प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

बच्चाहरू “बाल्यकाल—आमाबाबुले गर्नुपर्ने के हो?” भन्‍ने विषयका लेखहरू मैले हालै पढेकी थिएँ। (नोभेम्बर ८, २००४) यी लेखहरूद्वारा अत्यन्तै प्रभावित भएकी हुँदा यो पत्र लेखेकी हुँ। मेरी सानी छोरी पाँच वर्ष पुग्नै लागेकी छे। उसले बिताउने एक-एक पलको लागि मैले सम्पूर्ण चाँजोपाँजो मिलाइदिनुपर्छ जस्तो मलाई लाग्थ्यो। तर आफूखुसी खेलिने खेलले बच्चाको सृजनशीलतालाई जगाउँछ अनि उसको सामाजिक, मानसिक र भावनात्मक क्षमताको विकास गर्छ भनी ती लेखहरूमा कोही-कोही शिक्षाविद्‌हरूको दृष्टिकोण बताइएको थियो। तपाईंहरूलाई धेरै-धेरै धन्यवाद छ! यस्तै किसिमका लेखहरू कृपया छापिरहनुहोस्‌!

आई. के., रूस

यी लेखहरू पढेपछि मैले आँसु थाम्नै सकिनँ। मैले २९ वर्षअघिको घटना सम्झें जब मेरो बच्चा जन्मिएको थियो। त्यतिबेला म पनि भर्खरकी थिएँ र यहोवालाई चिनेकी पनि थिइनँ। मैले थुप्रै गल्तीहरू गरें। तर पछुतोका ती आँसुहरू, हर्षका आँसुमा परिणत भए। एक हप्ताअघि मेरी छोरीको पनि पहिलो बच्चा जन्मियो। मेरो नातिले, यहोवालाई प्रेम गर्ने आमाबाबु पाएकोमा यहोवाप्रति म असाध्यै कृतज्ञ छु र मेरी छोरी-ज्वाइँले पनि ती लेखहरूबाट अवश्‍य लाभ उठाउनेछन्‌।

इ. एच., संयुक्‍त राज्य अमेरिका (g05 8/8)

युवा जनहरू सोध्छन्‌  “युवा जनहरू सोध्छन्‌ . . . आफ्नो मनको कुरा उसलाई कसरी भनूँ?” भन्‍ने लेखको लागि तपाईंहरूलाई धेरै धन्यवाद छ। (नोभेम्बर ८, २००४) हालै मेरी प्रेमिकाले हामीबीचको प्रेमसम्बन्ध तोडिन्‌। म उनलाई अझै माया गर्छु, त्यसैले कुनै दिन हाम्रो पुनर्मिलन होला भन्‍ने आशा मार्न सकेको थिइनँ। तर यो लेख पढेपछि भने यो त सपना मात्र हो भनेर मैले बुझें अनि बल्ल, वास्तविकता स्वीकार्न आफू तयार भएजस्तो लाग्यो। यस्तो व्यावहारिक विषय छलफल गर्नुभएकोमा धन्यवाद छ। बाइबल सिद्धान्तहरूले कसरी हामीलाई मदत गर्न सक्छ भनेर यस पटक पनि बुझ्न सकें।

वाइ. के., जापान

विवाह गर्ने विचार गरेर अहिले नै कसैसित चिनजान बढाउने सोचाइ नभए तापनि चनाखो रहन यो लेखले मलाई मदत गर्नेछ। हामी जवान व्यक्‍तिहरू सजिलै शैतानको तारो बन्‍न सक्छौं भन्‍ने कुरा सही हो तर अर्कोतिर, यहोवाले हामीलाई मदत गर्नुहुन्छ भन्‍ने कुरा पनि सही हो। कृपया यस्ता लेखहरू छापिरहनुहोस्‌!

सि. डि., रोमानिया

यो लेखले मलाई व्यावहारिक दृष्टिकोण राख्न मदत गऱ्‍यो। आफ्ना भावनाहरू व्यक्‍त गरिहाल्नुअघि केही समय पर्खनको लागि कटिबद्ध हुन मदत गऱ्‍यो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, मण्डलीमा राम्रो नाउँ कमाउन अनि यहोवासितको सम्बन्ध अझ राम्रो बनाउन यसले मलाई प्रोत्साहन दियो। यसो गर्दा अरूहरूको अगाडि म अझ आकर्षक व्यक्‍ति बन्‍न सक्छु। जवान मानिसहरूप्रति यस्तो मायालु चासो देखाउनुभएकोमा तपाईंहरूलाई धन्यवाद छ!

डि. के., हल्याण्ड

एक दिन साथीसितको कुरै कुरामा उनले मलाई आफूले मन पराएको व्यक्‍तिबारे बताइन्‌। अब कसरी कुरा अघि बढाउने भनेर उनी मेरो सल्लाह चाहन्थिन्‌। हामीले बाइबलका सिद्धान्तहरू सम्झने कोसिस गऱ्‍यौं। यसरी कुरा गरेको भोलिपल्ट नै यो पत्रिका पाउँदा हामी कति छक्क पऱ्‍यौं होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ! यस्ता लेखहरू छाप्नुभएकोमा तपाईंहरूलाई धेरै धन्यवाद छ!

जे. एस., आयरल्याण्ड

म १४ वर्षकी केटी हुँ। हाम्रो कक्षामा अक्सर प्रेमप्रसङ्‌गहरूबारे कुराकानी चलिरहन्छ। भविष्यमा विवाह जोडी कसरी खोज्नुपर्छ भनेर मैले यो लेख पढेपछि धेरै कुरा थाह पाएँ। यहोवाले साँच्चै हाम्रो चासो राख्नुहुन्छ र हामीलाई राम्रो सल्लाह दिनुहुन्छ भनेर पनि बुझें। केटाहरूसित व्यवहार गर्दा परमेश्‍वरले स्वीकार्नुहुने बुद्धिमानी ढङ्‌गमा चल्न चाहन्छु। यस्ता राम्रा-राम्रा लेखहरू भविष्यमा पनि कृपया छापिरहनुहोस्‌।

के. आई., जापान (g05 8/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने