प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १/८ p. ३१
  • तिनीहरूले आफ्नो वचन पूरा गरे!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले आफ्नो वचन पूरा गरे!
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको आज्ञा पालन गर्न छनौट गर्ने युवक
    ब्यूँझनुहोस्‌!—२००३
  • सान्त्वना पाउनुहोस्‌, सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • तिनको अग्रसरताले इनाम पायो
    ब्यूँझनुहोस्‌!—२००२
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १/८ p. ३१

तिनीहरूले आफ्नो वचन पूरा गरे!

आफ्नो स्कूले पढाइको अन्तिम वर्षमा अध्ययनरत्‌ आन्टोनियो आफ्ना सहपाठीहरूलाई अनौपचारिक साक्षी दिन चाहन्थे। त्यसैकारण तिनले इतिहास पढाउने आफ्नो शिक्षिकालाई नाजी आक्रमण विरुद्ध यहोवाका साक्षीहरू दृढ रहन्छन्‌ भिडियो देखाउने सुझाउ दिए। शिक्षिका पूर्णतया सहमत नभए तापनि राजी भइन्‌ र भिडियो भोलिपल्ट देखाउने कुरा बताइन्‌।

आन्टोनियो भन्छन्‌: “सुरुमा त शिक्षिकाले केही खोट निकाल्ने हिसाबमा हेरिरहनुभएको थियो तर जब प्रख्यात इतिहासकारहरूले यहोवाका साक्षीहरूको नाजी यातना शिविरको इतिहास बताउन थाले, तब तिनले ध्यान दिएर हेर्न थालिन्‌। अन्तमा भिडियो देखाउने सुझाउको लागि मलाई धन्यवाद दिनुभयो।”

अर्को कक्षामा शिक्षिकाले त्यतिबेला जर्मनीमा बिबेलफोर्शर भनिने यहोवाका साक्षीहरूको काम बुझाउने कोसिस गरिन्‌। तर यो काम आन्टोनियोले गर्नु बेस हुनेछ भन्‍ने महसुस गरिन्‌। आन्टोनियोले समाजमा साक्षीहरूको भूमिकाका साथै केही सिद्धान्तहरूबारे बताए। तिनले अन्तमा यसो भने: “तर मानिसहरूले हामी घरघर जाँदा ढोका ढ्याम्म बन्द गर्छन्‌ वा हाम्रो पत्रिकाहरू पढ्‌दैनन्‌ भने हामीले साक्षी दिने अनमोल सन्देशबाट फाइदा उठाउने कुरै भएन।”

यस कुरामा विचार गरेपछि आन्टोनियोका सबै सहपाठीहरू शिक्षिकाको प्रस्तावना स्वीकार्न राजी भए। त्यो प्रस्तावना थियो, साक्षीहरूलाई भेट्‌दा तिनीहरूको कुरा सुन्‍नेछन्‌ र पत्रिकाहरू स्वीकार्नेछन्‌। कक्षाका सबैले केही समयसम्म भिडियोबारे कुरा गरिरहे। पछि आफ्ना सँगी विद्यार्थीहरू वाचटावर साहित्यहरू लिंदै आएका देख्दा आन्टोनियो कति दंग भए होलान्‌ तपाईं कल्पना गर्न सक्नुहुन्छ र तिनीहरू सबैले यसो भने: “देख्यौ, मैले आफ्नो वचन पूरा गरें!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने