प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • २०००—के यो साँच्चै एउटा विशेष वर्ष हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

चिनियाँ वैद्यखाना “चिनियाँ वैद्यखानाको भ्रमण” विषयक लेखमा व्याख्या गरिएको वैकल्पिक औषधोपचारको सिद्धान्तको सन्दर्भमा मलाई चित्त नबुझेका केही कुराहरू छन्‌। (डिसेम्बर ८, २०००) जडीबुटीको प्रयोगसित मलाई कुनै आपत्ति छैन। तथापि, यिङ-याङमा तातो र चिसोभन्दा अझ बढी कुरा समावेश छैन र? तपाईंहरूले टुनामुना र झूटा धर्ममा आधारित सिद्धान्तलाई अत्यन्तै सरल बनाउनुभयो। के यसो गर्नु खतरनाक छैन र?

भि. ए., संयुक्‍त राज्य

हो, पूर्वीय देशहरूमा यिङ-याङको सिद्धान्तलाई तन्त्रमन्त्रलगायत अन्य थुप्रै क्षेत्रमा लागू गरिएका छन्‌। तथापि, धर्मशास्त्रमा निषेध नगरिएका अन्य तरिकाहरू जस्तै, रोग पत्ता लगाउने सन्दर्भमा यसको प्रयोगलाई बन्देज लगाउन सकिंदैन। अतः प्रत्येक मसीहीले यस सिद्धान्तको आधारमा त्यस्तो औषधी प्रयोग गर्ने कि नगर्ने, त्यो आफै निर्णय गर्नुपर्छ।—सम्पादक। (g01 8/8)

यल्लोस्टोन “यल्लोस्टोन—पानी, पत्थर अनि आगोको सँगालो” नामक लेखको म मूल्यांकन गर्न चाहन्छु! (जनवरी ८, २००१) गत वर्ष मेरी श्रीमती र मैले यस पार्कमा काम गर्ने अवसर पाएका थियौं। मेरी श्रीमतीले अनुसन्धान डेटाबेसमा काम गरिन्‌ भने, मैले चाहिं सिमसारहरूको सर्वेक्षण गरें। त्यसैकारण, यो लेख देख्दा हामी अत्यन्तै रोमाञ्चित भयौं र तुरुन्तै पढ्‌न थाल्यौं। उत्कृष्ठ लेख! तस्बिरहरूको छनौट र अनुसन्धान पनि राम्रो थियो। हरेक क्षेत्रको जानकारी सही थियो। तर त्यस ठाउँलाई अझ राम्ररी बुझ्न एक चोटि गएरै हेर्नुपर्छ! सौन्दर्यको कुनै सीमा नै छैन।

डि. एस., संयुक्‍त राज्य (g01 8/8)

जीवनी “मलाई सम्हाल्ने आशा” लेखको निम्ति धन्यवाद। (जनवरी ८, २००१) बुबाले आमालाई गरेको दुर्व्यवहार देखेको कारण म उहाँलाई सानैदेखि घृणा गर्थें। उहाँप्रति त्यस्तो घृणाको भावना राख्नु गलत हो भनी मलाई थाह भए तापनि त्यस्ता भावनाहरू काबूमा राख्नु साह्रै गाह्रो थियो। तर मैले टाटयाना भिलेस्काको जीवनी पढें, जसले आफ्नो आमाको हत्या गर्ने मानिसप्रतिको घृणाको भावना हटाउने प्रयास गरिन्‌। म तिनको अनुकरण गर्न चाहन्छु।

ए. के., जापान (g01 8/22)

टाटयानाले आफ्ना आमाबाबु गुमाउँदा भोग्नुपरेको पीडादायी अनुभव पढ्‌दा मैले आफ्नो आँसु थाम्नै सकिनँ। यस्ता अनुभवहरूले मलाई संसारभरि थुप्रै मानिसहरूले भयानक कठिनाइहरू सफलतासाथ सहिरहेका छन्‌ र व्यक्‍तिगत संघर्षका बावजूद आनन्दित छन्‌ भनी बारम्बार सम्झना गराउँछ।

जे. आर., संयुक्‍त राज्य (g01 8/22)

मैले भर्खरै टाटयाना भिलेस्काको अत्यन्तै चाखलाग्दो जीवनी पढ्‌न सिध्याएँ। तिनको जीवनी म हतपती बिर्सन सक्दिनँ। बाइबल सत्य सिक्नुअघि तिनले भोगेका दुःख र त्यसको बावजूद अझै सकारात्मक मनोवृत्ति राख्नसक्नु साँच्चै आध्यात्मिक चमत्कार नै हो।

एस. एस., संयुक्‍त राज्य (g01 8/22)

वैवाहिक जीवन बचाउने फेब्रुअरी ८, २००१ को ब्यूँझनुहोस्‌!-मा प्रकाशित “के हाम्रो वैवाहिक जीवन बचाउन सकिएला?” श्रृंखलाको निम्ति मेरो हार्दिक धन्यवाद छ। एक वर्षअघि म र मेरी श्रीमतीबीच वैवाहिक समस्या उत्पन्‍न भएको थियो। हामी दुवै जना रिसको कुनै सीमा नरहने परिवारमा हुर्केका थियौं। त्यसैले, हामी एकअर्कालाई असाध्यै चित्त दुख्ने कुराहरू भन्थ्यौं र परिस्थिति नियन्त्रण बाहिर हुन्थ्यो। तर हामीले बाइबल सिद्धान्तहरू जीवनमा लागू गर्न थालेका छौं र अहिले हामी आनन्दित छौं।

आर. ओ., संयुक्‍त राज्य (g01 8/22)

मण्डलीको प्राचीनको नाताले मलाई सबैभन्दा चुनौतीपूर्ण लागेका परिस्थितिहरूमध्ये एउटा, प्रेमशून्य वैवाहिक जीवनको दलदलमा फसेकाहरूलाई मदत गर्नु हो। निश्‍चय, वर्षौंको दौडान हामीले प्रकाशनहरूमार्फत पर्याप्त धर्मशास्त्रीय सल्लाहहरू पाएका छौं। तथापि, यस पत्रिकाको आवरण हेर्दा मात्र पनि त्यस्ताहरूलाई अब प्रत्यक्ष सरसल्लाह दिएर मदत गर्न पाइने भयो भनी थाह पाइहालें। साँच्चै, ती लेखहरू मैले आशा गरेझैं थियो!

एल. आर., संयुक्‍त राज्य (g01 8/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने