प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ११/८ p. १८
  • सर्पहरूबारे मानिसहरूको भ्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सर्पहरूबारे मानिसहरूको भ्रम
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • सर्पको छाला
    ब्यूँझनुहोस्‌!—२०१४
  • तामाको सर्प
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ११/८ p. १८

सर्पहरूबारे मानिसहरूको भ्रम

भारतस्थित ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

एउटी केटीले आफ्नो कपालमा सिउरेकी चमेली फूलको मगमगाउँदो सुवासले गर्दा चिल्लो गोमन ऊतिर आकर्षित भयो। त्यसको लामो जीउ समुद्रका छालजस्तै तलमाथि गर्दै सलल बगिरहेको थियो। त्यो केटी सम्मोहित भई र उसले गोमनको टाउकोमा मणीजस्तै केही चमचम चम्किरहेको देखी। एक्कासी त्यो गोमन केटीतिर हुर्रियो र त्यो केटीको पाखुरामा डस्यो।

तथ्य कि भ्रम? उपर्युक्‍त घटना पूर्णतया काल्पनिक हो र प्रायः सबैले मान्‍ने गरेका झूटा धारणाहरूमा त्यो आधारित छ। अरू केही भ्रमहरू यस्ता छन्‌:

१. चमेली, चन्दन र अन्य मगमगाउँदो चीजहरूले सर्पहरूलाई आकर्षित गर्छन्‌। गलत। सुवासले कीराफट्यांग्रालाई, कीराफट्यांग्राले भ्यागुता र सर्पहरूको भोजन भ्यागुताले सर्पहरूलाई आकर्षित गर्छन्‌।

२. सर्पहरू आफ्नो जीउलाई छालजस्तै तलमाथि गरेर हिंड्‌छन्‌। गलत। सर्पहरू ठूलठूला ढुंगामा घस्रँदा यस्तो भान पर्छ। गोमन र जमिनमा घस्रने अन्य सर्पहरू तेर्सो र सीधा रेखामा हिंड्‌छन्‌। तिनीहरू कि त आफ्नो शरीरको अघिल्लो भागलाई अघिल्तिर तन्काएर पछिल्लो भागलाई तान्छन्‌ वा जमिनमा भएको कुनै चीजको आड लिएर आफूलाई अंग्रेजी वर्ण S जस्तो गरी घचेट्‌छन्‌ र अघि बढ्‌छन्‌।

३. कुनै कुनै सर्पको टाउकोमा बहुमूल्य मणी हुन्छ। गलत। पुरातन समयमा भारतका महान्‌ हस्तीहरूलाई गोमनले रक्षा गर्छ भन्‍ने विश्‍वास जस्तै यो पनि मिथ्या हो।

४. गोमनहरू आफ्ना सिकारलाई लट्ठयाउँछन्‌। गलत। सर्पहरू डराउँदा एकटक लगाएर हेर्ने हुँदा सम्मोहन गर्न खोजेको भान पर्छ। तथापि, यो सिकार पक्रने तरिका होइन।

५. गोमनहरू सिकारमाथि झम्टिन्छन्‌। गलत। सिकारलाई हमला गर्न गोमनले आफ्नो शरीरको अघिल्लो भाग अघि फाल्छ तर आफ्नो शरीरलाई थाम्न उसको शरीरको अधिकांश भाग जमिनमै हुन्छ। हदसे हद, सर्पले आफ्नो शरीरको एक तिहाई भाग मात्र उठाउँछ र हमला गर्छ।

६. गोमनलगायत सर्पहरूको छाला चिप्लो र सधैं चिसो हुन्छ। गलत। सर्पहरूको छाला र कत्ला सुख्खा र नरम छालाजस्तो हुन्छ। सर्पहरू असमतापी हुन्‌। त्यसैकारण बाह्‍य तापक्रममा भएको परिवर्तनहरूअनुरूप यिनीहरूको शरीरको तापक्रम परिवर्तन हुन्छ।

७. गोमनहरू बहिरा हुन्छन्‌। गलत। जमिनमा भएको कम्पको मदतद्वारा मात्र सर्पले सुन्छ भन्‍नु गलत धारणा हो। बाइबलले भजन ५८:४, ५ मा (NW) सर्पहरू बहिरा हुँदैनन्‌ भनेर ठीक कुरा गरेको छ। हालै गरिएका अनुसन्धानहरूबाट गोमनहरूले हावामा बहेको ध्वनी सुन्‍नसक्छन्‌ र सपेराले बजाएको धूनमा मस्त हुनसक्छन्‌ भनेर पत्ता लागेको छ।—  gbr-13-3-NP पृष्ठ १९ पनि हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

माथिको सर्प: Animals/Jim Harter/Dover Publications, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने