बोटबिरुवाका विभिन्न जात हराउँदैछन्—किन?
चीनमा १९४९ तिर झन्डै १०,००० किसिमका गहुँ बाली लगाइन्थ्यो। तथापि, १९७० सम्ममा जम्मा १,००० प्रकार मात्र चल्तीमा थिए। भनिन्छ, संयुक्त राज्यमा १८०४ र १९०४ को बीचमा ७,०९८ प्रकारका स्याउहरूको बाली लगाइन्थ्यो तर अहिले झन्डै ८६ प्रतिशत हराइसकेको छ। यसबाहेक, भोजन तथा कृषिको निम्ति विश्वको बोटबिरुवा जनन प्रक्रिया स्रोतको अवस्थाको प्रतिवेदन-अनुसार (अंग्रेजी) “बन्दाको ९५ प्रतिशत जात, मकैको ९१ प्रतिशत जात, कोसाको ९४ प्रतिशत जात र गोलभेडाको ८१ प्रतिशत जात सबै हराइसक्यो।” विश्वका अन्य देशहरूमा त्यस्तै तथ्यांक पाइन्छ। किन अचानक यस्तो कमी आएको? कसै कसैले आधुनिक व्यवसायिक कृषिमा वृद्धि र सानो पारिवारिक करेसा बारी राख्ने चलनमा कमीले गर्दा भन्छन्। व्यवसायिक कृषिले गर्दा परम्परागत, विभिन्न किसिमको बालीनालीलाई हानि पुऱ्याएको हो।
बोटबिरुवाको किसिममा कमी आउँदा बालीहरू झनै कमजोर हुँदै जान्छन्। उदाहरणका लागि, १८४५-४९ मा आयरल्याण्डको आलुको महा अनिकाललाई लिनुहोस् जसको कारण ७,५०,००० मानिसहरू भोकभोकै मरे। त्यतिबेला बोटमा लाग्ने एक प्रकारको रोगले गर्दा आलुका बोटहरू सबै सखाप भएको थियो। यस विपत्तिको जैविक कारण के थियो? “जनन प्रक्रियामा एकरूपता भएको कारण” भनी संयुक्त राष्ट्रको प्रतिवेदन बताउँछ।
सन् १९७० र १९८० को दशकको दौडान बोटहरूको जनन प्रक्रिया स्रोतहरू जोगाएर राख्न विश्वभरि १,००० जीन बैंकहरू स्थापना गरिएको थियो। तर अहिले थुप्रै जीन बैंकहरू बिंग्रदो अवस्थामा छन् र अरू कतिपय त बन्द पनि भइसके। प्रतिवेदनअनुसार लगभग ३० देशहरूमा मात्रै लामो समयसम्म बीउहरू जोगाएर राख्ने सुविधाहरू छन्।
ख्रीष्टको शासनअन्तरगत यहोवाले “मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ” भनी बाइबलले प्रतिज्ञा गर्छ। (यशैया २५:६) “सबै प्राणीहरूलाई आहार दिनुहु[ने]” र विभिन्न जनन प्रक्रियाको सृष्टिकर्ता यहोवा परमेश्वरले मानिसको भोजनको आवश्यकता पूरा गर्नुहुन्छ र यसको लागि हामी कत्ति कृतज्ञ हुनसक्छौं!—भजन १३६:२५; उत्पत्ति १:२९.