प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १२/८ पृ. २२-२३
  • उड्‌ने उस्तादहरूको सानो रूप

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उड्‌ने उस्तादहरूको सानो रूप
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • फलफूलमा लाग्ने झिँगाको अचम्मको उड्‌ने क्षमता
    सृष्टि या संयोग
  • ती घिनलाग्दा झिंगाहरू—तपाईंले सोच्नुभएकोभन्दा धेरै उपयोगी?
    ब्यूँझनुहोस्‌!—१९९६
  • सानो कानको रहस्य पत्ता लाग्यो
    ब्यूँझनुहोस्‌!—२००३
  • विमानहरू कत्तिको सुरक्षित छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १२/८ पृ. २२-२३

उड्‌ने उस्तादहरूको सानो रूप

प्याट्ट! उडिरहेको झिंगा मार्न खोज्दा त्यस्तो आवाज आउँछ। तर झिंगाले छलिहाल्छ र एकछिन भुनभुनाएर फ्यारफ्यार गर्दै उडेर तपाईंले यसलाई मार्न नसकेकोमा खिल्ली उडाएझैं गरी सिलिङमा बस्न पुग्छ। यिनीहरू साँच्चै उड्‌ने कलामा अद्‌भुत छन्‌! वास्तवमा, जताततै पाइने यस्ता झिंगाका जातिहरू अद्‌भुत कलाकारिता प्रकट गर्दै सन्तुलन मिलाउन झुन्डिरहने दुई पखेटासित जोडिएको चीड आकारको अंगको मदतले कीराजगत्‌मै सबैभन्दा छिटो उड्‌नसक्नेहरूका रूपमा गर्व गर्नसक्छन्‌।

टुप्पोमा डल्लो परेका दुई स-साना नर्कटहरूजस्तै ती चीड आकारका अंगहरू झिंगाका छातीबाट निस्केका हुन्छन्‌ र यी दुबै पखेटाहरूको ठीक पछिल्तिर रहन्छन्‌। (अर्को पृष्ठको चित्र हेर्नुहोस्‌।) झिंगाका पखेटाहरू फटफटाउन थाल्दा हाल्टरहरू पनि तिनीहरूसँगै एकैनासले प्रति सेकेण्ड सयौं चोटि फटफटाउन थाल्छन्‌। कीराहरूलाई उड्‌न मदत गर्ने ती चीड आकारका अंगहरू स-साना जाइरोस्कोपहरूजस्ता हुन्छन्‌। ती अंगहरूले झिंगाको मस्तिष्कमा दिशा परिवर्तन गरेको संकेत दिन्छ। जस्तै, यस सानो जीवलाई मारूँलाझैं गरेर अखबार वा अरू कुनै कुराले हिर्काएर हावाले हुत्याउँदा संकेत पाउँछ। वायुयानको जाइरोस्कोपले पाइलटलाई मोटामोटी रूपमा मात्र बताउनसक्छ भने यिनीहरूले चाहिं दिशा परिवर्तन भएको, दायाँ-बायाँको सन्तुलन वा अगिल्तिरको ढल्काइबारे सही जानकारी दिन्छन्‌। त्यसपछि झिंगाले सजिलैसित आफ्नो उडानलाई तुरुन्तै सन्तुलित गर्छ।

ती चीड आकारका अंगहरू फनफनी घुम्ने जाइरोस्कोपहरूजस्ता नभएर लंगुरजस्तो देखिन्छ। तर ती ठाडो झुन्डिएका वा लट्‌किएका हुँदैनन्‌। ती दुई छेउबाट निस्केका हुन्छन्‌। अनि लंगुरजस्ता यी अंगहरू एकपल्ट चालमा आइसकेपछि चालसम्बन्धी सर्वमान्य नियमअनुसार सँगसँगै एकै दिशामा हल्लिन थाल्छन्‌। त्यसैले झिंगा अर्कै किसिमले उड्‌न थाल्दा बाहिरी शक्‍तिहरूले यी हल्लिरहेका अंगहरूको शरीरसित जोडिएको भागलाई धक्का दिंदा स्नायुहरूले चालपाइहाल्छन्‌। दिमागले यी स्नायु संकेतहरूलाई नियाल्दै पखेटालाई उडान ठीक पार्न निर्देशन दिइहाल्छ, त्यो पनि बिजुली चम्केझैं द्रुत गतिमा।

हाल्टरहरू वास्तवमा, कुकुरझिंगा, सामान्यतया देखिने झिंगा, ब्लोफ्लाइ, फ्रुट फ्लाइ, सेट्‌से फ्लाइ, स्याण्ड फ्लाइ तथा क्रेन फ्लाइलगायत झन्डै १,००,००० प्रकारका दुइजोर पखेटा भएका झिंगा जगत्‌का खास पक्ष हुन्‌। तिनीहरूका दक्ष जाइरोस्कोपहरूले झिंगाहरूलाई हवाई चातुर्य प्रदान गरेको छ। यसले गर्दा यिनीहरू अरू कुनै पनि प्रकारका उड्‌ने कीराहरूभन्दा छिटो उड्‌नसक्छन्‌। वास्तवमा, यस्तो अपहेलित कीराले पनि सृष्टिकर्ताको वैज्ञानिक बुद्धिको प्रमाण दिन्छ।

[पृष्ठ २२-मा भएका चित्रहरू]

मोडिंदै

[पृष्ठ २२-मा भएका चित्रहरू]

ढल्कँदै

[पृष्ठ २२-मा भएका चित्रहरू]

तलमाथि गर्दै

[पृष्ठ २३-मा भएको चित्र]

हाल्टरहरूसहितको, सिपाही झिंगा (ठूलो पारिएको)

[स्रोत]

© Kjell B. Sandved/Visuals Unlimited

[पृष्ठ २३-मा भएका चित्रहरू]

हाउसफ्लाइ

क्रेन फ्लाइ

[स्रोत]

जनावरहरू/जीम हार्टर/डोभर प्रकाशन

[पृष्ठ २३-मा भएको चित्रको स्रोत]

Century Dictionary

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने