प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ५/८ पृ. २७
  • कमिलाको जस्तै भेष बदल्ने माकुरो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कमिलाको जस्तै भेष बदल्ने माकुरो
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • ‘कमिलाको चालढंग हेर’
    ब्यूँझनुहोस्‌!—१९९५
  • कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने विधि
    सृष्टि या संयोग
  • अघि लम्किरहेको सेना!
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००२
g०२ ५/८ पृ. २७

कमिलाको जस्तै भेष बदल्ने माकुरो

कमिलाहरूको ताँतीमा मिसिएर आफ्ना शत्रुहरूको माझमा पनि छद्‌मवेश लिएर बच्न सक्ने एक प्रकारको सानो माकुरो हुन्छ। आफूलाई चिन्ला भनेर यसले आफ्नो भेष र बानीबेहोरा ठम्याउन नसक्ने गरी रूप बदलन्छ। यसो गर्नु जरुरी पनि छ किनभने कमिलाहरूले चाल पाउनु भनेको यसको लागि प्राणघातक हुन सक्छ। माकुरोको शरीर कमिलाको भन्दा फरक भएको हुनाले यसो गर्नु धेरै चुनौतीपूर्ण हुन्छ।

कमिलाको छवटा खुट्टा र दुईवटा एन्टेना हुन्छ भने, माकुराको आठवटा खुट्टा हुन्छ र एउटै पनि एन्टेना हुँदैन। उसोभए, यो माकुरो कसरी कमिलाजस्तै देखिन्छ त? यो छवटा खुट्टाले हिंडेर कमिलाहरूको ताँतीमा मिसिन जान्छ र बाँकी दुईवटा खुट्टाचाहिं एन्टेनाजस्तो ठड्याउँछ।

त्यसबाहेक, माकुराले पत्यारिलो ढंगमा आफ्ना दुईवटा नक्कली एन्टेनाहरूलाई हल्लाउँछ। यसले ती खुट्टाहरू हल्लाएको देख्दा त त्यो कमिलाकै एन्टेना हो कि जस्तो लाग्छ। यस छद्‌मवेशी माकुराले त कमिलाको नागबेली चाललाई समेत नकल गर्न सक्छ।

कमिलाहरूको माझमा बस्दा कमिलाकै रूपमा चिनिनु आफ्नो सुरक्षाको लागि अत्यन्तै जरुरी हुने भएको कारण यसले हरेक कुरामा कमिलाको नकल गर्ने प्रयास गरिरहन्छ। कमिलाहरूको माझमा रहँदा माकुराले आफूलाई सिकार गर्ने अरिंगालजस्ता आफ्ना प्राकृतिक शत्रुहरूबाट समेत सुरक्षा पाउँछ। यो माकुरालाई स्वादिलो भोजन मानेर खाने गाइनेचराले समेत त्यसलाई केही गर्दैन। अरू माकुराको सिकार गर्ने माकुराहरूले समेत त्यसको “एन्टेना” देखेर माकुरो नै होइन कि भनेर रणभुल्लमा पर्छन्‌।

यद्यपि, चरा, छेपारो वा अन्य जीवले कमिलाहरूको समुदायलाई आक्रमण गऱ्‍यो भने चाहिं माकुराले तुरुन्तै आफ्नो असली रूप देखाउँछ र त्यहाँबाट भाग्छ। माकुरोको दृष्टिशक्‍ति कमिलाको भन्दा तेजिलो हुनु र कमिलाहरू उफ्रन नसक्नु तर यिनीहरूचाहिं उफ्रन सक्ने भएको कारण यसलाई भाग्न झनै सजिलो हुन्छ।

दिउँसो कमिलाहरूको जमातबाट बच्ने यस माकुराले सक्दो प्रयास गर्छ। तथापि, रातमा भने आफूले घर बनाएको कमिलाहरूको ढेरभित्रै कमिलाहरू पक्रने काम गर्दै यो सक्रिय रहन्छ! अनि यो त माकुरो पो रहेछ भनेर कमिलाहरूले पत्ता लगाए भने यसले आफ्ना आठवटा खुट्टाको फाइदा उठाउँदै सुइँकुच्चा ठोक्छ।

भाले माकुरोलाई कमिलाहरूको जमातमा पोथीले साथ दिन सक्छ। त्यसले आफ्नो जोडीप्रति वफादारिता मात्र होइन तर राम्रो कार्य कुशलता पनि प्रकट गर्छ। त्यसले कमिलाहरूको ताँतीमा रेसाले बुनेर सुरक्षात्मक खोल बनाउँछ र यसबाट आफ्नो जोडीका साथै फुलहरूको पनि रक्षा गर्छ।

निस्सन्देह यस माकुराबारे अझबढी सिक्न बाँकी नै छ। यद्यपि, पृथ्वीका अन्य जीवजन्तुहरूबारे पनि त्यसै भन्‍न सकिन्छ। परमेश्‍वरका आश्‍चर्यलाग्दा सृष्टिहरूबारे भविष्यमा अझ बढी जान्‍न पाउनु कत्ति रमाइलो हुनेछ! (g02 4/22)

[पृष्ठ २७-मा भएको चित्र]

दुइटा कमिलाको बीचमा एउटा माकुरो

[स्रोत]

Bill Beatty

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने