प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ४१
  • तामाको सर्प

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तामाको सर्प
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • सर्पहरूबारे मानिसहरूको भ्रम
    ब्यूँझनुहोस्‌!—१९९८
  • सर्पको छाला
    ब्यूँझनुहोस्‌!—२०१४
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बलिरहेको पोथ्रो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ४१
सर्पले डसेका इस्राएलीहरू मोशाले बनाएको तामाको सर्प हेर्दै

कथा ४१

तामाको सर्प

खम्बामा बेरिएको सर्पलाई हेर त। के त्यो साँच्चैको सर्पजस्तो देखिन्छ र? त्यो साँच्चैको सर्प होइन। त्यो तामाको सर्प हो। भुइँमा भएका सर्पहरू चाहिं साँच्चैका सर्पहरू हुन्‌। सर्पले डसेर इस्राएलीहरू मर्नै लागेका छन्‌। यहोवाले मोशालाई तामाको सर्प बनाएर खम्बामा झुण्ड्याउन अह्राउनुभएको थियो। इस्राएलीहरूले त्यो तामाको सर्पलाई हेरे भने उनीहरू सर्पको विष लागेर मर्ने थिएनन्‌। तर इस्राएलीहरूलाई किन सर्पले डस्यो, तिमीलाई थाह छ?

किनभने उनीहरूले परमेश्‍वर र मोशाको विरोध गरे। उनीहरूले यसो भन्दै गनगन गरे: ‘तपाईंले हामीलाई किन मिश्रबाट यहाँ उजाड-स्थानमा मर्न ल्याउनुभयो? यहाँ न खानेकुरा छ, न पानी। हामीलाई अब यो मन्‍न खाँदा-खाँदा वाक्कै लागिसक्यो।’

तर मन्‍न राम्रो खानेकुरा हो। यहोवाले चमत्कार गर्नुभएर यो खानेकुरा दिनुभएको थियो। अनि उहाँले अर्को चमत्कार गरेर पानी पनि दिनुभएको थियो। तर परमेश्‍वरले यति असल काम गरेर पनि इस्राएलीहरूले उहाँलाई धन्यवाद दिएनन्‌। यसकारण यहोवाले उनीहरूलाई सजाय दिन विषालु सर्पहरू पठाउनुहुन्छ। सर्पले उनीहरूलाई डस्छ र विष लागेर धेरै जना मर्छन्‌।

अन्तमा इस्राएलीहरू मोशाकहाँ आएर यसो भन्छन्‌: ‘हामीले पाप गऱ्‍यौं। किनभने हामीले यहोवा र तपाईंको विरोध गऱ्‍यौं। अब यहोवालाई बिन्ती गरेर यी सर्पहरू हटाउन लगाउनुहोस्‌।’

मोशा र तामाको सर्प

मोशाले उनीहरूका लागि यहोवासित बिन्ती गर्छ अनि यहोवाले मोशालाई तामाको सर्प बनाउन अह्राउनुहुन्छ। उहाँले त्यसलाई खम्बामा झुण्ड्याउन लगाउनुहुन्छ। अनि जसलाई सर्पले डस्छ, उसले यो तामाको सर्पलाई हेर्नू भन्‍नुहुन्छ। मोशाले परमेश्‍वरले भन्‍नुभएझैं गर्छ। त्यसपछि सर्पले टोकेर विष लागेका मान्छेहरूले त्यो तामाको सर्पलाई हेरे अनि निको भए।

यो घटनाबाट हामीले एउटा पाठ सिक्नुपर्छ। हामी पनि एक किसिमले सर्पले डसेका इस्राएलीहरू जस्तै छौं। हामी सबै एक न एक दिन मर्छौं। वरपरका मान्छेहरूलाई हेर त, उनीहरू बूढाबूढी हुन्छन्‌, बिरामी हुन्छन्‌ र एक दिन मर्छन्‌। यी सबै नराम्रा कुरा, पहिलो लोग्नेमान्छे आदम र स्वास्नीमान्छे हव्वाले यहोवाको आज्ञा नसुनेकोले सुरु भएको हो। हामी सबै आदम र हव्वाकै छोराछोरीहरू हौं। त्यसकारण, हामी पनि एक दिन बूढाबूढी हुन्छौं, बिरामी हुन्छौं अनि मर्छौं। तर यहोवाले हामी सधैं बाँचिरहन सक्ने बाटो खोल्नुभएको छ।

यहोवाले आफ्नो छोरा, येशू ख्रीष्टलाई पृथ्वीमा पठाउनुभयो। तर थुप्रै मान्छेहरूले येशूलाई खराब मान्छे सम्झे। उनीहरूले उहाँलाई खम्बामा झुण्ड्याए। तर यहोवाले हामीलाई बचाउन येशूलाई पठाउनुभएको थियो। त्यसकारण इस्राएलीहरूले तामाको सर्पलाई हेरेझैं हामीले पनि येशूलाई हेऱ्‍यौं र उहाँको पछि लाग्यौं भने अनन्त जीवन पाउनेछौं। हामी पछि यसबारे अझ धेरै कुरा सिक्नेछौं।

गन्ती २१:४-९; यूहन्‍ना ३:१४, १५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने