प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • ट्रोबाडोरहरू—प्रेम गीत गायकहरू मात्र होइनन्‌
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

ट्रोबाडोरहरू “ट्रोबाडोरहरू—प्रेम गीतका गायकहरू मात्र होइनन्‌” (मार्च ८, १९९८) भन्‍ने लेखमा यी गायक तथा कविहरूले मध्ययुगको समाजमा निर्वाह गरेको भूमिकाबारे राम्ररी विश्‍लेषण गरिएको थियो। साहित्यको शिक्षक भएकोले मैले पुर्तगाली ट्रोबाडोहरूबारे अध्ययन गरेको छु। अनि तपाईंहरूको लेखले तिनीहरूको कलात्मक गतिविधि बुझ्ने मदत दियो। यस्ता लेखहरूको गुणस्तरले गर्दा तपाईंहरूको पत्रिकाको विश्‍वसनीयता बढाएको छ।

आर. एन. ए., ब्राजिल

सुरुमा त यो लेख पढ्‌नै मन लागेन भनेर म मानिलिन्छु। तर पढ्‌न थालेपछि त चासो जाग्यो। विशेषगरि, “महिलाहरू पहिला” भन्‍ने चलन सम्भवतः कसले सुरु गऱ्‍यो भनेर बुझ्न पाउँदा खुसी लाग्यो। जापानमा “महिलाहरू पहिला” भन्‍ने चलन छैन। तर सानै उमेरदेखि यहोवाको साक्षीको रूपमा हुर्कनुभएको मेरो श्रीमान्‌ले हाम्रो मगनी भएपछि यो चलन अपनाउनुभएको छ। (अहिले हाम्रो विवाह भएको पाँच वर्ष भइसक्यो।) म साह्रै खुसी छु।

वाइ. एन., जापान

आमा र छोराको पुनर्मिलन “अनुपम पुनर्मिलन” (मार्च ८, १९९८) लेखले म असाध्यै प्रभावित भएँ। मेरो आमाबुबाबारे थाह पाउँदा म भावनात्मक रूपमा साह्रै विचलित भएँ। मेरी मुमा र बुबाले कहिल्यै विवाह गर्नुभएन। म अक्सर मेरो बुबाबारे सोच्थें। तर मेरा प्रश्‍नहरूको छोटो जवाफ मात्र पाउँथें। केही समयअघि मुमालाई बुबाको पूरा नाउँ सोधें। टेलिफोन डाइरेक्टरीबाट नम्बर पत्ता लगाएर फुपूसँग सम्पर्क राख्नसकें अनि उहाँ यहोवाको साक्षी हुनुहुँदोरहेछ भन्‍ने थाह पाएर तीन छक परें! मेरो बुबा विवाह नगरिकनै १९८० मा बित्नुभयो भनेर उहाँले बताउनुभयो। तैपनि, खाँचो परेको बेला मेरी मुमा र फुपू मेरोलागि सान्त्वनाको स्रोत हुनुभएको छ। मलाई तपाईंहरूको लेखले पनि सान्त्वना दिएको छ।

एल. डि., संयुक्‍त राज्य

जातीय घमण्ड “युवा जनहरू सोध्छन्‌ . . . जातीय घमण्डबारे कस्तो विचार राख्नुहुन्छ?” (मार्च ८, १९९८) लेख पढेर असाध्यै खुसी भएँ। मलाई थुप्रैपल्ट “तपाईंको जात के पऱ्‍यो होला?” भनेर मानिसहरूले सोधेका छन्‌। आफ्नो वंशावली थाह नभएकोले ठट्टा गर्दै म यस्तो जवाफ दिन्थें, “ठिमाहा।” एक जना परिभ्रमण सेवकले यसो भन्‍नुभयो, “कसैले तपाईंको जात सोध्यो भने, ‘म यहोवाको साक्षी हुँ’ मात्र भन्‍नुहोस्‌।” म सबै जातलाई समान ठान्‍ने संगठनको सदस्य हुन पाएकोमा गर्व गर्छु।

डि. एच., संयुक्‍त राज्य

म १४ वर्षकी छु र म तपाईंहरूको यस लेखको लागि धन्यवाद दिन चाहन्छु। मेरो जातीय घमण्डले गर्दा म जातिवादी भएको थिएँ। यस लेखले यहोवाको नजरमा हामी सबै समान छौं भनेर बुझ्न मदत दियो।

आइ. पि., इटाली

म सानी छँदा मेरा थुप्रै सहपाठीहरूले जातीय घमण्ड गर्दै हामी त स्पेनीहरू हौं भन्थे। मचाहिं अल्पसंख्यक जातीको केटी थिएँ। मैले आफूलाई नीच महसुस गर्न थालें अनि मेरो आत्म-सम्मान हराउन थाल्यो। कहिलेकाहीं त, ‘मेरो छालाको रंगलाई घृणा गर्न मन लाग्थ्यो!’ यो लेखमा दिइएको सल्लाहले आत्मसम्मान प्राप्त गर्न अनि यहोवाले दिनुभएका कुरामा सन्तुष्ट हुन मदत दियो।

ए. जि., फिलिपिन्स

धनाढ्य देशमा जन्मेका मानिसहरू श्रेष्ठ हुन्छन्‌ भन्‍ने मेरो टेढो दृष्टिकोण थियो। तपाईंहरूको लेखले वास्तवमा एउटै मात्र जात छ र त्यो मानवजाति हो भनेर बुझ्ने मदत दियो।

एल. जि., ब्राजिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने