प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ६/८ पृ. ३१
  • होसियारीसाथ टेलिभिजन प्रयोग गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • होसियारीसाथ टेलिभिजन प्रयोग गर्ने
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
ब्यूँझनुहोस्‌!—२०००
g00 ६/८ पृ. ३१

होसियारीसाथ टेलिभिजन प्रयोग गर्ने

टेलिभिजन “प्रमुख कथाकार, आया अनि जनधारणालाई प्रभाव” पार्ने तत्त्व हो भनी मिडिया वाचले तयार पारेको रिपोर्ट, नट इन द पब्लिक इन्ट्रेस्ट—लोकल टिभी न्युज इन अमेरिका उल्लेख गर्छ। “टिभी, हामी वरपर जतासुकै छ। . . . चुरोटको धूँवाजस्तै यो वायुमण्डलमा छरिएको छ।” अनि जथाभावी च्यानल छान्दै घण्टौंसम्म टिभी हेरिरहँदा त्यसले अर्काले फालेको धूँवामा सास फेर्दा हुने जत्तिकै हानि गर्छ र विशेष गरी बच्चाहरूलाई।

टिभीमा देखाइएका अपराध र हिंसाबारे कुरा गर्दै उपरोक्‍त रिपोर्ट उल्लेख गर्छ, “हिंस्रक दृश्‍यहरूले बच्चाको सिक्ने क्षमतामा असर गर्नुका साथै तिनीहरूको समानुभूति कम गर्छ र फलतः हिंस्रक बनाउँछ।” सन्‌ १९९२ मा अमेरिकन मेडिकल एसोसिएसनले “टेलिभिजन, युवा पीढीको स्वास्थ्यमा खतरा पुऱ्‍याउने हानिकारक तत्त्व हो” भनेको छ।

आफ्ना बच्चाहरूमा टिभी कार्यक्रमले पुऱ्‍याउने हानिकारक प्रभावलाई तपाईं कसरी नियन्त्रणमा राख्न सक्नुहुन्छ? अझ होसियारीसाथ टेलिभिजन प्रयोग गर्नेसम्बन्धमा थुप्रै जनस्वास्थ्य संगठनहरूको सिफारिसबाट तयार पारिएका केही सुझाउहरूको सूची उक्‍त रिपोर्टमा दिइएको छ। तीमध्ये केही यसप्रकार छन्‌।

◼ टिभी हेर्ने योजना बनाउनुहोस्‌ र त्यसलाई सीमित गर्नुहोस्‌। बच्चाहरूले टिभी हेर्नसक्ने समय तोक्नुहोस्‌। टिभी बच्चाहरूको कोठामा नराख्नुहोस्‌।

◼ टिभीको छेवैमा ग्लोब पनि राख्नुहोस्‌। यसो गर्दा बच्चाहरूले टिभीमा देखेका ठाउँहरू उक्‍त ग्लोबमा पत्ता लगाउनसक्छन्‌।

◼ काल्पनिक कुरा र वास्तविकताबीचको भिन्‍नता छुट्याउने जस्ता कुराहरू बताउनसक्न बच्चाहरूसँगै टिभी हेर्नुहोस्‌। दस वर्षमुनिका थुप्रै बच्चाहरूले यो भिन्‍नता अक्सर बताउन सक्दैनन्‌।

◼ घरमा, सजिलै टिभी हेर्नसकिने ठाउँबाट त्यसलाई हटाउनुहोस्‌। टिभीलाई बन्द गर्न मिल्ने दराजमा राख्नुहोस्‌। यसो गर्दा टिभी खोल्न र फट्‌फट च्यानल फेर्न सकिंदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने