्थित हुनुभएको छ र अहिले बाइबल अध्ययन गर्दै हुनुहुन्छ। “कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!” भन्‍ने पृष्ठ ११ मा उल्लिखित लोडर्सको भावना बुझ्न सक्छु।

ई. आर., संयुक्‍त राज्य अमेरिका (g02 6/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने