प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. २ pp. १४-१५
  • जीवन अर्थपूर्ण छ—किन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन अर्थपूर्ण छ—किन?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर तपाईँको ख्याल राख्नुहुन्छ
  • तपाईँको जीवन उद्देश्‍यपूर्ण छ
  • तपाईँसित उज्ज्वल भविष्यको आशा छ
  • यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन
    यहोवासित नजिक हुनुहोस्‌
  • के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. २ pp. १४-१५
जवान बहिनी बाइबल पढ्‌छिन्‌

जीवन अर्थपूर्ण छ—किन?

फेजलले आफ्नी श्रीमती गुमाएको एक वर्षपछि मुटुको अप्रेसन गर्नुपर्ने भयो। तिनी यसो भन्छन्‌: “अय्युबको किताब पढ्‌दा यहोवाले किन यो किताबलाई बाइबलको भाग हुन दिनुभयो भनेर बुझ्न सकेँ। हामीले जस्तै समस्याको सामना गरेको व्यक्‍तिबारे बाइबलबाट पढ्‌दा साँच्चै सान्त्वना मिल्छ।” तिनी यसो पनि भन्छन्‌: “जीवन अझै अर्थपूर्ण छ।”

टार्सा सानै छँदा तिनकी आमाको मृत्यु भयो। तिनी यसो भन्छिन्‌: “जीवनमा जस्तोसुकै समस्या आए तापनि सृष्टिकर्ताबारे थाह पाउँदा जीवनको उद्देश्‍य र भविष्यको आशा पाउन सक्छौँ। अनि आनन्दित हुन पनि सकेकी छु। यहोवाले सहने बल अनि मदत दिनुहुन्छ भनेर हामी पूर्णतया विश्‍वस्त हुन सक्छौँ।”

अघिल्लो लेखहरूमा बताइएजस्तै हामीले जीवनमा सहनै नसक्ने परिस्थितिहरूको सामना गर्नुपर्ने हुन सक्छ। समस्याहरूको सामना गर्नुपर्दा ‘जीवनको कुनै अर्थ छैन वा कसैले पनि मेरो ख्याल राख्दैन’ जस्तो लाग्न सक्छ। तर परमेश्‍वरले तपाईँको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। उहाँको लागि तपाईँ अनमोल हुनुहुन्छ।

भजन ८६ का लेखकले परमेश्‍वरप्रतिको आफ्नो भरोसा यसरी व्यक्‍त गरे: “मेरो सङ्‌कटको दिनमा म तपाईँलाई पुकार्छु किनकि तपाईँ मलाई जवाफ दिनुहुन्छ।” (भजन ८६:७) तर तपाईँलाई लाग्ला, ‘“सङ्‌कटको दिनमा” परमेश्‍वरले मलाई कसरी जवाफ दिनुहुन्छ?’

परमेश्‍वरले तपाईँको सबै समस्याहरू अहिले नै हटाउनुहुन्‍न होला। तर उहाँ तपाईँलाई सहने बल दिन सक्नुहुन्छ भनेर परमेश्‍वरको वचन बाइबलमा बताइएको छ। बाइबल यसो भन्छ: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र तिमीहरूको विचारको रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७, फुटनोट) तल दिइएका पदहरूले परमेश्‍वर साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी विश्‍वस्त बनाउँछ, विचार गर्नुहोस्‌।

परमेश्‍वर तपाईँको ख्याल राख्नुहुन्छ

“एउटा [भँगेरा] पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। . . . तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।”—लुका १२:६, ७.

विचार गर्नुहोस्‌: कुनै मोल नभएको जस्तो देखिने स-साना चराहरूको पनि परमेश्‍वर ख्याल राख्नुहुन्छ। एउटा सानो भँगेरालाई पनि परमेश्‍वर बिर्सनुहुन्‍न। उहाँको नजरमा सबैको जीवन बहुमूल्य छ। परमेश्‍वरको नजरमा मानिसहरू भँगेराभन्दा कैयौँ गुणा बहुमूल्य छन्‌। परमेश्‍वरकै “स्वरूपमा” सृष्टि गरिएकोले मानिसहरू उहाँको उत्कृष्ट गुणहरू देखाउन सक्छन्‌।—उत्पत्ति १:२६, २७.

“हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्‍नुभएको छ। . . . मेरा विचारहरू तपाईँ . . . थाह पाउनुहुन्छ। . . . मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता थाह पाउनुहोस्‌।”—भजन १३९:१, २, २३.

विचार गर्नुहोस्‌: परमेश्‍वर तपाईँलाई राम्रोसँग चिन्‍नुहुन्छ। तपाईँको भित्री भावना र विचारहरू उहाँलाई राम्रोसँग थाह छ। तपाईँमाथि आइपरेका समस्याहरूबारे अरूलाई थाह नहोला तर परमेश्‍वरलाई थाह छ। अनि उहाँ तपाईँको ख्याल राख्नुहुन्छ। उहाँ तपाईँलाई मदत गर्न चाहनुहुन्छ। यो कुराले साँच्चै हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ।

तपाईँको जीवन उद्देश्‍यपूर्ण छ

“हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌; मेरो गुहार तपाईँसम्म पुगोस्‌। . . . मतिर आफ्नो कान फर्काउनुहोस्‌, मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्‌। . . . उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ।”—भजन १०२:१, २, १७.

विचार गर्नुहोस्‌: दुःखकष्टको कारण मानिसजातिले बगाएको प्रत्येक आँसु यहोवाले जम्मा गर्नुभएको छ अर्थात्‌ याद गर्नुभएको छ भनी बाइबल बताउँछ। (भजन ५६:८) यहोवाले तपाईँले बगाउनुभएको आँसु पनि बिर्सनुभएको छैन। यहोवा तपाईँले भोग्नुभएको प्रत्येक समस्या र तपाईँले बगाउनुभएको प्रत्येक आँसु सम्झनुहुन्छ किनभने उहाँको नजरमा तपाईँ अनमोल हुनुहुन्छ।

“फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ। म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु। . . . म यहोवा तिम्रा परमेश्‍वर . . . तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’”—यसैया ४१:१०, १३.

विचार गर्नुहोस्‌: परमेश्‍वर तपाईँलाई मदत गर्न इच्छुक हुनुहुन्छ। उहाँले तपाईँलाई सम्हाल्नुहुनेछ।

तपाईँसित उज्ज्वल भविष्यको आशा छ

“किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”—युहन्‍ना ३:१६.

विचार गर्नुहोस्‌: परमेश्‍वरले तपाईँलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले तपाईँको लागि आफ्नो एक मात्र प्रिय छोरा येसु बलिदानको रूपमा दिनुभयो। यसले गर्दा तपाईँले भविष्यमा सुखी र उद्देश्‍यपूर्ण जीवन बिताउने आशा पाउनुभयो।a

जीवनमा सहनै नसक्ने समस्या भोग्नुपरे तापनि परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहोस्‌। परमेश्‍वरले भविष्यको लागि गर्नुभएको प्रतिज्ञामा आफ्नो विश्‍वास बढाउनुहोस्‌। यसले तपाईँलाई आनन्दित बनाउनेछ। अनि जीवन उद्देश्‍यपूर्ण छ भन्‍ने कुरामा तपाईँलाई ढुक्क बनाउनेछ।

a येसुको बलिदान र यसबाट उठाउन सक्ने लाभहरूबारे थाह पाउन येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌। यो भिडियो www.jw.org/ne मा उपलब्ध छ। हाम्रो बारेमा > स्मरणार्थ अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने