प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ६/८ पृ. २४
  • तिनको अग्रसरताले इनाम पायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनको अग्रसरताले इनाम पायो
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
    ब्यूँझनुहोस्‌!—२०१६
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित
    हाम्रो राज्य सेवा—२०११
  • नयाँ भिडियोबाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ६/८ पृ. २४

तिनको अग्रसरताले इनाम पायो

साहसी भई आफ्नो विश्‍वासबारे बोल्ने सन्दर्भमा आज यहोवाका साक्षीहरूमाझ धेरै युवाहरूले राम्रो उदाहरण बसालेका छन्‌। ग्रीस, सालोनिकाकी एक किशोरी स्टेलालाई विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌, “एउटा मसीही सभामा अरूलाई यहोवाबारे जान्‍न मदत दिन भिडियोको प्रयोग गर्ने तरिकाहरूबारे छलफल गरिएको थियो। मैले जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेसन बिहाइन्ड द नेम नामक भिडियो प्रयोग गर्न सक्ने एउटा तरिकाबारे सोचें। भोलिपल्ट मैले आफ्नो स्कूलको प्रधानाध्यापकसित कुरा गरें र उहाँलाई स्कूलमा भिडियो देखाउनेबारे सुझाउ दिएँ। प्रधानाध्यापकले शिक्षकहरू सहमत भएसम्म आफ्नो तर्फबाट कुनै आपत्ति नहुने कुरा बताउँदा त म छक्कै परें।

त्यही दिन, पछि प्रधानाध्यापकले अर्को हप्ता तर स्कूल सकिएपछि भिडियो देखाउन सकिने कुरा बताए। यो सुनेर म अलि निरुत्साहित भएँ किनकी मलाई लागेको थियो, कतै मेरा सहपाठीहरूले भिडियो हेर्न समय नदिने पो हुन्‌ कि। तैपनि, अर्को दिन मैले सबैलाई भिडियो हेर्न निम्तो दिएँ। खुसीको कुरा, तिनीहरूले मेरो निम्तो मात्र स्वीकारेनन्‌ तर अरू कक्षाका विद्यार्थीहरूलाई पनि भिडियो हेर्न आउन निम्तो दिए। एक जना धर्मविद्‌ लगायत छ जना शिक्षकहरू पनि भिडियो हेर्न उपस्थित भए।

“सबैले ध्यानमग्न भएर भिडियो हेरे। भिडियो हेरिसकेपछि, प्रधानाध्यापकले मलाई भिडियोबारे सोधिएका प्रश्‍नहरूको जवाफ दिन आग्रह गरे। भिडियोमा देखाइएको यहोवाका साक्षीहरूको मुख्यालयमा स्वयम्‌सेवकहरूले गर्ने कामबाट धेरै विद्यार्थीहरू प्रभावित भए। एक जना विद्यार्थीहरूले त अचम्म मान्दै यसो भने, ‘विनातलब तिनीहरू यति रमाइ-रमाइ काम गर्छन्‌, कस्तो अचम्म!’

“मैले उपस्थित सबैलाई हाम्रो बाइबल आधारित प्रकाशनहरूबारे बताएँ। मैले तिनीहरू सबैलाई ‘नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य?’ शीर्षकको राज्य समाचार नं. ३६ वितरण गरें। मेरा प्रधानाध्यापकले त्यहाँ अनुपस्थित अन्य शिक्षकहरूलाई पनि उक्‍त पर्चा दिन थप प्रति ल्याउन आग्रह गरे।

“त्यसपछि धेरै विद्यार्थीहरूले आ-आफ्ना साथीहरूसित भिडियोबारे कुरा गरे। यो अवसरलाई साक्षी दिने काममा प्रयोग गर्न पाउँदा म औधी खुसी थिएँ। मेरा सहपाठीहरूले मलाई अझ धेरै आदर देखाए तर त्योभन्दा महत्त्वपूर्ण कुरा त, तिनीहरूले मैले उपासना गर्ने परमेश्‍वरलाई आदर देखाए!” (g02 5/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने