प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ४३
  • आमाको दूध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाको दूध
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • एक सिर्को दूधबाट एक चम्चा पाउडर दूधसम्म
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ब्रुनोस्ट—नर्वेको स्वादिष्ट चिज
    ब्यूँझनुहोस्‌!—१९९७
सृष्टि या संयोग
ijwwd लेख ४३
आमाले आफ्नो काखमा सुतिरहेको बच्चालाई हेरिरहेकी छिन्‌।

सृष्टि या संयोग?

आमाको दूध

प्रसूतिकर्मीको लागि तयार पारिएको एउटा किताबमा यस्तो लेखिएको छ, “शिशुलाई खुवाउन बनाइएको बट्टाको दूध (फर्मुला मिल्क), आमाको दूध जस्तो पौष्टिक कदापि हुन सक्दैन।” आमाको दूध शिशुलाई उपयुक्‍त हुनुको एउटा कारण भनेको बच्चा जन्मिएपछि आमाको दूधमा शिशुको आवश्‍यकताअनुसारै पौष्टिक तत्त्वहरू उत्पादन हुन्छ।

यसबारे विचार गर्नुहोस्‌: आमाले हरेक पटक शिशुलाई स्तनपान गराउँदा दूधमा परिवर्तन आउँछ। जस्तै: सुरुमा दूध खुवाउँदा त्यसमा प्रोटिन, भिटामिन, मिनिरल र पानीको मात्रा धेरै हुन्छ। त्यसपछि दूधमा चिल्लो पदार्थको मात्रा धेरै आउँछ, जसले गर्दा बच्चा अघाउँछ। त्यति मात्र नभई बच्चाको उमेर र मौसमअनुसार पनि आमाको दूधमा परिवर्तन आउँछ।

राती आमाको दूधमा मेलाटोनिन जस्ता केही हर्मोनहरू बढ्‌छन्‌ तर दिउँसो भने अरू हर्मोनहरू बढ्‌ने गर्छन्‌। दिनभरिमा समयअनुसार परिवर्तन भइरहने विभिन्‍न हर्मोनहरूले शिशुको निद्रामा सन्तुलन कायम गर्न मदत गर्छ। यसले गर्दा शिशुहरूको एउटै समयमा सुत्ने र उठ्‌ने बानी बस्न सक्छ।

बच्चा जन्माएपछि सुरुका केही दिनहरूमा आमाको शरीरबाट पहेँलो दूध निस्कन्छ जसलाई कोलोस्ट्रम भनिन्छ। कोलोस्ट्रम पचाउन सजिलो र पोषक तत्त्वहरूले भरिएको हुन्छ। त्यसैले बच्चाको सानो पेटमा कोलोस्ट्रमको थोरै मात्राले पनि धेरै फाइदा पुऱ्‍याउँछ। कोलोस्ट्रममा प्रचुर मात्रामा रोग प्रतिरोधात्मक तत्त्वहरू हुन्छन्‌ जसले शिशुलाई सङ्‌क्रमण हुनबाट जोगाउँछ। साथै यसले भर्खरै जन्मेका शिशुहरूको दिसा खुकुलो बनाएर पाचन प्रणाली सफा राख्न पनि मदत गर्छ।

जुम्ल्याहा नै जन्मिए भने पनि तिनीहरूलाई पुग्दो दूध नआउने हो कि भनेर आमाले चिन्ता गर्नुपर्दैन किनभने आमाको शरीरमा स्वाभाविक रूपमै शिशुको आवश्‍यकताअनुसार दूधको मात्रा बढ्‌ने गर्छ।

तपाईँको विचार कस्तो छ? आमाको दूधमा भएको विशेषता क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने