प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १०/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १०/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

युवाजनहरूसम्बन्धी लेखहरू म १२ वर्षकी हुँ र मलाई तपाईंहरूको पत्रिका पढ्‌न असाध्यै मनपर्छ। तपाईंहरूको पत्रिका पढ्‌नुअघि मलाई मेरा साथीहरूसित मिलेर बस्न असाध्यै गाह्रो लाग्थ्यो किनभने तिनीहरू सबै उमेरमा मभन्दा ठूला थिए। तर “युवा जनहरू सोध्छन्‌ . . . ” लेखहरू पढेपछि मलाई तिनीहरूसित घुलमिल हुन सजिलो भएको छ। तपाईंहरूको पत्रिकाको निम्ति धन्यवाद। किनकि ती साँच्चै मदतकारी छन्‌।

एन. आइ., रूस

भाषा सिक्ने “के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ?” विषयक लेखमा दिइएका मदतकारी सुझाउहरूको निम्ति धन्यवाद। (फेब्रुअरी ८, २०००) मैले स्पेनी भाषा सिक्न थालेको दुई वर्ष भयो र यो भाषा सिक्नु साँच्चै मदतकारी साबित भएको छ। हालै आयोजित अन्तरराष्ट्रिय अधिवेशनको दौडान मैले अन्य देशबाट आएका थुप्रै सँगी विश्‍वासीहरूलाई मदत गर्न सकें।

के.एल.आर., ब्राजिल

मैले गत तीन वर्षदेखि फ्रान्सेली भाषा सिक्दै आएकी छु र यस लेखको निम्ति तपाईंहरूलाई धन्यवाद दिनैपर्छ। यो लेख एकदमै प्रोत्साहनदायी थियो! मेरो यस अध्ययन नछोड्‌न मैले नयाँ जोस पाएकी छु। मेरो आशा र प्रार्थना छ कि कुनै दिन यस विदेशी भाषा बोल्न जान्‍ने मेरो योग्यता मसीही सेवकाईको कुनै पक्षमा प्रयोग गर्न सक्षम हुनेछु।

एल. सी., संयुक्‍त राज्य

यहाँ बभेरीयामा थुप्रै विदेशी छन्‌। थुप्रैलाई जर्मन भाषा आए तापनि मानिसहरूले आफ्नै मातृभाषामा बाइबलको सुसमाचार सुन्‍न पाउँदा राम्रो प्रतिक्रिया देखाउँछन्‌। थुप्रै रूसी भएको कारण मैले त्यस भाषा सिक्ने निर्णय गरें। भाषा सिक्नु चुनौतीपूर्ण छ भनेर तपाईंहरूले एकदमै सही भन्‍नुभयो। तथापि, मैले पहिलो खुड्‌किलो पार गरिसकें। त्यो हो, अक्षरहरू सिक्ने। मेरोलागि अब ती कालो अक्षर भैंसी बराबर होइनन्‌।

बि. के., जर्मनी

नयाँ भाषा सिक्न तपाईंहरूले गाडी चलाउँदा श्रव्य क्यासेट सुन्‍ने सुझाउ दिनुभएको थियो। तर मलाई यो सल्लाह राम्रो हो जस्तो लागेन किनभने त्यसो गरेर गाडी चलाउँदा हाम्रो ध्यान अन्य ठाउँमा जानसक्छ र यसको कारण दुर्घटना हुनसक्छ।

के. एस., जापान

हामीले सवारी सुरक्षासम्बन्धी थुप्रै संगठनलाई सोधपुछ गऱ्‍यौं तर सबैले संगीत सुन्दै वा अर्को व्यक्‍तिसित कुरा गर्दै गाडी चलाउँदा खतरा नभए जस्तै शैक्षिक श्रव्य क्यासेट सुन्दै गाडी चलाउँदा खतरा नहुने कुरा बताए। तैपनि, गाडी चलाउँदा सावधान हुनुपर्ने सम्झौटाको निम्ति धन्यवाद।—सम्पादक।

रक्‍तविहीन शल्यक्रिया “रक्‍तविहीन औषधोपचार तथा शल्यक्रिया—बढ्‌दो माग” श्रृंखलाको निम्ति म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। (अप्रिल ८, २०००) यसले यहोवाका साक्षीहरूप्रतिको केही पूर्वाग्रह हटाउन मदत गऱ्‍यो। मैले यसको केही प्रति अफिस लगें र मेरा सहकर्मीहरूलाई दिएँ। दिउँसो एकछिन हुने छुट्टिमा एक सहकर्मीले उत्सुकतासाथ त्यस पत्रिका पढिरहेको मैले देखें। तिनले पछि मलाई यसो भने: “मैले यस पत्रिकामा त्यति धेरै चाखलाग्दो लेखहरू होला भनेर सोचेकै थिइनँ!”

आइ. एस., चेक गणतन्त्र

इन्टरनेटका खतराहरू “युवा जनहरू सोध्छन्‌ . . . इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?” (फेब्रुअरी ८, २०००) लेखमा इन्टरनेटको उपयोगिता र खतरा एकदमै सन्तुलित ढंगमा प्रस्तुत गरिएको थियो। आफ्नो कामको सिलसिलामा दिनदिनै इन्टरनेट चलाउनुपर्ने भएकोले बारम्बार खतराहरू आफूसामु आइपरेको मैले पनि महसुस गरेको छु। ती खतराहरूबाट जोगिनु एकदमै महत्त्वपूर्ण छ!

जे. एल., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने