प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ४/८ पृ. ३
  • इतिहास—के हामी यसमा भरोसा गर्नसक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इतिहास—के हामी यसमा भरोसा गर्नसक्छौं?
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • अतीतबाट हामी के सिक्नसक्छौं?
    ब्यूँझनुहोस्‌!—२००१
  • बाइबल—साँचो इतिहास?
    ब्यूँझनुहोस्‌!—२००१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • परिचालक निकायको पत्र
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ४/८ पृ. ३

इतिहास—के हामी यसमा भरोसा गर्नसक्छौं?

“अतीतको ज्ञानले . . . हामीलाई हाम्रो जन्मभन्दा धेरै अघि र मृत्युपछि पनि सदियौंसम्म चलिरहने मानव समाजका भाग हौं भन्‍ने महसुस गराउँछ।”—माइकल स्टानफोर्डद्वारा लिखित अ कम्पानियन टु द स्टडी अफ हिस्ट्री।

हामीलाई विगतबारे केही ज्ञान भएन भने जीवन अपूरो हुन्छ। इतिहासविना तपाईं, तपाईंको परिवार, तपाईंको जाति अर्थात्‌ तपाईंको राष्ट्रको कुनै जग अर्थात्‌ अतीत नै नभएजस्तो देखिनेछ। वर्तमान समयको कुनै जग अनि खासै अर्थ नभएजस्तो देखिन्छ।

इतिहास भनेको जीवनसम्बन्धी महत्त्वपूर्ण पाठहरूको विशाल भण्डार हुनसक्छ। यसले हामीलाई अतीतका गल्तीहरू नदोहऱ्‍याउन मदत गर्नसक्छ। एक जना दार्शनिकले पूर्ण विश्‍वस्तताका साथ भनेझैं अतीतलाई भुल्ने मानिसहरूले फेरि पनि पुरानै तीता अनुभवहरू पक्कै दोहऱ्‍याउने छन्‌। अतीतबारे ज्ञान छ भने यसले हामीलाई विगतका सभ्यता, अद्‌भुत आविष्कार, चाखलाग्दा मानिसहरू तथा एउटै कुरालाई पनि भिन्‍नाभिन्‍नै दृष्टिकोणले हेर्न मदत गर्छ।

तर इतिहासले धेरै अघिका मानिस तथा घटनाबारे बताउने भएकोले यसलाई पत्याउन सकिन्छ भनेर कसरी थाह पाउने? इतिहासमा आधारित बहुमूल्य पाठहरू सिक्ने हो भने यी कुराहरू साँचो हुनुपर्छ। अनि हामीले सत्य पाइसकेपछि त्यो हामीलाई मन परोस्‌ या नपरोस्‌ त्यसलाई स्वीकार्नुपर्छ। अतीत भनेको एउटा गुलाफको बगैंचाजस्तै हो। यसको आफ्नै सौन्दर्य छ र काँडाहरू पनि हुन्छन्‌। यसले हामीलाई मक्ख पार्न र घोच्न पनि सक्छ।

यसपछिका लेखहरूमा हामी इतिहासका केही पक्षहरूमा ध्यान दिनेछौं। त्यसले हामीलाई आफूले पढिरहेका कुराहरूको सत्यता ठम्याउन मदत गर्नसक्छ। यसबाहेक इतिहासका भरपर्दा रेकर्डहरूले समझदार पाठकहरूलाई कसरी फाइदा पुऱ्‍याउनसक्छ, त्यसबारे पनि हामी ध्यान दिनेछौं। (g01 3/8)

[पृष्ठ ३-मा भएको चित्र]

महारानी नेफरटीटी

[पृष्ठ ३-मा भएको चित्र]

इतिहासबाट के-कस्ता पाठहरू सिक्नसक्छौं?

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Nefertiti: Ägyptisches Museum der Staatlichen Museen Preußischer Kulturbesitz, Berlin

Border: Photograph taken by courtesy of the British Museum

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने