प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ४/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • अरूले जिस्क्याउँछन्‌ मात्र, के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ४/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

मिच तुफान “ज्यानमारा आँधीबेहरीबाट उद्धार!” (जुलाई ८, १९९९) शीर्षक भएको उत्साहवर्धक लेखको निम्ति धन्यवाद। हाम्रा भाइहरू प्रभावित भएका यस्ता विपत्तिहरूबारे म अक्सर इमेलद्वारा खबरहरू पाउने गर्छु तर ती जानकारी कत्तिको भरपर्दो हुन्‌ भनी मलाई पक्का हुँदैन। यस लेखमा प्रस्तुत गरिएको जानकारी अत्यन्तै प्रोत्साहनजनक र उत्थानदायी थियो। यस लेखले हामी बाँचिरहेको कठिन समयको सम्झना गराउँछ।

सि. पि., संयुक्‍त राज्य

यस विपत्तिमा थुप्रैले आफ्नो भएभरको सम्पत्ति गुमाए तर हाम्रो विश्‍वव्यापी भ्रातृत्व अत्यन्तै खतरनाक परिस्थितिमा पनि काममा जुटेको पढ्‌न पाउनु रोमाञ्चकारी थियो। आफ्नो क्षतिग्रस्त घरअगाडि उभिरहेको भाइको तस्बिरले मलाई सोच्न बाध्य गरायो। मसँग गनगन गर्ने के कारण छ र?

आर. सि. एन., ब्राजिल

अस्वास्थ्यकर जीवनशैली गत केही महिनादेखि मेरो स्वास्थ्यस्थिति बिग्रेको छ। त्यसैले आफ्नो जीवनशैली परिवर्तन गरेर हाम्रो स्वास्थ्यस्थितिलाई सुधार्न सकिन्छ भनेर थाह पाउनु हृदयग्राही थियो। “के तपाईंको जीवनशैलीले तपाईंलाई भित्रभित्रै खाइरहेको छ?” (अगस्त ८, १९९९) भन्‍ने श्रृंखला पढेपछि मैले केही खानाहरू कम खानुका साथै धेरै फलफूल र तरकारीलगायत सन्तुलित आहार खानुपर्ने आवश्‍यकता देखें।

इ. पि. एम., ब्राजिल

ढिलो  प्रतिक्रिया “वर्षौंपछि फल फलाएको बीउ” (अगस्त ८, १९९९) शीर्षक भएको लेखबाट म प्रोत्साहित भएँ। मैले पूर्ण-समय प्रचारकको हैसियतमा सेवा गरेको यो तेस्रो वर्ष हो र आफूले आशा गरेको नतिजा नपाउँदा म निराश हुन्छु र सेवा गर्ने जोस नै हराउँछ। यो लेख पढेपछि आफूले सक्दो तनमनले गरेर अरू सबैचाहिं यहोवाकै हातमा छोडिदिन मिलेको छ।

टि. एन., जापान

गिल्लाको पात्र जुलाई ८, १९९९ अंकको “युवा जनहरू सोध्छन्‌ . . . अरूले जिस्क्याउँछन्‌ मात्र, के गर्ने होला?” लेख मलाई रमाइलो लाग्यो। सानो कक्षादेखि मलाई स्कूलका साथीहरूले मेरो विश्‍वासबारे सोधिरहन्थे। कहिलेकाहीं तिनीहरूले सोध्ने ढंगबाट नै मलाई चित्त दुख्छ। कति चोटि त रिसले झनक्कै हुन्छु। तर ती सबै त विश्‍वासको जाँच रहेछन्‌ भनेर अहिले बुझेकी छु। त्यसबाहेक मैले स्कूलमा अरू कतिलाई सफलतापूर्वक साक्षी दिएकी छु।

एल. सि., संयुक्‍त राज्य

केही धार्मिक पर्वहरू वा कुनै राष्ट्रभक्‍तिका समारोहहरूमा भाग लिन इन्कार गरेकोले म पनि गिल्लाको पात्र भएको छु। इमानदार र बाइबलको नैतिक स्तर पछ्याएको कारण पनि मलाई जिस्काइएको छ। सही ज्ञान लिएको कारण आफ्नो प्रतिरक्षा गर्न मैले मदत पाएकी छु। यसले मलाई आफ्नो विश्‍वास लाज नमानी बताउन मदत गरेको छ।

एच. सि., जाम्बिया

मैले किशोरावस्था पार गरेको धेरै वर्ष भइसक्यो अर्थात्‌ म अहिले ५० वर्षको भए तापनि यस लेखको मूल्यांकन गर्छु। कहिलेकाहीं हामीले सेवकाईमा विरोधको सामना गर्दा हाम्रो ध्यान भंग हुन्छ र बदलाको भावना आउनसक्छ। त्यसैकारण “प्रतिउत्तर जति नै रसिक देखिए तापनि बलिरहेको आगोमा घिउ थप्नुजस्तो मात्र हुन्छ र झनै गिल्ला गर्नसक्छन्‌” भन्‍ने सम्झौटा धेरै राम्रो लाग्यो। बदलाको भावबिनै म प्रतिरक्षा गर्ने कोसिस गर्छु र यस सम्झौटा पढेपछि यस्तो गर्नु नै सही हो भनेर विश्‍वस्त भएँ।

ए. एफ., संयुक्‍त राज्य

लामो जीवन “लामो र उत्तम जीवन बिताउन के गर्न सकिन्छ” भन्‍ने उत्कृष्ट श्रृंखलाको लागि म धन्यवाद नदिई बस्न सक्दिनँ। (सेप्टेम्बर ८, १९९९) मैले बल्ल औसत आयु र मानिसको आयुबीच भिन्‍नता बुझें। साथै बुढ्यौलीका समस्याहरूसित कसरी सामना गर्ने भन्‍ने राम्रो सल्लाह म चलाखीपूर्ण ढंगमा मेरो ८८ वर्षीय हजुरबुबालाई बताउन सक्छु। उहाँ समय समयमा आफूले भोग्नुपरेको दुःखदायी अवस्थबारे मनमा कुरा खेलाइरहनुहुन्छ।

टि. एन., संयुक्‍त राज्य

सुन्‍ने कुकुर “मेरो कुकुरले मेरोलागि सुनिदिन्छ!” (अगस्त ८, १९९९) लेखको लागि म धन्यवाद दिन चाहन्छु। सुन्‍न कठिनाइ भएका मानिसहरूले सामना गर्ने गम्भीर समस्याहरूबारे थाह पाएपछि तिनीहरूलाई बुझ्न अलि सजिलो भएको छ। साथै मलाई कुकुरहरू मन पर्छ र तिनीहरूले थुप्रै मानिसलाई मदत दिनसक्ने कुरा थाह पाउँदा खुसी लाग्यो।

एल. बि., इटाली

मेरो कुकुर पनि मेरो सहायक भएको छ। मैले प्रायजसो समय ह्वीलचेरमै बिताउनुपर्छ किनभने मेरो मेरुदण्डको समस्याका साथै फाइब्रोमाइलजिया छ। मेरो कुकुरले मेरोनिम्ति गरिदिने कामहरूको बयान गरेर साध्य नै छैन। बजार जाँदा वा घर सफा गर्दा उसले मलाई सघाउँछे। मेरो साहित्यहरू बोकिदिएर ऊ मलाई मसीही सेवकाईमा समेत मदत गर्छे।

के. डब्ल्यु., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने