प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ४/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • डिएसटि—समय अगावै प्रस्तुत गरिएको विचार?
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ४/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

फूलो “तपाईंको आँखामा फूलो?” (जून ८, २००० [अंग्रेजी]) लेख मेरोलागि एकदमै महत्त्वपूर्ण साबित भयो। मेरो दाहिने आँखाको नानीले राम्ररी काम गर्न छाड्‌नु तीन दिनअगाडि यो पत्रिका पाएँ। यस लेखमा वर्णन गरिएका लक्षणहरूले तुरुन्तै उपचार गराउन मलाई सजग गरायो। आँखामा परेको क्षति हटाउन लेजर उपचार गरियो र अब मेरो दृष्टि खत्तम भएन। राम्ररी अनुसन्धान गरिएका व्यावहारिक लेखहरूका लागि धेरै धन्यवाद।

सी. भी., दक्षिण अफ्रिका (g01 3/8)

प्रचारप्रसार मैले भर्खरै मात्र जून २२, २००० को अंग्रेजी अंक पढ्‌न सिद्धयाएँ र “तपाईंले सुन्‍नुभएका सबै कुरा पत्याउनुपर्छ र?” भन्‍ने श्रृंखलाबद्ध लेखको लागि धन्यवाद दिन चाहन्छु। म बसेको ठाउँमा रोमानियालीहरूलाई (फिरन्ता) उपहास गर्ने चलन छ। तिनीहरूले कसरी चोर्छन्‌ होला भनी मानिसहरू ठट्टा गर्ने गर्छन्‌। ती लेखहरूले गर्दा त्यस्तो ठट्टा गर्नु गलत रहेछ भनेर मैले थाह पाएँ र अबदेखि मैले त्यस्तो ठट्टामा भाग नलिने निर्णय गरेको छुँ।

क. एम., चेक गणतन्त्र (g01 3/8)

मुस्कान “मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!” विषयक बहुमूल्य लेख छाप्नुभएकोमा धेरै धन्यवाद। (जुलाई ८, २०००) यसले भनेको कुराहरूसित म पूर्णतया सहमत छु। यसले देखावटी हाँसो नदेखाउने सम्बन्धमा सधैं सकारात्मक सोचाइ राख्न सम्झाएको छ। हो, हामी मुस्कुराउँदा साथी बनाउन सजिलो हुन्छ। यसले तनाउ हटाउन पनि मदत गर्छ।

पी. सी., चीन (g01 3/8)

सान्तेरिया तपाईंहरूले “सान्तेरियाको मोहनी” (जुलाई ८, २०००) विषयक ब्यूँझनुहोस्‌!-को लेखमा सुरुमै क्यूबामा सान्तेरिया विशेष धर्मको रूपमा देख्न सकिन्छ र यो क्यूबाबाट बिस्तारै अरू देशहरूमा फैलेको हो, भन्‍नुभएको छ। अनि त्यही लेखमा फेरि सान्तेरिया क्यारिबियनका सबै टापुहरूमा नाइजेरियाबाट आएका अफ्रिकी दासहरूले ल्याएको हो पनि भनिएको छ। यो लेख कुनै क्यूबेलीले नभई मेक्सिकोका बासिन्दाले लेखेका थिए। यसलाई सनसनीपूर्ण पत्रकारिता भनिन्छ र यसले तपाईंहरूको विश्‍वसनीयतामा आँच पुऱ्‍याउँछ।

भी. आर., संयुक्‍त राज्य

सान्तेरिया “क्यूबाको अति विशिष्ट धर्मको रूपमा देख्न सकिन्छ” भन्‍न खोजेका थिएनौं। बरु, सान्तेरिया मेक्सिको अनि संयुक्‍त राज्यलगायत विश्‍वका अन्य देशमा पनि मान्‍ने गरिन्छ भनेर हामीले प्रस्ट्यायौं। सान्तेरिया कसरी फैलियो भन्‍ने विषयमा चाहिं “इन्साइक्लोपीडिया ब्रिटानिका”-ले बताएअनुसार यो “धार्मिक सम्प्रदाय क्यूबामा सुरु भएर त्यसका वरपरका टापुहरूमा फैलियो। . . . यो योरूबाका बासिन्दाहरूको (हाल नाइजेरिया अनि बेनिन) प्रचलनहरूबाट विकास भएको थियो।”—सम्पादक। (g01 3/22)

अन्टार्टिका “अन्टार्टिका–अन्तिम अन्वेषणक्षेत्र” (अगस्त ८, २०००) लेख मैले दोहऱ्‍याईतेहऱ्‍याई पढें। हाम्रा अस्ट्रेलियास्थित ब्यूँझनुहोस्‌!-का लेखक अनि कलाकारले निकै उत्कृष्ट काम गरेका छन्‌! यसले मलाई विगतका कुराहरूको सम्झना दिलायो। लगभग ४५ वर्षअघि अन्तरराष्ट्रिय भूगतिविधि वर्षको दौडान संयुक्‍त राज्यको एउटा समूहलाई अन्टार्टिकाको अध्ययन गर्न खटाइएको थियो। तिनीहरूको अध्ययनलाई ऐतिहासिक पुस्तकको रूपमा तयार गर्न तीनवटा ठूलठूला खण्डहरू आवश्‍यक पऱ्‍यो। स्वतन्त्र ग्राफिक चित्रकारको हैसियतमा मलाई पनि काममा लगाइएको थियो। आज म यहोवाको साक्षी भइसकेकी छु र मैले पूर्ण समय सुसमाचार प्रचारकको काम गरेको पनि लगभग १६ वर्ष भइसक्यो। तैपनि, अन्टार्टिकाका थुप्रै फोटो अनि नक्सा मेरो स्टुडियोमा प्रशस्त छन्‌। यस लेखको लागि धेरै धेरै धन्यवाद!

सी. एम., संयुक्‍त राज्य (g01 3/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने