प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ३/८ p. २७
  • बेलाइती भंगेराको रहस्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेलाइती भंगेराको रहस्य
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • घाइते भँगेराको लागि नयाँ घर
    ब्यूँझनुहोस्‌!—२००५
  • यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • जीवन अर्थपूर्ण छ—किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ३/८ p. २७

बेलाइती भंगेराको रहस्य

बेलाइतको ब्यूँझनुहोस्‌! लेखकद्वारा

थुप्रै ठाउँमा पाइने चिरबिर र चींचीं गर्ने भंगेरा बेलाइती दृश्‍यको पर्यायवाची भएको धेरै भइसक्यो। तर अहिले अकस्मात्‌ शहरी क्षेत्रबाट यो भंगेरा हराउन थालेको छ तर किन हराइरहेका छन्‌ त्यसबारे भने कसैलाई थाह छैन। यो रहस्य पत्ता लगाउन सक्ने कुनै पनि व्यक्‍तिबाट प्राप्त पहिलो वैज्ञानिक लेखलाई लण्डनको इन्डिपेन्डेन्ट अखबारले ५,००० पाउण्ड (७,२०० अमेरिकी डलर) पुरस्कारस्वरूप प्रदान गर्ने भएको छ। द रोएल सोसाइटी फर द प्रोटेक्सन अफ बर्डस्‌ एण्ड द ब्रिटिश ट्रस्ट फर अर्निथलोजीले यसको निर्णय गर्नेछ। यो काम पूरा हुन कम्तीमा पनि दुई वर्ष लाग्ने अनुमान गरिएको छ।

सर्वेक्षणले देखाएअनुसार मुलुकका शहरहरूमा भंगेराको संख्या अत्यधिक मात्रामा घटेको छ। कुनै कुनै ठाउँमा त तिनीहरू ठ्याम्मै देखिंदैनन्‌। यद्यपि, अहिले पनि युरोपका केही शहरहरू जस्तै, पेरिस तथा म्याड्रिडमा भंगेराहरू प्रशस्तै छन्‌। विश्‍वले नै भंगेरा विशेषज्ञको रूपमा मानेको डा. डेनिस समर्ज स्मिथ यसो भन्छन्‌, ‘यो विगत ५० वर्षको असाधारण वन्यजन्तु रहस्यहरूमध्ये एक हो।’

ग्रामीण क्षेत्रमा ६५ प्रतिशतको दरले भंगेराहरूको संख्यामा कमी आउनुको कारण खेतीपाती बढ्‌नुलाई मानिएको छ। ग्रामीण क्षेत्रका अन्य प्रजातिका चराहरूको संख्यामा पनि कमी आएको छ। तर यसले शहरी क्षेत्रमा भंगेराहरूको संख्यामा ९२ प्रतिशत ह्रास आउनुको कारण भने खुलाउँदैन। पर्यावरणविद्‌ माइकल म्याककार्थीका अनुसार भंगेराहरू यसरी एक्कासि हराउनाले “भंगेराहरूको इकोसिस्टममा पक्कै पनि जटिल समस्या छ र हाम्रो इकोसिस्टममा पनि त्यस्तै गडबडी भएको हुनसक्छ।” त्यसोभए, कहाँ गड्‌बडी भयो त र यो कत्तिको गम्भीर छ, त्यसबारे हेर्न भने बाँकी नै छ। (g01 2/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने