प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ६/८ पृ. ३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाल पखालाको उपचार
  • काम, तनाउ तथा हृदयघात
  • स्तनपानले रोगबिमार कम गर्छ
  • संसारको सबैभन्दा प्रभावकारी यातायात
  • सिजेरियन वा सामान्य प्रसव?
  • अंगप्रत्यंग छेड्‌नेबारे के भन्‍न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०००
  • एड्‌स—यसविरुद्ध कसरी लड्‌ने
    ब्यूँझनुहोस्‌!—१९९८
  • त्यो भेटघाट जसबाट प्रशस्त इनाम पाइयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • विश्‍व दर्शन
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ६/८ पृ. ३०

विश्‍वदर्शन

बाल पखालाको उपचार

“भेनेजुएलाका अनुसन्धानकर्ताहरूले बाल पखाला झन्डै झन्डै निर्मूल हुने खोप पत्ता लगाएका छन्‌” भनी काराकासको द डेली जर्नल बताउँछ। “विकासोन्मुख राष्ट्रहरूमा वर्षेनी पाँच वर्ष मुनिका ८,७३,००० बालबालिकाहरूको ज्यान लिने रोटाभाइरस पखालाबाट जोगाउन . . . यो खोप तयार पारिएको हो।” संयुक्‍त राज्यमा पनि यस्तो पखालाले वर्षेनी १,००,००० भन्दा बढी बालबच्चाहरूलाई अस्पताल लैजानुपर्ने हुन्छ। द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा प्रकाशित यस अध्ययनअनुसार यो खोपले उक्‍त भाइरस विरुद्ध ८८ प्रतिशत सुरक्षा प्रदान गऱ्‍यो अनि गम्भीर पखालाबाट अस्पताल भर्ना हुनुपर्ने बिरामीहरूको दर ७० प्रतिशत कम भयो। तथापि, यसको एउटा नकारात्मक पक्ष छ। “यसको अत्यधिक आवश्‍यकता हुने विकासोन्मुख राष्ट्रहरू अर्थात्‌ स्वास्थ्य सेवामा वर्षेनी प्रति व्यक्‍ति २० अमेरिकी डलर पनि खर्च नगरिने मुलुकहरूमा यो उपचार अत्यन्तै महँगो हुनसक्छ” भनी द डेली जर्नल बताउँछ। यो खोप सस्तो नहोउञ्जेल पखालाबाट विजलन हुन नदिन झोल पदार्थ नै खुवाउनुपर्छ र यो तरिका प्रभावकारी साबित भएको २० औं वर्ष भइसक्यो।

काम, तनाउ तथा हृदयघात

फ्रांकफर्टर रुन्टशाउ-को रिपोर्टअनुसार हृदय तथा रक्‍तसञ्चारसम्बन्धी समस्याहरूको दोस्रो प्रमुख कारण जागिरमा मानसिक तनाउ हो जबकि प्रथम कारण धूम्रपान हो। पेशागत सुरक्षा तथा स्वास्थ्यका लागि संघीय संस्थानले जर्मनीको बर्लिनमा गरेको सर्वेक्षणको निचोड यसप्रकार छ: “त्यति धेरै निर्णय गर्न नपाउने तथा एकोहोरो काम गर्नुपर्ने कर्मचारीहरूलाई सबैभन्दा बढी खतरा हुन्छ। आफ्नो फुर्सतको समयमा पनि घर बनाउन वा बिरामी नातेदारको हेरचाहमा व्यस्त हुनुपरेको दबाब महसुस गर्नेहरूमा हृदयघात हुनसक्ने खतरा झन्डै नौ गुणा बढ्‌छ।” एक विशेषज्ञअनुसार कर्मचारीहरूलाई निर्णय गर्ने बढी स्वतन्त्रता दिनुपर्छ। “विभागका सम्पूर्ण कार्यकर्ताहरूबीच महिनाको एउटा छलफलले पनि अवस्थामा सुधार आउनसक्छ।”

स्तनपानले रोगबिमार कम गर्छ

“दुईदेखि ७ महिनाका १,७०० शिशुहरूमा गरिएको एउटा अध्ययनअनुसार स्तनपान गर्ने शिशुहरूलाई कान दुख्ने वा पखाला लाग्ने सम्भावना कम हुन्छ” भनी पेरेन्ट्‌स पत्रिका बताउँछ। “रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार स्तनपान मात्रै गर्ने शिशुको तुलनामा बट्टाको दूध मात्रै खाने शिशुलाई उक्‍त स्वास्थ्यसमस्याहरू हुनसक्ने सम्भावना दुई गुणा बढी छ।” स्तनपान गर्दा आमाका प्रतिजीवीहरू बच्चालाई सर्ने हुँदा आमाको दूधले बच्चालाई संक्रमणबाट जोगाउँछ भनेर चिकित्सकहरूले धेरैअघि बुझिसकेका कुरा हो तर हालको अध्ययनले स्तनपानका अत्यधिक लाभहरू प्रस्ट पाऱ्‍यो। उक्‍त अध्ययनका प्रमुख लरेन्स ग्रमर-स्ट्रान यसो भन्छन्‌: “जन्मेको छ महिनाभित्र शिशुले जति धेरै आमाको दूध खान पाउँछ, उत्ति नै बेस।”

संसारको सबैभन्दा प्रभावकारी यातायात

शहरी इलाकामा आठ किलोमिटरभन्दा कम दूरी मात्र यात्रा गर्नुछ भने गाडीभन्दा साइकल छिटो हुने कुरा श्रीलंका, कोलम्बोको दी आइलण्ड रिपोर्ट गर्छ। फ्रेन्ड्‌स अफ दी अर्थ नामक अन्तरराष्ट्रिय वातावरण समूहले साइकललाई “पृथ्वीमा सबैभन्दा प्रभावकारी यातायात” भन्छन्‌। उक्‍त रिपोर्टअनुसार भोजनबाट प्राप्त हुने एक ग्यालन पेट्रोल बराबरको उर्जाबाट २,४०० किलोमिटर दूरी बिना प्रदूषण पार गर्नसकिन्छ र साथै साइकलको प्रयोगले स्वास्थ्यमा पनि लाभ पुऱ्‍याउँछ।

सिजेरियन वा सामान्य प्रसव?

ब्राजिलका चिकित्सक तथा आमाहरू सामान्य प्रसवभन्दा सिजेरियन गर्न रुचाउँछन्‌। यसो गर्दा चिकित्सकले “बढी बच्चाहरूको जन्ममा सहयोग गर्नसक्छन्‌, अफिसमा बढी पैसा कमाउनसक्छन्‌ अनि सप्ताह्न्तको पनि सदुपयोग गर्न पाउँछन्‌” भनी भेजा पत्रिका बताउँछ। अर्कोतिर आमाहरू “पीडा नहोस्‌ भनेर सामान्य प्रसव रुचाउँदैनन्‌ (तर सिजेरियन गरेपछि निको नहोञ्जेल निकै पीडादायी हुन्छ) र सौन्दर्य कायम गर्न उपयुक्‍त भन्ठान्छन्‌ (तर होइन)।” सार्वजनिक अस्पतालहरूमा एक तिहाई जन्म सिजेरियनद्वारा हुन्छ भने केही प्राइभेट अस्पतालहरूमा त ८० प्रतिशतजति। “बच्चाको जन्म एउटा व्यापारिक उत्पादनजस्तै भएको छ” भनी काम्पीनास विश्‍वविद्यालयको प्रसूति विभागका प्रमुख डा. झ्वान लुइश कार्भाल्यु पिन्टु सिल्भा बताउँछन्‌। “सिजेरियन भनेको सामान्य प्रसव नभई शल्यक्रिया हो भनी मानिसहरू प्रायजसो बिर्सन्छन्‌। बढी रगत बग्छ, लामो समयसम्म बेहोश पार्नुपर्छ अनि संक्रमण हुने सम्भावना बढी हुन्छ।” उक्‍त चिकित्सकअनुसार “तीनवटा अवस्थामा मात्र सिजेरियन गर्नु उचित हुन्छ भनी भेजा बताउँछ: आमा वा बच्चाको ज्यान खतरामा पर्दा, प्रसव वेदना सुरु हुने छाँटकाँटै नदेखिंदा वा अकस्मात्‌ स्वास्थ्यसम्बन्धी जटिलताहरू देखा पर्दा।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने