प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ५/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गलत मदत
  • सर्वमहत्त्वपूर्ण त्यो मुस्कान
  • सबैभन्दा सही समयमापक
  • युवाहरूमाझ डायटिङ
  • हानिकारक झारहरूको सदुपयोग
  • आशाविहीनताको असर
  • कामकुरा पन्छाउने बानी तथा स्वास्थ्य
  • लामखुट्टे पासो
  • मानिसलाई माछा खान प्रोत्साहन
  • धानको भुसले रूख जोगाउँछ
  • गोलभेंडा—अत्यन्तै बहुउपयोगी “तरकारी”
    ब्यूँझनुहोस्‌!—२००५
  • तपाईं मदत पाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००१
  • म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००२
g०२ ५/८ पृ. २८-२९

विश्‍वदर्शन

गलत मदत

जापानी क्यारेटा क्यारेटा प्रजातिको कछुवा लोप हुनबाट जोगाउन गरिएका कुनै-कुनै प्रयासहरू विवादास्पद भएका छन्‌ भनी द डेली योमुरी बताउँछ। खोजतलास गरेर कछुवाका अण्डाहरू झिक्ने, ती कोरल्ने अनि पछि समुद्रमा छोडिदिने गर्दा कछुवामा हुने मार्ग निर्देशन क्षमतामा अवरोध उत्पन्‍न हुन सक्छ। प्राकृतिक तवरमा अण्डाबाट निस्केका कछुवाहरूले “बालुवामा हिंड्‌दा पृथ्वीको चुम्बकीय क्षेत्र पत्ता लगाएर दिशासम्बन्धी सहज ज्ञान विकास गर्छन्‌” भनी उक्‍त अखबार रिपोर्ट गर्छ। “कृत्रिम तरिकामा बच्चा कछुवाहरू काढ्‌दा तिनीहरूलाई पहिला बन्द इलाकामा राखिन्छ र पछि मात्र विशाल समुद्रमा छोडिने हुँदा तिनीहरूमा दिशा र मार्ग निर्देशन क्षमता विकास हुन पाउँदैन।” (g02 4/22)

सर्वमहत्त्वपूर्ण त्यो मुस्कान

“साथीहरू बनाउने तथा अरूलाई प्रभाव पार्ने सबैभन्दा उत्तम तरिका मुस्कान हो” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। रोयल मेलको लागि गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार मानिसहरूले अरू मान्छेबारे सबैभन्दा पहिले याद गर्ने कुरा मुस्कान हो। सर्वेक्षण लिइएकाहरूमध्ये झन्डै आधाजसोले ठुस्स देखिने मानिसहरूसित व्यापारै नगर्ने कुरा बताए। महिला प्रबन्धकहरूले हँसिलो व्यक्‍तिहरूलाई जागिरमा लिने सम्भावना झन्‌ बढी हुन्छ। द ह्‍युमन फेस नामक पुस्तकका सहलेखक ब्रायन बेट्‌स यसो भन्छन्‌: “यो सर्वेक्षणले मुस्कुराउनु समाजमा कत्तिको महत्त्वपूर्ण छ भनेर देखाउँछ। हामी मुस्कुराउने मानिसहरूसित आफ्नो आडभरोसा, आशा र पैसा बाँडचुँड गर्न रुचाउँछौं।” मुस्कुराउँदा पीडा कम गर्ने एन्डोर्फिन तत्त्व शरीरले बढी निष्कासन गर्छ अनि मुसुक्क हाँस्न गाह्रो नमान्‍ने व्यक्‍तिहरूको “व्यक्‍तिगत तथा व्यावसायिक जीवन सफल हुन्छ” भनी उक्‍त लेखक बताउँछन्‌। (g02 4/22)

सबैभन्दा सही समयमापक

सं.रा.अ.का वैज्ञानिकहरूको टोलीले पारोको परमाणुबाट चल्ने एउटा यस्तो घडी बनाएका छन्‌ जसले “फेम्टो सेकेन्डसम्म देखाउँछ र यो विज्ञानमा साधारणतया प्रयोग गरिने समयको सबैभन्दा सानो नाप हो” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। भनिन्छ, यो “संसारभरिको समय स्तर अर्थात्‌ को-अर्डिनेटेड युनिभर्सल टाइमले (यु टि सि) प्रयोग गर्ने आणविक घडीभन्दा सही छ।” भौतिकशास्त्री स्कट डाइडम्स यसरी व्याख्या गर्छन्‌: “यसलाई आधारभूत भौतिक विज्ञानमा तुरुन्तै प्रयोग गरेर ब्रह्‍माण्डबारे अझ विस्तृत ज्ञान हासिल गर्न सकिन्छ।” समयको दौडान टेलिफोन नेटवर्क तथा दिशा-निर्देशन भूउपग्रहको लागि पनि यो प्रयोग गर्न सकिनेछ। डाइडम्सले यो समयमापक यन्त्र “संसारको सबैभन्दा सही घडी” हो भनी दाबी गरे तापनि यसलाई अझ राम्रो बनाउने ठाउँ छ भन्‍ने टिप्पणी गर्छन्‌। (g02 4/22)

युवाहरूमाझ डायटिङ

हालै १२ देखि १८ वर्षबीचका १,७३९ जना क्यानेडियाली केटीहरूसित गरिएको सर्वेक्षणअनुसार २७ प्रतिशतको भोजनसम्बन्धी असन्तुलित बानीले गर्दा प्रतिकूल लक्षण देखिएको ग्लोब एण्ड मेल अखबार बताउँछ। नगर, उपनगर तथा ग्रामीण इलाकाका सहभागीहरूलाई भर्न लगाइएको एउटा प्रश्‍नपत्रमा आहारप्रतिको दृष्टिकोण तथा शरीरको ढाँचाप्रति असन्तुष्टता जस्ता कुराहरू हेरिएको थियो। सर्वेक्षणअनुसार भर्खरै १२ वर्ष पुगेकाहरूले समेत आफ्नो वजन घटाउन बेस्सरी खाएर पछि जबरजस्ती बान्ता गर्ने वा जुलाफ अनि बढी पिसाप गराउने इत्यादि चक्कीहरू सेवन गर्ने गरेको पाइयो। टोरन्टो विश्‍वविद्यालयको हेल्थ नेटवर्कसित सम्बद्ध, अनुसन्धान वैज्ञानिक, डा. जेनिफर जोन्सले बताएअनुसार विशेष गरी केटीहरूले “भोजन तथा व्यायामप्रति सन्तुलित दृष्टिकोण राख्न सिक्नुपर्छ। आफ्नो शरीरबारे जानकारी हासिल गर्नुपर्छ अनि तिनीहरूले विज्ञापनपाटी, पत्रपत्रिका वा गीति भिडियोहरूमा देखाइने जीउ, असामान्य हुन्‌ भनेर बुझ्नुपर्छ।” ग्लोब अखबार अझै यसो भन्छ, “थुप्रै किशोरीहरूलाई किशोरावस्थामा केही मात्रामा बोसो लाग्नु सामान्य हो अनि यो प्रक्रिया सामान्य विकासको लागि महत्त्वपूर्ण छ भनेर थाहै छैन।” (g02 4/22)

हानिकारक झारहरूको सदुपयोग

“जलकुम्भी, मसिनो काँडा, चरचरेजस्ता जंगली झारहरूले घरजग्गासम्बन्धी काम गर्ने व्यक्‍तिहरूलाई हैरानै बनाएको छ” भनी इन्डिया टुडे बताउँछ। बेलाइतीहरूले बार लगाउन यी झार १९४१ मा भारत भित्र्याएका थिए। मसिनो काँडाले २,००,००० एकडभन्दा बढी भूभाग ओगटेको छ र यो हातैले उखेलेर, रासायनिक वा जैविक माध्यमद्वारा निर्मूल गर्न असम्भव भएको छ। यी झारहरूको विषादीले अरू बोटबिरुवाको विकासमा अवरोध खडा गर्छ अनि यी झारहरूको अतिक्रमणले गर्दा पूरै गाउँ बसाइँ सर्नुपरेको छ। तथापि, लक्षिवालाका गाउँलेहरूलाई पनि यी झार आर्थिक दृष्टिकोणबाट महत्त्वपूर्ण साबित भएको छ। मसिनो काँडालाई माटोसित मिसाएर घर बनाउन वा कुखुराको खोर बनाउन प्रयोग गरिन्छ। यसको बोक्रो खुर्किसकेपछि कीराले नखाने यी झारहरूबाट उत्कृष्ट फर्निचर तथा डालाहरू बनाउन सकिन्छ। मसिनो काँडाका पातहरू लामखुट्टे भगाउन र धूपबत्ती बनाउन प्रयोग गरिन्छ। यो झारको जरा पिसेर बनाइएको धूलो दाँतमा कीरालाग्दा प्रयोग गरिन्छ। (g02 4/22)

आशाविहीनताको असर

“एकैनासे बिरामीहरूमध्ये कोही किन अरूभन्दा चाँडै पुक्लुक्कै मरिहाल्छन्‌?” भनी सान एन्टोनियोको युनिभर्सिटी अफ हेल्थ सायन्स सेन्टरको मनोवैज्ञानिक विभागका डा. स्टिभन एल स्टर्नले प्रश्‍न गरेका थिए। “यो प्रश्‍नको एउटा जवाफ, आशा हुनु र नहुनुमा निर्भर हुन सक्छ।” आठ सय जना वृद्ध अमेरिकीहरूको अध्ययनले देखाएअनुसार आशाविहीनताले गर्दा प्रायजसोको छिटो मृत्यु हुन्छ। तथापि, अनुसन्धाताहरूले निराशाका असरहरू बाल्यावस्थाको अनुभव, निराशा, सांस्कृतिक पृष्ठभूमि र आर्थिक सुरक्षाजस्ता कुराहरूमा निर्भर हुने हुँदा प्रतिक्रिया फरक-फरक हुन्छन्‌ भनी औंल्याएका छन्‌। (g02 4/22)

कामकुरा पन्छाउने बानी तथा स्वास्थ्य

“कामकुरा पन्छाउँदा तपाईंको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ” भनी भ्यानकुभर सन अखबारमा प्रकाशित एउटा अध्ययन लेखमा बताइएको छ। हालै अमेरिकन साइकोलजिकल सोसाइटीको टोरन्टो, क्यानाडामा सम्पन्‍न सभामा प्रस्तुत गरिएको २०० जना क्यानेडियाली विश्‍वविद्यालयका विद्यार्थीहरूको अध्ययनअनुसार “कामकुरा पन्छाउने मानिसहरूले आलेटाले गर्दा यति धेरै दबाउ महसुस गर्छन्‌ कि तिनीहरूमा तनाउको कारण हुने बिमारीहरू अरूमा भन्दा बढी देखियो। . . . परीक्षा नजिकै आइरहेको छ भने कामकुरा पन्छाउने मानिसहरूको तनाउ झन्‌ बढ्‌छ। तिनीहरूको बेफिक्री मनोभाव हराएर टाउको दुख्ने, ढाड दुख्ने, रुघा लाग्ने, निद्रा नलाग्ने र एलर्जीजस्ता बिसन्चोहरू देखा पर्न थाल्छन्‌। तिनीहरूलाई श्‍वासप्रश्‍वास, संक्रमण तथा माइग्रेनजस्ता समस्याहरूले बढी सताउने गर्छ।” (g02 4/8)

लामखुट्टे पासो

सिंगापुरको एउटा कम्पनीले कीटनाशकको प्रयोग नगरी लामखुट्टे मार्ने उपकरण उत्पादन गरिरहेको छ। यो १५ इन्च अग्लो, प्लास्टिकको कालो बाकस हो अनि यसले “मानिसको शरीरले जस्तै ताप तथा कार्बन डाइअक्साइड निकाल्छ” भनी लण्डनको दी इकनमिस्ट बताउँछ। शरीरको ताप र कार्बन डाइअक्साइडप्रति लामखुट्टे आकर्षित हुने हुँदा यो उपकरणले “लामखुट्टेलाई आहारको लोभ देखाएर पासोमा पार्छ।” यो बाकसलाई बिजुलीले तातो बनाइन्छ अनि यसले सानो पत्तीबाट कार्बन डाइअक्साइड निष्कासन गर्छ। झिलिमिली बत्तीले लामखुट्टेलाई बाकसको एउटा खण्डमा आकर्षित गर्छ। अनि पंखाले त्यसलाई पानी राखिएको ठाउँतिर हुर्ऱ्याएपछि पानीमा डुबेर मर्छ। यो उपकरणले एक रातमा १,२०० वटा लामखुट्टे समात्न सक्छ अनि औलो ज्वरो सार्ने, राती सक्रिय हुने एनोफिलिज लामखुट्टे वा पहेंलो ज्वरो तथा डेंग सार्ने, दिउँसो सक्रिय हुने एडिस लामखुट्टे समाउनलाई पनि मिलाउन सकिन्छ। यसको अर्को एउटा फाइदा के हो भने, पुतलीजस्ता अहानिकारक कीराहरू यसले मार्दैन। (g02 4/8)

मानिसलाई माछा खान प्रोत्साहन

चिल्लो हुने साल्मोन, हेरिङ र म्याकरेलजस्ता माछा नखाने पुरुषहरूको तुलनामा यो प्रशस्त मात्रामा खाने पुरुषहरूमा प्रोस्ट्रेट क्यान्सर हुने सम्भावना दुई वा तीन गुणा कम भएको पाइयो भनी स्टकहोल्मको कारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धाताहरू बताउँछन्‌। जम्मा ३० वर्ष लगाएर ६,२७२ जना पुरुषहरूलाई गरिएको अध्ययनले धूम्रपानजस्ता हानिकारक कुराहरूलाई पनि ध्यानमा राखेको थियो। अनुसन्धाताहरू कस्तो निष्कर्षमा पुगे भने, “[विशेष गरी चिल्लो माछामा पाइने] ओमेगा-३ चिल्लोले प्रोस्ट्रेट क्यान्सर रोकेको देखियो।” उक्‍त रिपोर्टले बताएअनुसार त्यही चिल्लो पदार्थले “हृदयघात हुने खतरा पनि कम गर्छ।” यसर्थ, विशेषज्ञहरू मानिसहरूलाई “हप्तामा एक दुई चोटि” माछा खाने सुझाउ दिन्छन्‌। (g02 4/8)

धानको भुसले रूख जोगाउँछ

उत्तरी पेरूका ईंटा भट्टाहरूको वैकल्पिक इन्धन अर्थात्‌ धानको भुसले लोप हुने खतरामा परेका क्यारोब रूखहरू काठ दाउराको रूपमा प्रयोग गर्न ढालिनदेखि जोगाएको छ भनी पेरूको अखबार एल कमर्सियो रिपोर्ट गर्छ। अनि २१ वटा ईंटा कारखानाहरूबाट फोहरको रूपमा निक्लने धानको भुसले कार्बन डाइअक्साइडको मात्रा घटाउन पनि मदत गरेको छ। साथै बालुवा, माटो र सख्खर मिसाएको लेदोले भित्ता लिप्दा भित्रको ताप बाहिर जानबाट रोक्छ अनि फलस्वरूप ईंटा भट्टाहरूको कार्यक्षमतामा १५ प्रतिशतले वृद्धि हुन्छ। अन्तिम उत्पादनलाई अझ मजबूत पार्ने उद्देश्‍यले ईंटा बनाउने सम्मिश्रणमै धानको भुस मिसाउन सकिएला कि भनेर परीक्षणहरू भइरहेका छन्‌। “यसो गर्दा प्रदूषण तथा फोहर जम्मा हुने समस्या पनि कम हुन्छ” भनी एल कमर्सियो बताउँछ। (g02 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने