प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ८/८ पृ. १२-१४
  • एक सिर्को दूधबाट एक चम्चा पाउडर दूधसम्म

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक सिर्को दूधबाट एक चम्चा पाउडर दूधसम्म
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तरल पदार्थदेखि पाउडरसम्म
  • आमाको दूध
    सृष्टि या संयोग
  • ब्रुनोस्ट—नर्वेको स्वादिष्ट चिज
    ब्यूँझनुहोस्‌!—१९९७
  • ‘सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ८/८ पृ. १२-१४

एक सिर्को दूधबाट एक चम्चा पाउडर दूधसम्म

न्यूजील्याण्डका ब्यूँझनुहोस्‌! संवाददाताबाट

हजारौं वर्षदेखि प्रायजसो हरेक राष्ट्रका मानिसहरूको मुख्य भोजनमा दूध पनि समावेश भएको पाइन्छ। हो, दूध स्त्रीहरूको स्तनग्रन्थीबाट आउँछ र यो तिनीहरूका बालबच्चाहरूका लागि सम्पूर्ण आहार हो। तथापि, अरू जीवजन्तुहरूले भन्दा मानिसजातिले यो पोषणदायी आहार विभिन्‍न स्तनधारी जीवहरूबाट प्राप्त गर्छन्‌। विशेष गरी गाई, ऊँट, बाख्री, लामा, हिममृग, भेडी, भैंसी आदिबाट। मानिसहरू अप्रशोधित दूध पिउन बाहेक मक्खन, चीज, दही र आइसक्रिमजस्ता दूधका विभिन्‍न परिकारहरू पनि खान रूचाउँछन्‌।

थरी थरीका दूधमध्ये पनि अत्यधिक मात्रामा प्रयोग हुने गाईको दूध विशेष गरी ८७ प्रतिशत पानी अनि १३ प्रतिशत ठोस पदार्थ मिलेर बनेको हुन्छ। ठोस पदार्थमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन तथा हड्डीको विकास अनि तन्दुरुस्तीका लागि नभई नहुने क्याल्सियमजस्ता खनिज पदार्थ पनि समावेश छन्‌। दुःखलाग्दो कुरा, गाईहरूले धेरै पौष्टिक तत्त्वहरू भएको दूध दिन सक्दैन। माथि उल्लिखित जनावरहरूमध्ये हिममृगले मात्र यस्तो दूध दिनसक्छ र त्यसले दिने पोषणदायी दूधमा ३७ प्रतिशत ठोस पदार्थ पाइन्छ!

अन्जान श्रोतअनुसार, रेफ्रीजेरेटरमा नराखी दूधलाई धेरै समयसम्म जोगाउन सकिंदैन। यो समस्याको समाधान गर्ने प्रचलित तरिका पाउडर दूध बनाउनु हो। तर दूधलाई तपाईं कसरी पाउडरमा परिणत गर्नुहुन्छ? आउनुहोस्‌, हामी सबै न्यूजील्याण्डको वाइकाटो प्रदेशस्थित अत्याधुनिक दूध प्रशोधनशालाको छोटो भ्रमण गरौं। यो संसारमा भएका अरू प्रशोधनशालाहरू भन्दा निकै ठूलो छ। अनि यसले संसारभरका खाद्य उद्योगहरूका लागि दिनहुँ ४०० टन अत्यधिक पौष्टिक तत्त्व भएको पाउडर दूध उत्पादन गर्दछ।

तरल पदार्थदेखि पाउडरसम्म

हरेक दिन, टिलिक्क टल्केका थुप्रै ट्रकहरूले न्यूजील्याण्डका डेरीहरूबाट शुद्ध दूध प्रोशोधनशालामा ल्याउँछन्‌। त्यहाँ दूधलाई स्वच्छ राख्न हावा नछिर्ने ठूलठूला सिलिन्डरहरू अर्थात्‌ इन्सुलेटेड सिलोसमा राखिन्छ। त्यसपछि दूधलाई स्तर छुट्याउन स्टान्डरडाइजेशन सेपरेटर मेसिनमा पठाइन्छ। त्यस मेसिनमा दूधबाट क्रिम छुट्ट्याएर निकालिन्छ र फेरि ठीक मात्रामा दूध र क्रिम मिसाएर अन्तमा उचित गुणस्तरको अर्थात्‌ स्तरअनुसारको दूध उत्पादन गरिन्छ। त्यसपछि पाउडर दूध बनाउनुअघि केही समयसम्म यो दूधलाई भण्डारमा (बफर स्टोरेज) राखिन्छ।

प्रशोधन गर्दा दूधलाई हावा नपस्ने गरी भ्याक्युममा उमालिन्छ। भ्याक्युममा नै किन? यसो गर्दा सामान्य तापक्रममा भन्दा एकदम कम तापक्रम मै पनि दूध उम्लिन्छ र धेरै तापक्रमले गर्दा हुनसक्ने क्षति पनि कम हुन्छ। यो वाष्पीकरण गर्ने कार्य सिद्धिएपछि करिब ४८ प्रतिशत ठोस पदार्थ बाँकी रहन्छ। अब अन्तिम चरणका लागि अर्थात्‌ सुक्खा बनाउन यो ठोस पदार्थ तयार छ।

सुक्खा बनाउने प्रक्रिया पूरा गर्न पाइपबाट धेरै तल्लामाथि रहेको स्टेनलेस स्टिलको ड्रायरमा ठोस पदार्थ पचकाले छ्यापेजस्तै छ्यापिन्छ। अब दूधमा भएको ओस ६ प्रतिशतमा झर्छ र दूध पाउडरमा परिणत हुनथाल्छ। यो प्रक्रियालाई फेरि एक पटक अपनाउँदा दूधको ओस घटेर ३ प्रतिशत मात्र बाँकी हुन्छ। त्यसपछि पाउडरलाई अलिकति चिसो पारेर प्याकिङ र ढुवानी गर्न तयार पारिन्छ। दूधको पौष्टिक तत्त्व तथा यसको स्वाद झन्डै जस्ताको तस्तै राख्न यी सबै प्रक्रियाहरू निकै होसियारीसाथ सम्पन्‍न गरिन्छ।

तपाईं ताजा दूध सजिलै पाउनसकिने ठाउँमा बस्नुभएको हुनसक्छ। तर थुप्रै मानिसहरू अनकन्टार ठाउँहरूमा बसिरहेका छन्‌ जहाँ शुद्ध दूध पाउन गाह्रो हुनुका साथै महँगो हुन्छ। धन्य अचम्मको पाउडर दूध! किनभने तिनीहरूको समस्या समाधान भयो। तिनीहरू पानीमा केही चम्चा पाउडर मिसाउँछन्‌ त्यसपछि त दूध पहिलेको जस्तै भइहाल्छ। तथापि, पाउडर दूध ताजा दूधजस्तै स्वादिलो नभए तापनि पोषणदायी उत्पादनचाहिं पक्कै हो।

[पृष्ठ १४-मा भएको पेटी/चित्र]

पाश्‍चराइजेशन र होमोजेनाइजेशन भनेको के हो?

फ्रान्सेली वैज्ञानिक लुइ पास्चरको नामबाट राखिएको पाश्‍चराइजेशन कार्यमा दूधलाई निश्‍चित समयसम्म तताउने र तुरुन्तै चिस्याउने कार्य समावेश छ। यसो गर्दा हानिकारक ब्याक्टेरिया मर्नुका साथै दूध धेरै समयसम्म प्रयोग गर्न योग्यको हुन्छ। तथापि, सबै ब्याक्टेरिया नमर्ने हुनाले दूध प्रयोग गरिसक्नुपर्ने अवधि सीमितै हुन्छ। राम्ररी चिस्याइएको खण्डमा उच्च-कोटीको प्रशोधित दूध १४ दिनसम्म प्रयोग गर्नसकिन्छ।

होमोजेनाइजेशनले भने दूधमा एक पत्र क्रिम नजमोस्‌ भनेर चिल्लो पदार्थ तथा क्रिमका स-साना कणहरूलाई दूधमा परिवर्त्तन गर्छ। यसले चिल्लो पदार्थका कणहरूलाई दूधमा सजिलै घुल्नसक्ने गरी स-साना कणहरूमा परिवर्तन गरिदिन्छ र दूध पोषिलो हुनुका साथै सरोबर हुन्छ।

[स्रोत]

By courtesy of U.S. National Library of Medicine

[पृष्ठ १३-मा भएको चित्र]

यस धेरै तल्लाको ड्रायरले प्रति घण्टा नौ टनभन्दा धेरै पाउडर बनाउनसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने