पाठकहरूका प्रतिक्रिया
दूधेबालकको मृत्यु “विश्वदर्शनमा” “धूम्रपानले गर्दा दूधेबालकहरूको मृत्यु” विषयबारे दिनुभएको जानकारीका लागि तपाईंहरूलाई धेरै धन्यवाद। (जनवरी २२, १९९७) (अंग्रेजी) सबै आमाहरूले यो विषयलाई गम्भीरतासाथ लिनेछन् भन्ने आशा मैले राखेकी छु। गर्भवती छँदा म निरन्तर धूम्रपान गर्थें त्यसैले छोरो सिड्सले (बच्चाको आकस्मिक मृत्यु) गर्दा झन्डै मरेको थियो। वर्षदिनपछिसम्म पनि हरेक चोटि निदाउँदा मेरो छोराले मुटु धड्कन बन्द हुनेबित्तिकै आवाज दिने यन्त्र लगाएर सुत्नुपर्थ्यो। मैले त्यतिखेरै यहोवालाई चिनेको भए मात्र पनि कति बेस हुन्थ्यो। धूम्रपान त्याग्थें होला र सायद मेरो छोरो र म यो भयानक अवस्थामा पर्नेथिएनौं होला।
ए. सि. ए., संयुक्त राज्य अमेरिका
बाथ रोगी “दुर्बल हुँदा, म शक्तिमान् हुन्छु” शीर्षकअन्तर्गत लाउरेट्टा मास्सको अनुभवका लागि म आभार व्यक्त गर्न चाहन्छु। (जनवरी २२, १९९७) (अंग्रेजी) म २७ वर्षको छु र म पनि बाथको रोगी हुँ। थेरापीले दुखाइ कम पार्ने भए तापनि यो रोगले गर्दा पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्न नपाएकोले कहिलेकाहीं अलि दिक्क लाग्छ र हतोत्साही हुन्छु। बिमारीको बावजूद लाउरेट्टा मास्सको यहोवालाई सेवा गर्ने दृढता प्रोत्साहनजनक छ। निराशाको बादलले मलाई घुप्लुक्क छोपेको म चाहँन्न। म अझ धेरै प्रचार गर्न चाहन्छु।
ए. बि., इटाली
मेरी आमालाई बाथ रोगले च्यापेको ३० वर्षभन्दा धेरै भइसक्यो। दुःखको कुरा, दुखाइ कहिल्यै कम हुँदैन। उहाँ मण्डलीका लगभग सबै सभाहरूमा उपस्थित हुनुहुन्छ, त्यसैले मलाई गर्व लाग्छ। उहाँ ह्विलचेरमा बसेर ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भाग लिनुहुन्छ र प्रचार कार्यमा अझै लागिरहन सक्नुभएको छ। यस्तो पीडा खप्नुपर्ने भए तापनि उहाँ कहिल्यै गनगनाउनुहुन्न।
एस. एम., जर्मनी
नूहको जलप्रलय “बाइबलको दृष्टिकोण: नूहको जलप्रलय—तथ्य कि कथा?” (मार्च ८, १९९७) लेखले मलाई यो ऐतिहासिक घटनालाई गम्भीरतासाथ विचार गर्न साँच्चै मदत गऱ्यो। अरू मानिसहरूलाई जस्तै मलाई पनि सानै उमेरमा जलप्रलयबारे बताइएको थियो। तर थुप्रै मानिसहरूले जलप्रलयलाई सुत्नेबेला सुनाइने कथाको रूपमा लिंदा रहेछन् भनेर त मैले कहिल्यै सोचेकी थिइनँ। येशूले आखिरी दिनलाई नूहको दिनसित तुलना गर्नु नै यो जलप्रलय वास्तवमा तथ्य घटना थियो भन्ने प्रमाण हो।
एस. एम., संयुक्त राज्य अमेरिका
सिक्ने असमर्थता मेरो दस वर्षको छोरा ए डि एच डि ले ग्रस्त छ। निकै साथीहरूले मेरो छोरालाई यो बिमारी किन भएको, बुझ्न र मलाई मदत गर्न कोसिस गरेका भए तापनि छोरा र म कस्तो महसुस गर्छौं, त्यो भने “सिक्ने असमर्थता भएका केटाकेटीहरूका लागि मदत” शीर्षकको (मार्च ८, १९९७) श्रृंखलाबद्ध लेख प्रकाशित भएपछि मात्र तिनीहरूले राम्ररी बुझ्नसकेको बताए। धेरैजसो साथीहरूले मलाई मदत गर्न अब तिनीहरू झन् इच्छुक भएको पनि बताए। मण्डलीकी एउटी बहिनीले त समय निकालेर मेरो छोरासित त्यो लेख दोहऱ्याएर पढिन् र उसलाई प्रोत्साहन पनि दिइन्। पछि छोरा आफैले मलाई यो लेख फेरि पढिदिने आग्रह गऱ्यो।
एल. ए. डि., संयुक्त राज्य अमेरिका