पाठकहरूका प्रतिक्रिया
कुरा गर्ने ढोलकहरू “के अफ्रिकी ढोलकहरू साँच्चै कुरा गर्छन्?” (अगस्त ८, १९९७) भन्ने अचम्मको लेख पढेपछि मैले सय वर्ष नाघिसक्नुभएको मेरा हजुरबुबालाई यो कथा सत्य हो या होइन भनेर सोधें। लेखमा प्रस्तुत सम्पूर्ण जानकारी सही हो भन्नुभयो र यो सुनेर म असाध्यै प्रभावित भएँ!
जि. एम. ओ., नाइजेरिया
इन्टरनेट म कम्प्युटर इन्जिनियरिङ पढ्दैछु र “इन्टरनेट—के तपाईंको लागि उपयुक्त छ?” (अगस्त ८, १९९७) भन्ने श्रृंखलाको लागि तपाईंहरूलाई बधाई दिन चाहन्छु। ती लेखहरू संक्षिप्त, जानकारीमूलक तथा वैज्ञानिक तवरमा सही थिए। तपाईंहरूले इन्टरनेटबारे निरर्थक पूर्वाग्रह तथा डर प्रस्तुत गर्नुभएन। अर्कोतिर, यसका खतराहरू पनि लुकाउनुभएन।
एल. इ., इटाली
म कम्प्युटर विषय पढाउँछु अनि नविनतम जानकारी हासिल गर्न कम्प्युटरसित सम्बन्धित पत्रिकाहरू प्रायजसो किन्ने गर्छु। तीमध्ये एउटैले पनि यत्तिको सुस्पष्ट ढंगमा इन्टरनेटका फाइदा तथा बेफाइदाहरूबारे बताउने साहस गरेको छैन।
ए. ए. एस., ब्राजिल
हालै इन्टरनेटबारे निकै कुराहरू सुनेको थिएँ तर राम्ररी बुझेकी थिइनँ। तपाईंका श्रृंखलाबद्ध लेखहरू एकदमै सरल ढंगमा प्रस्तुत गरिएका थिए र सजिलैसित बुझ्नसकें।
ए. एच., भारत
तपाईंहरूले वर्ल्ड वाइड वेबबारे अलि अलि मात्र थाह भएको वा पटक्कै ज्ञान नभएको पाठकले समेत बुझ्नसक्ने ढंगमा लेख्नुभयो। यो सुविधा उपभोग गर्न लाग्ने खर्चबारे पनि सोच्न अनि हिसाबकिताब गर्न मदत दिनुभयो।
इ. के., इथियोपिया
दोष लाग्ने म १५ वर्षको केटो हुँ र “युवा जनहरू सोध्छन् . . . जहिले पनि किन मलाई मात्र दोष?” (अगस्त ८, १९९७) लेख पढेपछि मैले आँसु थाम्नै सकिनँ। म परिवारमा सबैभन्दा कान्छो हुँ र जहिले पनि मलाई नै दोष लाउँछन्। यसबारे लेख्नुभएकोमा धन्यवाद।
एन. एच., संयुक्त राज्य
फल्नेफुल्ने छोराछोरी “तपाईंका छोराछोरीलाई फल्नफुल्न मदत गर्नुहोस्” (सेप्टेम्बर ८, १९९७) भन्ने उत्तम श्रृंखलाको लागि म धन्यवाद दिन चाहन्छु। मलाई यो निकै उपयोगी तथा प्रोत्साहनदायी लाग्यो। मेरो छोरा तीन वर्षको भयो र यो लेखले उसको दृष्टिकोण बुझ्न तथा उसलाई अझ राम्रो ढंगमा अनुशासन दिन मदत गऱ्यो। यी लेखहरूका लागि यहोवालाई भित्री हृदयदेखि धन्यवाद दिन चाहन्छु।
पि. एस., इटाली
“कठोर बोली, पिल्सिएका भावनाहरू” लेखले मेरो मुटु छोयो। जीवनभरि नै म आफूप्रति अत्यन्तै कठोर भएकी थिएँ। आफूप्रति अत्यन्तै कठोर भएकोले पीडा भोगेकाहरूलाई तपाईंहरूले मायालु ढंगमा मदत गर्नुहुन्छ भनी थाह पाउँदा खुसी लागेको छ। यहोवाले तपाईंहरूलाई सदा आशिष् दिइरहून् र यस्ता लाभकारी तथा सान्त्वनादायी लेखहरू तयार पार्न मदत प्रदान गरिरहून्।
एल. डि., क्यानाडा
हामी थुप्रैले भोगेको आन्तरिक पीडाको मूल कारण बुझ्न ती लेखहरूले अरूलाई मदत गर्नेछन् भन्ने मेरो आशा छ। यस विषयमा लेख्नुभएको लागि धन्यवाद।
एल. बी., संयुक्त राज्य
यस्ता लेखहरू पढ्दा शिशु विद्यालयको शिक्षिकाको हैसियतमा आफ्नो काम अझ राम्ररी गर्न मदत पाउँछु। नविनतम जानकारी दिनुका साथै प्रगति गर्न मदत दिनुभएको लागि मुरीमुरी धन्यवाद।
जि. आर., मेक्सिको
यी लेखहरूले मलाई आशाको किरण प्रदान गरे। म अत्यन्तै गञ्जागोल परिवारमा हुर्केको कारण यहोवाको सेवा गर्नुका साथै सानी छोरीको हेरचाह गर्न आफूलाई अयोग्य महसुस गर्छु। यो लेखमा दिइएका सुझाउहरू लागू गर्न यथाशक्य प्रयास गर्नेछु। यस्तो चासो देखाउनुभएकोमा धन्यवाद।
ए. ए., संयुक्त राज्य