प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ११/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२००१
g०१ ११/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

डेटिङ गर्ने उमेर पुगेको छैन? मलाई “युवा जनहरू सोध्छन्‌ . . . आमाबुबा भन्‍नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?” (फेब्रुअरी ८, २००१) विषयक लेख पढ्‌दा धेरै रमाइलो लाग्यो। म अहिले १७ वर्षको भएँ र विवाह गर्ने वा परिवारको लागि बन्दोबस्त मिलाउन सक्ने अवस्थामा पुगिसकेको छैन भन्‍ने निष्कर्षमा पुगेको छु। यस लेखले मलाई डेटिङ गर्नुअघि यसबारे राम्ररी विचार गर्नुका साथै कुनै दिन डेटिङ र विवाह गर्ने निर्णय गर्दा आफ्नो समझशक्‍ति चलाउन मदत गरेको छ।

ए. एम. एच., संयुक्‍त राज्य (g01 10/8)

मात्र १५ वर्षको उमेरमा, स्कूलमा आइपर्ने डेटिङ गर्ने दबाउ सामना गर्न साह्रै गाह्रो हुँदो रहेछ। मैले बाइबल तथा सँगी मसीहीहरूबाट समर्थन पाएको छु भन्‍ने कुरा थाह पाउनु मेरोलागि प्रोत्साहनदायी कुरा हो। मैले लिएको अडानमा दृढ रहन यसले मदत गर्छ!

एल. एम., क्यानाडा (g01 10/8)

दुई जना किशोर किशोरी फोनमा कुरा गरिरहेको चित्र म बुझ्नसक्छु, किनभने म पनि त्यस्तै बाटोतिर लम्किरहेकी थिएँ। मेरो डेटिङ गर्नेबेला भइसकेको छैन भनेर थाह भएको कारण एक जना केटासित संगत गर्न छोड्‌नुपऱ्‍यो। यस्ता लेखहरूले मेरो पर्खने निर्णयमा अडिग रहन प्रेरणा दिन्छ।

एम.आर.सी., संयुक्‍त राज्य (g01 10/8)

म १४ वर्षकी केटी हुँ। मेरो बिहे गर्ने उमेर भइसकेको छैन। त्यसैले यस लेखले मेरो उमेरमा डेटिङ गर्नु कतिको हानिकारक हुनसक्छ भनेर बुझ्न मदत गरेको छ। उक्‍त लेखले अहिले रोमान्स गर्नुभन्दा बरु यहोवासितको सम्बन्ध बढाउन प्रयत्न गर्नुपर्ने रहेछ भनी बुझ्न मलाई मदत गऱ्‍यो।

ए. पि., क्यानाडा (g01 10/8)

यो लेख मेरैलागि लेखिएको जस्तो लाग्यो। मलाई आमाबुबा साह्रै कठोर हुनुहुन्छ र मेरा भावनाहरू बुझ्नैहुन्‍न जस्तो लाग्थ्यो। उहाँहरूले मलाई मदत दिन र बचाउन सक्दो प्रयास गरिरहनुभएको छ भन्‍ने कुरा अब मैले बुझें। “युवा जनहरू सोध्छन्‌” का आउँदा लेखहरू पढ्‌न मलाई साह्रै सकसक लागिसकेको छ!

एच. इ., रोमानिया (g01 10/8)

सुनामी म १२ वर्षकी केटी हुँ र म तपाईंका सबै पत्रिकाहरू पढ्‌छु। “ज्यानमारा छालहरू मिथ्या र वास्तविकता” (मार्च ८, २००१) भन्‍ने लेख मलाई असाध्यै मनपऱ्‍यो। यी छालहरू साह्रै आकर्षक रहेछन्‌ अनि तपाईंहरूले यी छालहरू कत्तिको शक्‍तिशाली हुन्छन्‌ भन्‍ने कुरा बुझाउन चलाउनुभएका उदाहरणहरू पनि निकै रोचक लाग्यो।

के. एस., संयुक्‍त राज्य (g01 10/22)

रेडियो विकिरण “रेडियो विकिरण चिन्ताको विषय” (मार्च ८, २००१) नामक सरल लेख पढेर म त छक्क परें। स्ट्रन्टियम ९० एकदमै हानिकारक हुन्छ भनेर मलाई थाह थियो तर त्यसले मानिसलाई बाल्यकालदेखि नै असर गर्छ भन्‍ने कुराचाहिं थाह थिएन। त्यस्ता जटिल विषयहरूलाई बुझ्नु एकदमै उपयोगी हुन्छ। किनभने त्यसले समस्याहरूका समाधानका लागि महान्‌ सृष्टिकर्ताको मदत नभई हुँदैन भनेर बुझ्न मदत गर्छ। आफ्ना पाठकहरूको ख्याल राख्दै त्यस्ता कठिन विषयहरूलाई पनि सबैले बुझोस्‌ भन्‍ने हेतुले सरल तरिकामा व्याख्या गर्नुभएको लागि धेरै धन्यवाद।

एम. जेड., इटाली (g01 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने