प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 २/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 २/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

अफ्रिकी आँधी म १२ वर्षको भएँ र “आँधीबेहरीपछि मसीहीधर्म अझ प्रस्ट देखियो” भन्‍ने लेखको निम्ति धन्यवाद दिन चाहन्छु। (अप्रिल ८, १९९९) खाँचोमा परेकाहरूलाई हाम्रा भाइहरूले मदत गरेको कुरा मलाई एकदमै प्रशंसनीय लाग्यो! यस घटनाले गर्दा मलाई हाम्रा भाइहरूले जापानको हान्सेनमा महा भूकम्प जाँदा गरेको मदतको याद आयो। यस लेखले मलाई साहसी हुन र अरूको भलाइ गर्न प्रोत्साहित गऱ्‍यो।

आर. के., जापान

चीजबीजको चाहना म १२ वर्षकी केटी हुँ। “युवा जनहरू सोध्छन्‌ . . . मैले चाहेजस्तो चीज किन पाउँदिन?” लेखको निम्ति तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। (अप्रिल ८, १९९९) साइकल, गितार जस्ता चीजहरू मसँग पनि भए हुन्थ्यो जस्तो मलाई लाग्छ। तर मेरो बुबासित मलाई ती सबै चीजबीज किनिदिने औकात छैन। त्यसैले मलाई दिक्क लाग्छ। तर जे होस्‌, तपाईंहरूको लेखले मलाई साँच्चै प्रोत्साहन दियो। बुबाले दिनेजस्तो सल्लाह प्रकाशित गर्नुभएकोमा धन्यवाद।

सि. यु., नाइजेरिया

मैले भर्खरै “युवा जनहरू सोध्छन्‌ . . . मैले चाहेजस्तो चीज किन पाउँदिन?” लेख पढ्‌न सिध्याएँ। (अप्रिल ८, १९९९) म यस लेखको लागि धन्यवाद दिन चाहन्छु किनभने मैले चाहेजस्तो सबै कुरा पाउन सक्दिनँ भनेर मैले बुझें। तर त्यस लेखमा भनिएजस्तै यहोवालाई हाम्रा आवश्‍यकताहरू थाह छ र मेरो जीवन सरल भएकोमा म खुसी छु।

के. के., क्यानाडा

पाँच छोराहरू “मेरा पाँच छोराहरूका निम्ति यहोवालाई धन्यवाद दिन्छु” (अप्रिल ८, १९९९) लेख मलाई चाखलाग्दो लाग्यो किनभने मेरी आमा र हेलेन सोल्सबरीबीच थुप्रै कुरा मिल्दोजुल्दो थियो। दुवै जनाको बप्तिस्मा एउटै वर्षमा भएको थियो। हेलेनजस्तै मेरी आमाले पनि बुबाको कम्पनी टाट पल्टेर हामीलाई आर्थिक समस्या पर्दा उहाँ घरमै बसेर हाम्रो देखभाल गर्नुभयो। हेलेनजस्तै उहाँले अग्रगामी अर्थात्‌ पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्नुभयो र हामीलाई क्षेत्र सेवकाईमा भएका रमाइला अनुभवहरू सुनाउनुहुन्थ्यो। यसले गर्दा मलाई अग्रगामी सेवा असाध्यै आकर्षक लाग्न थाल्यो। मेरो पनि दुइटी छोरीहरू छन्‌ र आमाले हाम्रो लागि जे जति गर्नुभयो, त्यो बुझ्नसक्छु।

एम. एस., जापान

यो लेखको लागि विशेष धन्यवाद। बुबाको हैसियतमा म सधैं बाइबलको सल्लाह पछ्याउने कोसिस गर्छु तर अक्सर आफू असक्षम भएजस्तो महसुस गर्छु। सोल्सबरी परिवारको अनुभवले मलाई ढाडस गर्न मदत गऱ्‍यो।

आर. एम. आर., ब्राजिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने