प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ७/८ पृ. २५
  • अघि लम्किरहेको सेना!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अघि लम्किरहेको सेना!
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ?
    सृष्टि या संयोग
  • कीराजगत्‌का फोहोरमैला व्यवस्थापन विशेषज्ञहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • ‘कमिलाको चालढंग हेर’
    ब्यूँझनुहोस्‌!—१९९५
  • सृष्टिका कुराहरूले यहोवाको बुद्धिमाथिको हाम्रो भरोसा बढाउँछ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ७/८ पृ. २५

अघि लम्किरहेको सेना!

“हामी बेलिजको एउटा निर्माण कार्य भइरहेको गाउँमा बस्छौं र यसको चारैतिर बोटविरुवा छन्‌। एक बिहानको कुरा हो, नौ बजेतिर हाम्रो घरमा एउटा सेनाले आक्रमण गऱ्‍यो। सिकार खोज्दै ढोकामुनि अनि चर्किएका ठाउँहरूबाट कमिलाको ताँती आउन थाल्यो। कमिलाहरू त्यहीं छोडेर एक दुई घण्टाको लागि हाम्रो घर बाहिर निस्कनु सिवाय हामीसित अरू केही विकल्प थिएन। हामी फर्कंदा कमिलाहरूले कीराहरू सबै खाएर सिनित्त बनाइसकेका थिए।”

बेलिजजस्तो उष्ण प्रदेशीय देशमा बस्ने मानिसहरूको लागि यो एउटा सामान्य घटना हो र खासै झन्झटको कुरा भने होइन। यो, साङ्‌ला र अन्य कीराहरू घरबाट निकाल्ने एउटा तरिका हो। अनि यसले केही फोहोर पनि गर्दैन।

चाखलाग्दो कुरा, यहाँ बताइएका कमिलाहरूलाई सिपाही कमिला भनिन्छ किनभने तिनीहरूको जीवन शैली र क्रियाकलाप सिपाहीको जस्तै छ।a गुँड बनाउनुको साटो यी फिरन्ते सेनाहरूका लाखौं सिपाहीहरूले एकअर्काको खुट्टालाई अंकुसे मारेर जीवित पर्दा बनाई रानी र उसको सन्तान वरिपरि अस्थायी ओत बनाउँछन्‌। यी ओतहरूबाट कमिलाहरूको टोलीलाई कीरा र माउसुलीजस्ता साना प्राणीहरू समावेश गरिएको आहार खोज्न ताँती बनाएर पठाइन्छ। यी टोलीका नेताले सिकारलाई पासोमा पार्ने चालहरू पनि चल्छ जस्तो देखिन्छ। गन्ध पछ्याउने कुनै मार्ग नहुँदा यसो हुन्छ अनि नेतृत्व लिइरहेका कारिन्दाहरू हच्किएर रोकिन्छन्‌। पछिल्लतिरका कमिलाहरू जसरी होस्‌, अघि बढ्‌छन्‌ अनि अघिल्लो पंक्‍तिमा थुप्रिन्छन्‌ अनि यसो गर्दा सिकारलाई पासोमा पार्ने एकपछि अर्को चालहरू सुरु हुन्छ।

सिपाही कमिलाहरूले ३६ दिने चक्रमा काम गर्छन्‌, १६ दिन जति यताउता जान्छन्‌ अनि बाँकी २० दिन एकै ठाउँमा रहन्छन्‌ र यतिबेला रानीले अण्डा पार्छे। त्यसपछि भोकले गर्दा कमिलाहरू फेरि बाहिर लम्कन्छन्‌। तिनीहरूको अघि लम्कने ताँती दस मिटरजति चौडा हुन्छ अनि यसको छेउछाउमा भागिरहेका माकुरा, बिच्छी, गोब्रे कीरा, भ्यागुता र माउसुली अनि यसको पछिल्तिर चराहरू हुन्छन्‌ जसले यी कमिलाहरू नभई कमिलाहरूको सिकारीलाई खाने गर्छ।

बाइबलको हितोपदेश ३०:२४, २५ मा “साह्रै बुद्धिमानी” भनी वर्णन गरिएका कमिलाहरू पनि अद्‌भुत सृष्टिको एउटा भाग हो। (g03 6/8)

[फुटनोट]

a यस लेखमा मध्य र दक्षिण अमेरिकाको एसिटोन जातिबारे छलफल गरिएको छ।

[पृष्ठ २५-मा भएको चित्र]

सिपाही कमिला

[स्रोत]

© Frederick D. Atwood

[पृष्ठ २५-मा भएको चित्र]

खुट्टामा अंकुसे पारेर पुल बनाउँदै

[स्रोत]

© Tim Brown/www.infiniteworld.org

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने