प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ६/८ पृ. २०
  • आदिवासी अमेरिकीहरू अनि बाइबल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आदिवासी अमेरिकीहरू अनि बाइबल
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कसले नेतृत्व लिइरहेका छन्‌?
  • परमेश्‍वरको नाउँले मेरो जीवनै परिवर्तन गऱ्‍यो!
    ब्यूँझनुहोस्‌!—२००१
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हाम्रो समयसम्म बाइबल कसरी आइपुगेको छ—भाग तीन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • विश्‍वव्यापी शैक्षिक कार्यक्रम
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ६/८ पृ. २०

आदिवासी अमेरिकीहरू अनि बाइबल

अमेरिकी मुलुकहरूमा युरोपेलीहरूले आक्रमण गरेदेखि नै थुप्रैले ती स्थानीय अमेरिकी आदिवासीहरूलाई बाइबलको ज्ञान दिने प्रयास गरेका छन्‌।

करिब छ वटा उत्तर अमेरिकी आदिवासी भाषाहरूमा १७ औं शताब्दीसम्ममा पूरै बाइबल अनुवाद गर्न सिद्धयाइसकेको थियो। सबैभन्दा पहिलोचाहिं मासचुसेट्‌स नजिक बस्टन तथा राक्सबेरीमा बसोबास गर्ने स्थानीय मासाचुसेट आदिवासीहरूका लागि सन्‌ १६६३ मा छापिएको जोन इलियोटको बाइबल थियो। इन्साइक्लोपीडिया अफ नर्थ अमेरिकन इन्डियन्स-मा (अंग्रेजी) हार्भे मार्कोभीट्‌स यसो लेख्छन्‌: “अहिले थुप्रै इतिहासकारहरू [“नयाँ संसारका ‘आदिवासीहरूलाई’ ‘सभ्य’ बनाउन”] आएका उपनिवेशवादीहरूको सम्झौताप्रतिको निष्कपटतामाथि शंका गर्दैछन्‌। बाइबलको लिखित प्रति बनाउन इलियोटले १५ वर्ष लगाएर मासचुसेट्‌ भाषा सिक्नुका साथै अक्षरहरूको आविष्कार गर्नु जस्ता कार्यहरूले गर्दा तिनी आफ्नो वाचाप्रति कत्तिको निष्ठावान्‌ थिए भन्‍ने साक्षी दिन्छ। इलियोटले यस कठिन ‘कार्यलाई डर, होसियारी तथा इमान्दारीसाथ गर्नुपर्ने समर्पित पवित्र कार्य ठाने।’ ”

तथापि, बाइबलका आंशिक भागहरू अन्य स्थानीय अमेरिकी आदिवासी भाषाहरूमा पनि अनुवाद भएको थियो। तैपनि बेलायती अनि विदेशी बाइबल सोसाइटीको सहयोगमा वेस्टर्न क्री आदिवासीहरूले बोल्ने भाषाको पूरा संस्करण (१८६२) निकाल्न मात्रै २०० वर्ष लागेको थियो। त्यसपछि क्रमशः यी अनुवादहरू पनि निक्ले: इस्टर्न आर्कटिक इन्योट (१८७१); डाकोटा अर्थात्‌ इस्टर्न सुज (१८८०); र उत्तरी ध्रुवभन्दा अलि तलतिर बोलिने अमेरिकी भाषा ग्विचेन (१८९८) आदि।

दुई बाइबल सोसाइटीहरूको आपसी सहयोगमा ४१ वर्षको अथक प्रयास पछि १९८५ मा प्रकाशित नाभाहो भाषाको अनुवाद यहाँको अन्तिम बाइबल थियो। हाल हिब्रू तथा युनानी धर्मशास्त्रहरूका आंशिक भागहरू कम्तीमा पनि ४६ वटा आदिवासी भाषाहरूमा पाइन्छ।

कसले नेतृत्व लिइरहेका छन्‌?

मार्कोभीट्‌स भन्छन्‌: “यो कुरा स्पष्ट छ . . . अधिकांश प्रोटेस्टेन्टहरूले बाइबल अनुवाद गर्ने भरमग्दुर प्रयास गरेका छन्‌।” सोही लेखकको भनाइअनुसार यसो गर्नेहरूमध्ये दोस्रो स्थानमा भ्याटिकन काउन्सिल (१९६२) पर्दछ। तर उक्‍त काउन्सिलको तुलनामा क्याथोलिकहरूले “जनसाधारणले बाइबलका पदहरूको सही अर्थ लगाउने प्रशिक्षण . . . पाएका छैनन्‌ भन्‍ने ठानेर सर्वसाधारणहरूबीच बाइबलको प्रचारप्रसार गर्न हतोत्साहित गर्ने कार्य झन्‌ धेरै गरेका छन्‌।”

हाल उत्तर अमेरिकी महादेशका स्थानीय आदिवासीहरूको भाषाहरूलगायत साइयान, हाभासुपाइ, मिकम्याक र जुनीमा अनुवाद गर्न विभिन्‍न बाइबल सोसाइटीहरू झन्डै २० वटा योजनाहरूमा सम्मिलित भइरहेका छन्‌। नाभाहो राष्ट्रका लागि युनानी धर्मशास्त्रको नयाँ संस्करण निकाल्ने तयारी हुँदैछ। त्यस्तै अरू अनुवादहरू केन्द्रीय अनि दक्षिण अमेरिकी महादेशका बासिन्दाहरूका लागि पनि भइरहेको छ।

यहोवाका साक्षीहरू कुनै पनि प्रोटेस्टेन्ट संगठनहरूसित सम्बन्धित छैनन्‌। तथापि, तिनीहरू सबै अमेरिकी आदिवासीहरू माझ सक्रिय भएको हुनाले थुप्रै स्थानीय आदिवासी अमेरिकीहरूले धार्मिकताले बास गर्ने “नयाँ स्वर्ग र नयाँ पृथ्वी[सम्बन्धी]” बाइबलको सच्चाइलाई स्वीकारिरहेका छन्‌। (२ पत्रुस ३:१३) त्यहाँका साक्षीहरू हाल अमेरिकी मुलुकहरूका आदिवासी भाषाहरूमा उपलब्ध बाइबलहरू प्रयोग गरिरहेका छन्‌। तिनीहरू हाल वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा इमारा, क्री, डाकोटा, ग्वारानी, इनक्टिटट, इराक्वइ, नाभाहो, केच्वा तथा अन्य नौ अमेरिकी आदिवासी भाषाहरूमा अनुवादित बाइबल साहित्यहरू पनि प्रयोग गर्छन्‌।—सेप्टेम्बर ८, १९९६ को ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

नाभाहो बाइबलको भजन ६८:४ मा “यहोवा” नाउँ पाइन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने